सफलताको रहस्य
मानिसले जति गफ गर्दछ, त्यसभन्दा बढी उसले काम गर्नुपर्दछ । कुराभन्दा काम गर्ने मानिस हिजो पनि सम्मानित थियो, आज पनि सम्मानित छ र भोलि पनि सम्मानित हुने छ । आज जति पनि मानिस पूज्य छन्, ती सबै हिजोका कर्मशील र पुरूषार्थी मानिस थिए ।
कुनै देशका एक जना राजाले प्रधानमन्त्रीको चयन गर्नुपर्ने अवस्था आयो । प्रधानमन्त्रीका जम्माजम्मी तीन जना उमेदवार थिए । आखिर यसको पनि त कुनै प्रक्रिया हुन्छ । राजाले उनीहरुको परीक्षा लिन चाहे । उनले प्रधानमन्त्री पदका तीनैजना आकाङ्क्षीलाई बोलाएर निर्देशन दिए, ‘हेर्नुस्, यो एउटा कोठा हो । तपाईंहरु यही कोठाभित्र बस्नुपर्ने छ । बाहिरबाट पूर्णतः ढोका बन्द गरिने छ । तपाईंहरुमध्ये भित्रबाट यो बन्द ताला खोलेर जो बाहिर आउन सक्छ, उसलाई नै मैले प्रधानमन्त्री पदमा नियुक्त गर्ने छु ।’ उनीहरु तीनैजना बन्द कोठाभित्र कैद थिए । उनीहरुमध्ये एक जनाले भित्रबाट यो ताला खोल्ने कुरा असम्भव छ भन्ने सोच्यो । उसले नचाहिने कुरामा किन टाउको दुखाउनु भनेर मतलब नै राखेन । उसलाई राजाले हाम्रो दिमाग चाट्ने काममात्रै गरेका हुन् भन्ने प¥यो ।
दोस्रो व्यक्ति बसेको ठाउँबाट उठेको त थियो, तर पहिलो साथीले भनेका कुरा सम्झेर फेरि थचक्क बस्यो । उसलाई पनि लाग्यो, यो सम्भव हुने कुुरा नै होइन । उसले शान्त बसेर सबै उपायका बारेमा विचार पनि ग¥यो, तर उसलाई कुनै पनि उपायले काम गर्ने विश्वास भएन ।
बाँकी रहेको तेस्रो व्यक्तिले एकछिन शान्त भएर सोच्यो, ‘देशको सर्वोच्च पदमा रहेका राजाले यति कुरा पक्कै त्यसै गरेका होइनन् । यसमा पक्कै रहस्य छ । राम्रो र बुद्धिमान् प्रधानमन्त्री छनोट गर्ने राजाको यो तरिका पक्कै पनि अर्थपूर्ण छ । मेरा दुई साथीले त कुनै प्रयास नै गरेनन् । ढोका साँच्चै खोल्नै नसकिने रहेछ भने पनि कम्तीमा प्रयास किन नगर्ने ?’
ऊ जुरूक्क आफ्ना ठाउँबाट उठ्यो र ढोकामा गएर खोल्ने प्रयास ग¥यो । ढोकामा चाबी त झुन्ड्याइएको थियो, तर लगाइएको थिएन । उसले सामान्य प्रयास गर्दा नगर्दै ढोका खुल्यो । ढोका खुलेपछि ऊ बाहिर निस्कियो । बाहिर मानिसहरु फूलमाला लिएर तयार थिए । सबैले गलामा लगाइदिए । राजाले उनलाई प्रधानमन्त्रीमा तुरून्तै नियुक्त गरे ।
हामीमध्ये धेरैले मनभित्रैबाट सफलताका भू्रणहरुलाई मारिदिन्छौँ । हामी अलिकति पनि श्रम र पुरूषार्थ गर्न चाहँदैनौँ । कतिले मनले सोचे पनि काम गर्दैनौँ वा वरपरका अल्छी साथीहरुकै नक्कल गर्दछौँ र हात बाँधेर बस्छौँ । कतिपयचाहिँ साँच्चै नै कोसिस गर्नुपर्छ भन्ने ठानेर अघि बढ्छौँ र अन्ततः सफलताका फूलमाला लगाएर जीवन धन्य बनाउँछौँ । समाजमा यस्तै श्रम र पुरूषार्थमा विश्वास गर्नेहरुको उच्च इज्जत र प्रतिष्ठा कायम हुने गर्दछ । त्यसैले, हामीले प्रयास नै सफलता हो भन्ने सत्यलाई कहिल्यै बिर्सनुहुँदैन ।
दुःखलाई व्यर्थ बनाउने उपाय
प्राचीन समयको सन्दर्भ हो । बनारसको कुनै गुरूकुलमा धेरै छात्रहरु अध्ययन गर्ने गर्दथे । ती छात्रमध्ये सुदर्शन नाम गरेको एउटा शिष्यलाई दुःखी भएर एकान्तमा टोलाइरहेको गुरूले देखे । उसको एकोहोरोपनलाई अध्ययन गरेर उनले पत्ता लगाए कि उसभित्र निराशा र दुःखको ठूलो पोखरी निर्माण भएको छ । आफ्नो शिष्यको बिग्रेको मानसिक अवस्थाको उपचार गर्नुप¥यो भनी गुरूले सुदर्शनलाई नजिकै बोलाए । त्यसपछि उनले सुदर्शनलाई एक गिलास पानीमा एक मुठी नुन हालेर पिउन भने । सुदर्शनले त्यसै ग¥यो । गुरूले उसलाई सोधे, ‘सुदर्शन ! तिमीले पिएको नुन हालेको पानी कत्तिको स्वादिलो रहेछ ?’ उसले जवाफ दियो, ‘गुरूदेव, केको स्वादिलो हुनु नि ! सारै नै नमीठो चर्को न चर्को !’
