भरतपुर । एकीकृत नेकपा माओवादी चितवनले संविधानसभाको उपनिर्वाचनलाई दृष्टिगत गरी निर्वाचन अभियान सुरू गरेको छ ।
चितवनको क्षेत्र नम्बर ४ मा असार ८ गते संविधानसभा उपनिर्वाचन हुँदै छ ।
चुनाव प्रचारप्रसार समितिका संयोजक चित्रबहादुर श्रेष्ठले दिएकोे जानकारी अनुसार घरदैलोसँगै सम्पर्क कार्यालय खोल्दै चुनावी अभियान सुुरू गरिएकोे हो । अभियानअन्तर्गत आइतबार भरतपुर–८ अशोकचोकमा भरतपुर नगरपालिका वडा ८ स्तरीय सम्पर्क कार्यालय उद्घाटन
गरिएको छ ।
कार्यालयको एकीकृत नेकपा माओवादीका उम्मेद्वार खुशीराम पाख्रिनले उद्घाटन गरेका हुन् । वडा अध्यक्ष विष्णु वास्तोलाको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा एमाओवादी चितवनका जिल्ला नेता घनश्याम दाहाल ‘अविनास’ले
बोलेका थिए ।
संयोजक चित्रबहादुर श्रेष्ठका अनुसार उक्त निर्वाचन क्षेत्र अन्तरगत पर्ने मंगलपुर गाविस र भरतपुर वडा नम्बर ७ मा यस अघि नै कार्यालय संचालन गरिएको छ ।
श्रेष्ठले निर्वाचनलाई केन्द्रित गरी उक्त क्षेत्रमा पर्ने सम्पूर्ण गाविस र भरतपुर नगरपालिकाका वडाहरुमा वडास्तरीय निर्वाचन परिचालन कमिटी बनाइएको छ ।
Discussion about this post