भरतपुर । भरतपुर अस्पताललाई उपकरण हस्तान्तरण भएको छ । चितवन रक्तसञ्चार केन्द्र र स्वयंसेवकहरुलाई समेन सुरक्षा सामग्री हस्तान्तरण गरिएको छ ।
कोका-कोला र नेपाल रेडक्रस सोसाइटी (नेरेसो) को साझेदारीमा कोभिड–१९ को महामारीमा अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मी, बिरामी र स्वयंसेवकहरुको सुरक्षा अभिवृद्धिको लागि सामग्री हस्तान्तरण गरिएको हो ।
१६ लाख ३२ हजार आठसय पचास मूल्यको आइसीयूमा प्रयोग हुने एक भेन्टिलेटर भरतपुर अस्पताललाई हस्तान्तरण गरिएको हो ।
यसका साथै ६ हजार सर्जिकल मास्क, सर्जिकल पन्जा, सुरक्षा पोशाक, केएन ९५ मास्क सुरक्षा चस्मा प्रदान गरिएको छ । यी सामग्रीहरुको मूल्य २० लाख ३ हजार ६५७ रहेको बताइएको छ ।
Discussion about this post