त्यसपछि गुरूले उसलाई एउटा पोखरी भएको ठाउँनजिक लिएर गए र एक मुठी नुन पोखरीमा हालिदिन अह्राए । शिष्यले पनि त्यसै ग¥यो । उसले एक मुठी नुन पोखरीमा खन्याइसकेपछि गुरूले फेरि प्रश्न गरे, ‘यतिखेरचाहिँ तिमीलाई पोखरीको पानी कस्तो लाग्यो, सुदर्शन ?’ सुदर्शनले उत्तर दियो, ‘पोखरीको पानी त मीठो छ, गुरूदेव !’
गुरूदेवको सम्झाउने पालो आयो । उनले भने, ‘बाबु ! हेर, हाम्रो दुःख पनि यस्तो एक मुठी नुनजस्तै हो । यदि पोखरीजस्तो विशाल छ भने उसलाई नुनको प्रभाव नपरेजस्तै दुःखको पनि प्रभाव पर्दैन । सानो, छुद्र र सङ्कीर्ण छ भने गिलासको पानीलाई नुनले असर गरेजस्तै व्यक्तिलाई पनि दुःखले कहिल्यै छोड्दैन ।’
जतिसुकै चोट परे पनि अथवा जतिसुकै ठूलो दुःखको अवस्था आए पनि यदि हामीले सकारात्मक सोच र उत्साहपूर्वक परिस्थितिलाई सहजरुपमा स्वीकार्ने गुणको विकास गरेका छौँ भने कहिल्यै दुःखी हुनुपर्दैन, किनकि दुःख आखिर केही नभएर मनुष्यले निर्माण गरेको आफ्नै मनको प्रतिबिम्ब हो । त्यसैले, हामीले हाम्रो मन एवम् भावनालाई गिलासजत्रै छुद्र बनाउन छाडेर पोखरीजस्तै विशाल र व्यापक बनाउने प्रयत्न गरौँ । सबै परिस्थितिहरुप्रति सदैव सकारात्मक हुने व्यक्तिले दुःखलाई पनि निरर्थक बनाइदिन सक्दछ ।
राजाको महल र वृद्धाको झुपडी
कुनै सम्पन्न देशका राजाले एक ठाउँमा आप्mनो भव्य महल बनाउन निर्देशन दिए । जुन ठाउँमा राजाले आफ्नो नयाँ महल बनाउन लगाएका थिए । त्यस ठाउँनजिक एक जना वृद्ध महिलाको झुपडी थियो । बूढी गरिब थिइन्, एक्ली थिइन् ।
हरेक दिन ती बूढीले जब मीठो–नमीठो खाना बनाउन स्ुरू गर्थिन्, उनको झुपडीबाट धूवाँ निस्कन सुरू गथ्र्यो र राजाको नयाँ र भव्य महलतिर जान्थ्यो । झुपडीबाट आउने धूवाँ राजमहलमा आइरहने कुराको दरबारमा चर्चा हुनथाल्यो । अन्तिममा राजाले बूढीको त्यो झुपडी त्यस ठाउँबाट हटाउन सिपाहीहरुलाई निर्देशन दिए ।
सिपाहीहरुले राजाको निर्देशन पछ्याउँदै बूढीको झुपडीमा गए र आप्mनो झुपडी हटाएर अन्यत्रै लैजान अनुरोध गरे । तर वृद्धाले कुनै उत्तर दिइनन् । उनलाई गाली गरियो, कराइयो र अन्तमा समातेर राजाकहाँ लिएर गइयो । आप्mनो आँखाअगाडि उभिएकी वृद्धालाई देखेर राजाले झुपडीका बारेमा प्रश्न गरे, “तिमी किन हाम्रो आज्ञाको अवमूल्यन गछ्र्यौ ? किन तिमी आप्mनो झुपडी हटाउँदिनौ ?”
