भरतपुर । आगामी असार ८ गते चितवनको ४ नं. क्षेत्रमा हुने उपनिर्वाचनमा आफ्नो पक्षमा मतदाता तान्ने होडमा जिल्लाका प्रमुख दलहरु जोडतोडले विभिन्न रणनीतिका साथ अगाडि बढेका छन् ।
यो अवधिसम्म आइपुग्दा नेपाली कांग्रेस, नेकपा एमाले र एकीकृत नेकपा माओवादी प्रचारात्मक अभियानमा अगाडि देखिएका छन् ।
यसैक्रममा पार्टीका जिल्ला उपसचिव दिलकुमारी रावल ‘पार्वती’लाई तेस्रो पटक उम्मेद्वार बनाएको नेकपा एमाले चितवनले यस पटक निर्वाचन परिचालनको रणनीति परिवर्तन गरेको जनाएको छ ।
अघिल्लो निर्वाचनमा उम्मेद्वारसँगै घरदैलो अभियान संचालन गरेको एमालेले यस पटक निर्वाचनको अवधि कम भएकाले विना उम्मेद्वार पनि स्थानीय कार्यकर्ता परिचालन गरी नियमित घरदैलो गर्ने रणनीति अगाडि बढाएको हो । त्यसका लागि अहिले प्रत्येक गाविस तथा नगरपालिकाका वडाहरुमा स्थानीय स्तरको निर्वाचन परिचालन कमिटी तथा प्रचारप्रसार समिति गठन गरी प्रचारका कार्यक्रम अगाडि बढाइएको नेकपा एमाले चितवनका प्रचार विभाग प्रमुख अरुण पीडित भण्डारीले जानकारी दिनुभयो ।
यसपटक मास देखाउने भन्दा पनि भोटिङ मेशिनमा मतदान गर्ने तरिका सिकाउने, नेकपा एमालेको नीति कार्यक्रमबारे जानकारी गराउने, अन्य दलका उमेद्वारले दिएका डर, त्रास र प्रलोभन हटाउने कुरामा ध्यान दिइएको विभाग प्रमुख भण्डारीको भनाइ छ ।
नेपाली काँग्रेस क्षेत्र नम्बर ४ को भनपा ७ नम्बर वडाको आज घरदैलौ कार्यक्रम गरेको छ । घरदैलौ कार्यक्रम तिन सय ५० जाना भन्दा बढी जनसाधारण सहित मतदाता अध्यायन प्रसार प्रचार टोलीको सहभागिता
रहेको थियो ।
नेपाली कांग्रेस क्षेत्र नम्बर चार ले १९ गतेदेखि असार ५ गतेसम्म घरदैलो कार्यक्रम गर्दैछ । जेठ १९ गते भरतपुर नगरपालिकाको नौ नम्बर वडा, २०, २१ गते मंगलपुर, २२ गते पटिहानी, भनपा ७ वडा, २५, २६ गते गुञ्जनगर, २६ गते भनपा ८ नम्बर वडा, २८, २९ गते शिवनगर, ३१ गते र असार १ गते शारदानगर, २ गते भनपा १४ नम्बर वडा, ३, ४ गते गीतानगर र ५ गते नेपाली कांग्रेस क्षेत्र नम्बर ४ क्षेत्रीय कार्यलयसमेत रहेको फूलबारीमा घरदैलो प्रचारप्रसार कार्यक्रम गर्दैछ ।
यस्तै १८ गते चुनाव प्रचार प्रसारको लागी गीतानगरमा सम्पर्क कार्यलय स्थापना गरेको छ । कार्यक्रमहरुमा नेपाली कांग्रेसका जिल्ला सभापति टेकप्रसाद गुरूङ, कांग्रेस उम्मेद्वार रामकृष्ण घिमिरे पूर्वजिल्ला सचिव देवेन्द्र गुरूङ, नेपाली कांग्रेस महासमिति सदस्य दिनेश कोइराला, विजय भुषाललगायतले बोल्नु भएको
थियो । कार्यक्रम नेपाली कांग्रेस गीतानगर गाविसका सचिव हरिविलास कोइरालाको अध्यक्षतामा सम्पन्न
भएको थियो ।
Discussion about this post