आर्जनका लागि विदेश जान छाडेर होमस्टे खोलेका चितवन माडी शिवद्वारका स्थानीयहरु कोभिडका कारण पर्यटकीय गतिविधि लामो समयसम्म ठप्प ह“ुदा फेरि विदेश नै भासिनुपर्ने हो कि भन्ने चिन्तामा छन् । सञ्चालनमा आएको छोटो समयमा नै ख्याति कमाएका शिवद्वारका होमस्टे फागुनपछि लामो समय सुनसान भए । १३ घरमा रहेका होमस्टेमा दिनहु“जस्तो पाहुना आउ“थे । कोभिडले कोठा रित्ता र स्थानीयको मन खिन्न पा¥यो ।
‘लकडाउनको घोषणा हुने दिनसम्म हाम्रो होमस्टेमा पाहुनाहरु प्याक थिए । त्यसपछि त भरतपुर बस्ने हाम्रै छोराछोरीलाई घर ल्याउन गाह्रो भयो । पाहुनाहरु कताबाट आउनु’, होमस्टे सञ्चालक मनबहादुर पुनमगरले भने । चितवन सदरमुकाम भरतपुरदेखि दक्षिण ४५ किलोमिटर पर छ, माडीको शिवद्वार गाउ“ । जहा“ म्याग्दीका पुनमगर समुदायका व्यक्तिहरु विसं २०२६ सालदेखि बस्दै आएका छन् । होमस्टे उनीहरुले नै चलाएका हुन् ।
विसं २०७२ सालको पुस १२ गतेदेखि त्यहा“का होमस्टे औपचारिकरुपमा सञ्चालनमा आएका हुन् । माडीमा मात्रै गुमनाम रहेको शिवद्वारमा त्यसपछि चितवनका अन्य भूभागबाटमात्रै नभएर देशविदेशका पाहुना (पर्यटक)हरु बास बस्न जान थाले । यसले शिवद्वारलाई मात्रै चिनाएन होमस्टे चलाउनेहरुलाई आर्थिक आर्जनको राम्रो अवसर पनि जुटाइदियो । तर, कोभिडले कतिसम्म असर पु¥याउने हो भन्ने चिन्ता स्थानीयलाई छ ।
विदेश जान छाडेर होमस्टे सञ्चालन
मनबहादुरका बुबा डम्बरबहादुर आफ्नो पुरानो थातथलो म्याग्दी छाडेर २०२४ सालमा चितवन झरेका थिए । सुरूमा चितवनकै जगजाहेरी भन्ने ठाउ“मा बसेका उनीहरु पछि माडी आए । विसं २०२६ साल माडी शिवद्वार आएकै वर्ष मनबहादुरको जन्म भएको हो । रिउ खोलाआडको जमिनमा बाढीले धेरै दुःख दिन्थ्यो । आडैमा चितवन राष्ट्रिय निकुञ्जको जंगल थियो । जंगलका गैँडा, जंगली हात्ती, मृग, ब“देल छिरेर खेती नोक्सान गर्दथे ।
माडीभित्रैको बिरानो ठाउ“ शिवद्वारमा बसेर गुजारा नहुने भएपछि मनबहादुर कमाउन भारत गए । ६÷७ वर्ष त्यहा“ बिताए । त्यसपछि अल्लि राम्रो कमाउने आशामा बहराइन पुगे । बहराइन गएको १३ वर्ष भएको थियो । उनी छुट्टीमा घर आएका थिए । यो ७१ सालको हिउ“दको कुरा थियो । दुई महिनापछि फर्कनु थियो । तर, छुट्टी गुजारेर उनी होमस्टे बनाउनतर्फ लागे । गाउ“मा होमस्टे खुलेपछि होमस्टे सञ्चालन समितिको अध्यक्ष पनि उनै भए ।
‘हाम्रा छिमेकी तुलबहादुर पुनमगरले एउटा भ्रमण जाऊँ न त भन्नुभयो । म बहराइनबाट छुट्टीमा आएको थिए“ । तुलबहादुरजी अयोध्यापुरी मध्यवर्ती उपभोक्ता समितिको उपाध्यक्ष हुनुहुन्थ्यो । मध्यवर्तीले भ्रमण लैजा“दै रहेछ । अमलटारीमा होमस्टे बनेको रहेछ । त्यहीँ लैजाने रहेछ’, मनबहाुरले भने । अमलटारीको होमस्टे देखेपछि र त्यहा“का कुरा सुनेपछि मनबहादुरको मन बदलियो । भ्रमणबाट फर्कंदा बहराइन नगई होमस्टे खोल्ने निधो गरे ।
