पिठुवा । पञ्चकन्या विद्या मन्दिर र पदमपुर शिक्षा निकेतन पू्र्वी चितवनको पिठुवामा जारी अन्तरविद्यालय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन् ।
आइतबार भएको पहिलो चरणको सेमिफाइनल खेलमा पञ्चकन्या विद्या मन्दिरले अर्बिट सेकेण्डरी बोडिङ स्कुललाई ९ विकेटले पराजित गर्दै पञ्चकन्या फाइनलमा प्रवेश गरेको हो ।
त्यस्तै आइतबार भएको दोश्रो सेमिफाइनल खेलमा पदमपुर शिक्षा निकेतनले भानु मेमोरियल बोर्डिङलाई १२ रनले पराजित गर्दै फाइनलमा प्रवेश गरेको थियो । प्रतियोगिताको फाइनल खेल आज सोमबार पदमपुर शिक्षा निकेतन र पञ्चकन्या विद्या मन्दिरबीच हुने आयोजक विद्यालय अर्बिट सेकेण्डरी बोर्डिङ स्कुलका शिक्षक दीपेन्द्र रिजालले जानकारी दिनुभयो ।
Discussion about this post