ADVERTISEMENT
१३ फाल्गुन २०७७, बिहीबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
  • Login
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
१३ फाल्गुन २०७७, बिहीबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
No Result
View All Result

युवा स्वरोजगार कार्यक्रम अर्थहीनः युवा सभासद

by चितवन पोष्ट
२०७१ जेष्ठ १९, सोमबार ०२:३१ गते
in समाचार
0
Chitwan Post
0
SHARES
Share on FacebookShare on Twitter

नवलपरासी । युवाहरुलाई उद्यमी बनाउन सरकारले सुरू गरेको युवा स्वरोजगार कार्यक्रमप्रति युवा सभासद्हरु नै अर्थहीन ठान्छन् । शनिबार नवलपरासीमा भएको कार्यक्रममा युवा सभासद् गगन थापाले यसलाई बेतुकको भने ।
त्यस्तै एमाओवादीको सभासद् टोपबहादुर रायमाझीले यो कार्यक्रमले धेरैको घरबास उठ्ने अवस्था आएको बताए । चौधरी उद्योग ग्राम नवलपरासीमा शनिबार भेला भएका युवा सभासद्हरु कांग्रेसका गगन थापा, एमालेका रविन्द्र अधिकारी र एकीकृत माओवादीका टोपबहादुर रायमाझीको यो विषयमा एकमत थियो ।
‘नेपालमा केही गरौं भन्ने युवाहरु नभएका होइनन् तर उनीहरुसँग पैसा छैन । पैसा बैंकले दिनुपर्ने हो । तर युवाहरुलाई बैंकले पत्याउँदैन’ सभासद् गगन थापाले भने । बैंकहरुले खतरा मोल्न नचाहने सजिलो क्षेत्रलाई मात्रै रोजेर लगानी गर्न खोजेको थापाले बताए । यो समस्या हटाउन नीतिगत सुधारको योजनामा रहेको उनले बताए ।
कृषिमा आधारित उद्योगहरुको विकासमा जोड नदिए नेपालमा आर्थिक उन्नति नहुने मत थियो । पहिले कृषिमा अनुदान दिन हुँदैन भन्ने दातृ निकायहरु अहिले आफैँ कृषिमा अनुदान दिन अग्रसर हुने गरेको थापाले बताए । कृषिमा सरकारी अनुदान बढाउन र प्रविधिमा विकासका लागि अनुसन्धान गर्न सरकार लाग्नुपर्ने थापाको सुझाव थियो ।
उद्योग व्यवसायमा फड्को मारेका निजी क्षेत्र पनि कृषिमा प्रवेश गरेमा यसको चाँडो विकास हुने एमालेका सभासद् रविन्द्र अधिकारीको भनाइ थियो । त्यस्तै कृषिका सहकारी बनाएर सरकारले समूह र सहकारीमा लगानी गरेमा राम्रो प्रतिफल आउने उनले बताए । नेपालमा अझैसम्म कृषिको उन्नतिका लागि भनेर राम्रा सहकारी गठन हुन नसकेको उनले बताए ।
एमाओवादीका सभासद् टोपबहादुर रायमाझीले सरकार मात्रै होइन, समुदाय पनि विकासमा संवेदनशील नभएको बताए । ‘हामी सरकारी अनुदान बढाउने कुरा गर्छौं तर समुदाय सरकारी अनुदान भनेको सित्तैमा पाएको दान मात्रै हो भन्ने बुझ्छ । त्यसमार्फत उन्नति गर्ने सोच्दैन’, माओवादी नेता रायमाझीले भने ।
सरकारले युवा स्वरोजगार कार्यक्रम ल्याएको तर त्यो सिर्जनशीलको लागि भन्दा ठगी खान पल्केकाहरुको पहुँचमा पुगेको रायमाझीको भनाइ थियो । माओवादी नेतृत्वको सरकारले नै यो कार्यक्रम ल्याएको थियो । यस्ता खुद्रे र फुटकर कार्यक्रमबाट आर्थिक उन्नति नहुने उनले बताए । विदेश गएर फर्केकालाई सरकारले सहयोग गरेर उद्यममा लगाउन उनले अपिल गरे ।
‘स्वरोजगारको पैसा जसरी पनि असुल उपर गर्ने सरकारी नीति छ । तर यस्ता ठगहरुले पनि पैसा लगेका छन् जसले केही काम गरेनन् अब त्यस्ताको फेरि घरबास उठ्ने भो । त्यसैले अनुदान मात्रै भनेर हुँदैन नियत पनि हेर्नुपर्छ’ रायमाझीले भने । कृषि विकासको एकदमै प्रारम्भिक चरणमा भएकाले धेरै सोचविचार गरेर पाइला चाल्नुपर्ने उनले बताए ।
उद्योगपति विनोद चौधरीले सरकारले चाहेमा आर्थिक उन्नति गर्न सक्ने विचार राखे । ‘दह्रो इच्छाशक्ति राखेमा सरकारले धेरै गर्न सक्छ । योजना सरकारले बनाउने हो । कसले के सहयोग गर्ने हो त्यो नीति पनि सरकारले नै तय गर्नुपर्छ’, उद्योगपति चौधरीको आग्रह थियो ।