नवलपरासीको अमलटारीमा थारु समुदायले होमस्टे चलाएका छन् । त्यो बेला होमस्टेका अध्यक्ष थिए, प्रेमशंकर मर्दनिया थारु । शिवद्वारजस्तै अमलटारी पनि नारायणी नदीको किनारमा चितवन राष्ट्रिय निकुञ्जको आडमा थियो । निकुञ्जका जनावर, वातावरण हेर्न र थारु समुदायको संस्कृति, नाचगान हेर्न पर्यटकहरु अमलटारी गएर होमस्टेमा बस्थे । जंगली जनावरका कारण अमलटारीले डलर कमाउन थालेको मर्दानियाले सुनाए ।
‘हाम्रो गाउ“ पनि निकुञ्जकै आडमा छ । खोला पनि छ । वन्यजन्तुका साथै पर्यटकलाई देखाउने सांस्कृतिक कार्यक्रम पनि हामीस“ग छ । त्यसैले, हामी पनि होमस्टे खोलेर चलाउन सक्छौँ भन्ने लाग्यो’, मनबहादुरले भने । वन्यजन्तु जोगाएर डलर कमाउने कुरा मनबहादुरलाई मन प¥यो । प्रेमशंकरले पैसा पनि नभनेर सीधै डलर भनेका थिए । यसले आफूलाई छोयो भन्दछन् मनबहादुर ।
माडी निकुञ्जले घेरिएको ठाउ“ भए पनि कुनै खाले पर्यटकीय पूर्वाधार र गतिविधि थिएन । निकुञ्जबाट अतिप्रभावित क्षेत्र अयोध्यापुरीमा अमलटारीकै जस्तो सम्भावना खोज्न मध्यवर्तीले स्थानीयलाई भ्रमण लगेको थियो । निकुञ्ज प्रशासन र निकुञ्जआडका स्थानीयबीच मिलेर संरक्षणको काम गर्न मध्यवर्ती उपभोक्ता समितिहरु गठन भएका छन् । चितवन निकुञ्जका २२ वटा मध्यवर्ती उपभोक्ता समितिमध्ये अयोध्यापुरी पनि एक हो ।
अमलटारीमा पनि मध्यवर्ती उपभोक्ता समितिको पहलमै होमस्टे खुलेको हो । अयोध्यापुरीले पनि त्यस्तै प्रयास थाल्यो । ‘शिवद्वारका हामी पा“च जना थियौँ । हामीलाई भ्रमणमा समेटेका त थिए । तर, यहा“भन्दा अन्य क्षेत्रका अन्य समुदायका लागि होमस्टे खोल्ने तयारी धेरै अगाडि बढेको थियो । हाम्रोमा होमस्टे खोल्ने भन्नेबारे भ्रमणअघि खासै तयारी भएको थिएन’, मनबहादुरले भने । तर, भ्रमण गएका अन्य समुदायले होमस्टे खोलेनन् ।
भ्रमण सकेर अमलटारीबाट फर्कंदै गर्दा बसमा नै मनबहादुरले आफूस“ग गएका अन्य चार जनालाई होमस्टे खोल्न सहमत गराए । ‘हामी पा“च घरले बनाउने भनेर निधो गरेर आयौँ । गाउ“मा भ्रमणको कुरा सुनाएर मिटिङ राख्यौँ । मिटिङमा आएका अरु थप पा“च जनाले होमस्टे चलाउने भने । १० घर तयार भयौँ’, मनबहाुरले भने । होमस्टेका लागि सामुदायिक भवन बनाउ“दै गर्दा ७२ सालको वैशाख १२ मा भुइँचालो आयो । तर, काम जारी नै रह्यो ।
‘हामीस“ग जेजति छ त्यो पैसा निकाल्यौँ । मध्यवर्तीले पनि केही रकम सहयोग गर्ने भयो । लगभग ६ लाखको लागतमा दुई कोठाका घरहरु बने । पलङ, बिस्तारा राखेर होमस्टे तयार ग¥यौँ । पाहुनाहरु कात्तिकबाटै आएर बस्न थाले । औपचारिक उद्घाटन ७२ साल पुस १२ मा तत्कालीन वनमन्त्री अग्नि सापकोटालाई ल्याएर गरायौँ’, मनबहाुरले भने । विदेश छाडेर होमस्टे चलाउने मनबहादुरमात्रै थिएनन् ।
