शारदानगर । भरतपुर–१९, शारदानगर टाउनमा भइरहेको स्वर्गीय विशाल गुरूङ स्मृति कपअन्तर्गत अभिषेक चर्च रजहर नवलपुर र पानस युवा क्लब कृष्णपुरबीच भएको तेस्रो खेलमा पानस युवा क्लब कृष्णपुर विजयी भएको छ ।
पानस युवा क्लब कृष्णपुरले १ का विरूद्ध २ गोल गर्दै अभिषेक चर्च रजहर नवलपुरलाई हराएको हो । उक्त खेलमा म्यान अफ दी म्याच पानस युवा क्लब कृष्णपुरका विशाल गुरूङ घोषित भए । चौँथो खेल सेन्ट्रल कलेज भरतपुर फुटबल क्लब र इभरग्रीन मेघौलीबीच हुने कुरा संयोजक देउबहादुर थापामगरले बताए ।
Discussion about this post