Related Posts

दियालो बङ्गलालाई पर्यटकीय क्षेत्रका रुपमा विकास गरिने

दियालो बङ्गलालाई पर्यटकीय क्षेत्रका रुपमा विकास गरिने

प्रहरी दिवसमा धार्मिक स्थलहरुको सरसफाइ

अवैध सामग्री बरामद

आवश्यक सुरक्षा व्यवस्था मजबुद : प्रशासन

आवश्यक सुरक्षा व्यवस्था मजबुद : प्रशासन

Discussion about this post

अन‌ि यो पनि

छतबाट लडेर एक विद्यार्थीको मृत्यु
समाज

छतबाट लडेर एक विद्यार्थीको मृत्यु

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्तनगरपालिका–१८ भगतपुरमा डेरा गरी बस्ने एक विद्यार्थीको आज छतबाट लडेर मृत्यु भएको छ । मृत्यु हुनेमा कञ्चनपुरको...

Read more
अमेरिकी आपूर्ति व्यवस्था सुदृढ गर्न बाइडेनद्वारा कार्यकारी आदेशमा हस्ताक्षर

अमेरिकी आपूर्ति व्यवस्था सुदृढ गर्न बाइडेनद्वारा कार्यकारी आदेशमा हस्ताक्षर

खोपले काम गरेन, भटाभट मरे कुखुरा

खोपले काम गरेन, भटाभट मरे कुखुरा

काभ्रे प्रहरीद्वारा फरार प्रतिवादी पक्राउ अभियान सञ्चालन

काभ्रे प्रहरीद्वारा फरार प्रतिवादी पक्राउ अभियान सञ्चालन

नारायणगढ–बुटवल सडक : निर्माण भए २२ कल्भर्ट

नारायणगढ–बुटवल सडक : निर्माण भए २२ कल्भर्ट

साइट नेभिगेशन

  • अन्तर्वार्ता
  • अर्थ
  • कला
  • खेलकुद
  • पाठक पत्र
  • प्रदेश
  • प्रमुख समाचार
  • प्रविधि
  • राजनीति
  • वाग्मती
  • विचार
  • विश्व
  • शिक्षा
  • समाचार
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • स्वास्थ्य

सम्पर्क

चितवन पोष्ट प्रकाशन प्रा. लि.
भरतपुर-१०, विद्युतरोड, हाकिमचोक
फोन : ०५६-५९५६२१ , ०५६-५९५६२४

विज्ञापनको लागि सम्पर्कः
९८६४२८०३१३, ९८६४२८०३१४, ९८५५०५१०९२
इमेल : chitwanpost@gmail.com

शाखा कार्यालयहरु

सौराहाचोक,टाँडी, फोनः ९८५५०८०२९१ (होमनाथ सापकोटा)
पर्सा: ९८४५१६०२९५ (प्रमिला अर्याल)
चनौली : ९८६५००५५९७ (रामशरण गैरे)
कावासोतीः ९८४३४०२६४४ (विन्दु न्यौपाने)
धादिङबेसीः ०१०–५२०६६५
दमौलीः ०६५–५६०८३९
डुम्रेः ०६५–६९०८०६
त्रिशूलीः ०१०–५६०५४७,९८५१०१४३९१

  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

No Result
View All Result
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

Welcome Back!

Sign In with Facebook
OR

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In