शारदानगर । भरतपुर–१९, शारदानगरमा भइरहेको स्वर्गीय विशाल गुरूङ स्मृति कपको चौँथो खेलमा सेन्ट्रल कलेज भरतपुर फुटबल क्लब विजयी भएको छ ।
सेन्ट्रल कलेज भरतपुर फुटबल क्लब र इभरग्रीन युवा क्लब दिव्यनगरबीच भएको खेलमा सेन्ट्रल कलेजले ६ गोल गर्दै इभरग्रीन फुटबल क्लबलाई हराएको हो । उक्त खेलमा म्यान अफ दी म्याच सेन्ट्रल कलेज भरतपुरका गणेश हमाल घोषित भए ।
कपको पाचौँ खेल रड्स फुटबल क्लब रामपुर ए र देवीचोक युनाइटेडबीच हुने चितवन फुटबल संघका उपाध्यक्ष विजय घलेले बताए ।
Discussion about this post