भरतपुर । साना ६ राजनीतिक दलले राष्ट्रिय जागरण मञ्च चितवनका प्रतिनिधि प्रकाश ढकाललाई प्रहरीले पक्राउ गरी नियन्त्रणमा लिएको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।
राष्ट्रिय जनमोर्चा अध्यक्ष डम्बर पुरी, नेकपा (मसाल) प्रवक्ता मेघराज ढकाल, नेकपा क्रान्तिकारी माओवादीका सेक्रेटरी अशोक शर्मा, देशभक्त जनगणतान्त्रिक मोर्चा बाबुराम प्यासी, नेकपा माले सचिव परशुराम लामिछाने र वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टीका गाविन्द विकको संयुक्त हस्ताक्षर रहेको विज्ञप्तिमा ढकालको सकुशल रिहाइको माग गरिएको छ । सोमबार २२ दलीय मोर्चाले भरतपुरको चौबीसकोठीमा गरेको विरोध सभाबाट सादा पोसाकका प्रहरीले ढकाललाई नियन्त्रणमा लिएको विज्ञप्तिमा उल्लेख छ ।
Discussion about this post