भरतपुर । सरकारबाट प्रतिबन्धित नेकपा विप्लव समूहका एकजना संगठित सदस्यलाई मंगलबार चितवन प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनबाट खटिएको प्रहरीले रत्ननगर ११ बस्ने प्रकाशचन्द्र ढकाललाई प्रहरीले पक्राउ गरेको हो । चितवनका प्रहरी प्रवक्ता सूर्यबहादुर थापाले ढकाललाई भरतपुर महानगरपालिका–६ बुद्धचोकबाट पक्राउ गरिएकोे जानकारी दिए ।
ढकालको साथबाट हंसिया हथौडा अंकित झण्डा, व्यानर, रसिद, पम्पलेट, किताब तथा दस्ताबेजसमेत बरामद गरेको प्रहरीको भनाइ छ । थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Discussion about this post