रत्ननगर । पूर्वी चितवनको रत्ननगरमा डेँगु नियन्त्रणको लागि सरोकारबालाहरुलाई प्रशिक्षण दिइएको छ । रत्ननगर नगरपालिका स्वास्थ्य शाखाले आयोजना गरेको सो कार्यक्रममा सोमबार वडा नं १ देखि ९ सम्म र मंगलवार वडा नं १० देखि १६ सम्मका जनप्रतिनिधि तथा स्वास्थ्यकर्मीहरुलाई डेँगु नियन्त्रणका वारेमा प्रशिक्षण दिइएको हो ।
सोमवारको कार्यक्रमको अध्यक्षता मेयर नारायण वन र मंगलवारको कार्यक्रमको अध्यक्षता उपमेयर विमला दुवाडीले गरेकी थिइन । कोरोना महामारीका बीच डेँगु रोगको संक्रमण फैलिन सक्ने अबस्थामा मध्यनजर गरी नियन्त्रणका प्रयासहरुका बारेमा जनप्रतिनिधि र स्वास्थ्यकर्मीहरुलाई प्रशिक्षण दिइएको स्वास्थ्य शाखा प्रमुख माधव प्रसाद पौडेलले जानकारी दिए ।
कार्यक्रममा स्वास्थ्य कार्यालय चितवनका प्रमुख दीपक तिवारीले डेँगु रोग नियन्त्रणका प्रयास,फैलिने कारण,रोगथामका उपायका वारेमा सहजीकरण गरेका थिए । एक हप्ता पछि महिना स्वास्थ्यकर्मीहरुलाई प्रशिक्षण दिएर लामखुट्टेको लार्भा खोज र नष्ट गर अभियान चलाउने तयारी गरिएको स्वास्थ्य शाखाका सहसंयोजक नरहरिश्याम शर्माले जानकारी दिए ।
Discussion about this post