राजाको प्रश्नको प्रत्युत्तरमा वृद्धाले भनिन्, “महाराज ! तपाईंको आज्ञा शिरोपर छ । म असहाया वृद्धासँग तपाईंको आदेश अवमूल्यन गर्ने सामथ्र्य नै कहाँ छ र महाराज ! तर पनि म तपाईंलाई एउटा प्रश्न गर्न चाहन्छु ।” राजाको अनुमतिमा वृद्धाले भनिन, “सरकार ! मैले तपाईंको यत्रो ठूलो महल, बगैँचा, त्यहाँको कोलाहल, धूवाँ सबै हेर्न, सुन्न र अनुभव गर्न सक्छु । तपाईंको महलसँगै सबै कुरा मेरा साना आँखाभित्र समेटिएका छन्, तर मेरो सानो र जीर्ण झुपडी पनि तपाईंको आँखामा किन बिझाउँछ ? तपाईं समर्थ हुनुहुन्छ । गरिबको झुपडीलाई उखेल्न पनि सक्नुहुन्छ तर त्यसपछि विचार गर्नुस्, यो कामले तपाईंको न्यायको मार्गमा कतै कलङ्क पो लाग्छ कि !”
वृद्धाको करूणा र दूरदर्शिता मिश्रित अभिव्यक्तिले राजा पग्लिए । उनलाई अपूर्व लज्जाबोधको अनुभव भयो । उनले थाहा पाए— न्यायका उपासकहरुले नै यदि न्यायको अवमूल्यन गर्ने हो भने त्यसको पालन कसले गर्ला ? ठूला मान्छेहरु त्यसै ठूला हुँदैनन् । हरेक थोपा, नदी र खोलाहरुलाई समेटेर समुद्र विशाल भएजस्तै विशिष्ट मान्छेले पनि साना मूल्यका कुरालाई कहिल्यै अवमूल्यन गर्देैनन् ।
सदाचारका लागि सत्सङ्ग
पुरानो दिनको कुरा हो । एकदिन जङ्गलमा निकै ठूलो आँधी आयो । आँधीले जङ्गलको एउटा रुखमा लामो समयदेखि सँगै बस्दै आएका दुईवटा सुगालाई दुईतिर लगेर पछारिदियो । ती दुई सुगा जतिखेर पनि सँगै हुने गर्दथे । चाहे बस्ने बेलामा होस्, चाहे खाने बेलामा होस्, उनीहरु कहिल्यै छुट्टिँदैनथे । आकाशमा उडान गर्ने बेलामा मात्रै होइन, रमाइलोका बेलामा र आहारा खोज्न जाने समयमा पनि उनीहरु एक्लाएक्लै जाँदैनथे ।
तर, आँधीलाई उनीहरुको मित्रता र घनिष्ठताको के मतलब ! एउटै रुखका दुईवटा सुगा दुईतिर पुगे । संयोग कस्तो परेछ भने पहिलो सुगा आँधीको झोँकमा बरालिँदै चोरहरुको बस्तीमा पुगेर खसेछ । अर्काे सुगा भने हावाको प्रवाहमा उड्दै एउटा पहाडको भित्तामा गएर ठोकिएछ । भाग्यवश, त्यहाँ नजिकै एउटा ऋषि आश्रम रहेछ । दोस्रो सुगा त्यहीँ ऋषि आश्रमको एउटा रुखमा बसेर आफ्नो दिन बिताउन थाल्यो ।
वर्षहरु बित्दै गए । एकदिन त्यही देशका राजा सिकार खेल्न भनी निस्किएछन् । उनलाई देख्नासाथ चोरहरुको बस्तीमा बसेर हुर्किएको सुगाले ‘यसलाई मार मार !’ भनेर चिच्याएछ । सुगाको त्यस्तो आवाज सुनेपछि राजा पनि केही हुने पो हो कि भनेर त्यहाँबाट हस्याङफस्याङ दौडँदै पहाडको आश्रमनजिक पुगेछन् । उनी त्यहाँ पुग्नासाथ नजिकैको रुखमा बसेको सुगाले भनेछ, ‘हरेकृष्ण ! हजुरलाई हाम्रो आश्रममा हार्दिक स्वागत छ ।’ दुई ठाउँमा एउटै रङका दुईवटा चराहरुको दुईथरी स्वभाव र अभिव्यक्ति देखेर राजा दङ्ग परे । सोचे, ‘सायद, यी दुईले फरक–फरक मान्छे र परिवेशको साथ र सङ्गत प्राप्त गरेका छन् ।’
मानिस उस्तै, उत्रै र समान देखिए पनि उनीहरुको स्वभाव फरक हुने कारण अरु केही नभएर उसले प्राप्त गर्ने वरपरको परिवेश, साथीसङ्गति र उठबसको प्रभाव हो ।
acharyalb@gmail.com
Discussion about this post