भरतपुर । असार ८ गते हुने उपनिर्वाचनको समयमा लागू हुने आचारसंहिताका बारेमा उम्मेद्वार र पार्टीका प्रतिनिधिहरुलाई जानकारी गराइएको छ । मुख्य निर्वाचन अधिकृत विनोदमोहन आचार्यले यस विषयमा आइतबार जानकारी गराउनुभएको हो ।
आचारसंहिताअनुसार मोटर र मोटरसाइकल ¥याली गर्न नपाइने भएको छ । त्यस्तै ७५ ग्रामको कागजमा कुल क्षेत्रफल ३ सय वर्ग इन्च रहने पर्चा छाप्न पाइने छ । ८१ केन्द्रमा ६५ हजार २९९ जनाले भोट हाल्ने छन् । जसमा महिलाको संख्या ३४ हजार ५२८ रहेको छ ।
निर्वाचनको अवधिका लागि विशेष सुरक्षा योजना तयार पारिएको प्रमुख जिल्ला अधिकारी नरेन्द्रराज शर्माले बताउनुभयो ।
यस क्षेत्रका मतदाताले यसपटक विद्युतीय उपकरणको सहायताले भोट दिँदैछन् । भरतपुर नगरपालिकाको ७, ८, ९, १३ र १४ सहित शारदानगर, गुञ्जनगर, पटिहानी, मंगलपुर, फूलबारी, गीतानगर र शिवनगर गाविस यस क्षेत्रमा पर्छन् ।
Discussion about this post