होमस्टे नम्बर आठका ठिलबहादुर पुनमगर साउदी अरबमा आठ वर्ष काम गरेपछि राम्रो कमाउन भन्दै बहराइन लागेका थिए । बहराइनमा उनले साढे तीन वर्ष काम गरे । गाउ“मा होमस्टे बन्ने भएपछि उनी बहराइन छाडेर यतै बसे । उनी सांस्कृतिक समूहको संयोजक बनेर पाहुनाका लागि देखाउने नाचको व्यवस्था गरे । ओमानमा आठ वर्ष बिताएर फर्केका अर्का युवा पाण्डव पुनमगरले होमस्टे नम्बर १० चलाएका छन् ।
‘विदेशमा हजार कमाउनु र यहा“ घरगाउ“मै पा“च रूपैया“ कमाउनु धेरै ठूलो कुरा हु“दोरहेछ । त्यसमाथि, हाम्रो होमस्टे त निकै राम्रो तरिकाले चलेको थियो’, पाण्डवले भने । अध्यक्ष मनबहादुर पुनमगरका अनुसार १० घरमा सुरूमा होमस्टे बनेपछि थपिएर १३ पुगेका छन् । एक घरमा चार जना बस्न÷सुत्न मिल्छ । १० घर पुनमगर समुदायका छन् । बा“की तीन घर नेवार र राई समुदायका छन् ।
वन्यजन्तु प्रति माया बढ्यो
भ्रमणमा अमलटारी पुगेर प्रेमशंकर मर्दानियाको मुखबाट वन, जंगल, जनावर र पर्यावरण तथा जैविक विविधताका बारेमा नसुन्दासम्म मनबहादुरलाई यिनको मह¤व छ भन्ने खासै हेक्का थिएन । मनबहादुरले त वन्यजन्तुबाट दुःखमात्रै पाएका थिए । अयोध्यापुरी मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष शिवजी गायकका अनुसार वन्यजन्तुबाट अत्यधिक प्रभावित चितवन निकुञ्जआसपासको गाउ“बस्तीमा माडी एक नम्बरमा पर्दछ ।
‘माडीको पनि अयोध्यापुरी वन्यजन्तुबाट अत्यधिक प्रभावित ठाउ“ हो । रिउ र निकुञ्जआडको शिवद्वारमा वन्यजन्तुले सताएको मात्रै थियो । निकुञ्जबाट कुनै फाइदा हुन्छ भन्ने अनुभूति नै थिएन’, अध्यक्ष गायकले भने । गाउ“मा आउने जनावरहरुलाई निर्मम तरिकाले लखेट्ने, ब“देल, चित्तल मारेर खानेसम्म गर्दथे । ठिलबहादुर पुनले भालुलाई लखेट्दै हसिया“ले हाने । भालुले पनि उनको हत्केलामा दा“त गाड्यो । यो २० वर्ष पुरानो घटना हो ।
‘म बहराइन हु“दाकै कुरा हो, यताबाट खबर जान्थ्यो जंगली हात्तीले गर्दा सा“झ परेपछि गाउ“मा बस्न सकिएन, स्कुलमा आएर बास बसेका छौँ भन्थे छोराछोरी र श्रीमतीले । यस्ता कुरा सुन्दा वन्यजन्तुप्रति रिस उठ्ने नै भयो’, मनबहादुरले भने । तर, वन्यजन्तुले समस्यामात्रै पार्दैनन् अवसर पनि दिन्छन् भन्ने सुनेपछि उनले कम्मर कसे । त्यसको प्रतिफल पनि पाए । शिवद्वारवासीहरु दङ्ग पर्न थाले ।
‘होमस्टे बनेपछि हाम्रोतिर त्यो जंगली हात्ती त आउनै छोड्यो, अचम्मै भयो । के भयो कुन्नि’ मनबहादुरले भने । शिवद्वार होमस्टे सुरूमै चम्केको हैन । ७५ सालपछि त्यसले गति लिन थाल्यो । तत्कालीन अस्ट्रेलियन राजदूतसमेत त्यहा“ पुगेपछि विश्व वन्यजन्तु कोष (डब्लुडब्लुएफ) नेपालको ताल परियोजनाले विदेशका पर्यटक ल्याउने वातावरण मिलायो । ७५ सालको दसैँमा आ“गनभरि विदेशी पर्यटक राखेर शिवद्वारवासीले रमाइलो गरे ।
‘हामीले महिनाको ४० हजार रूपैया“को अनुपातमा कमाउन थालेका थियौँ । यो राम्रै कमाइ हो नि ! विदेश गएको भए यसको दोब्बरसम्म कमाइन्थ्यो होला । उस्तै परे तेब्बर हुन्थ्यो होला, तर आफ्नै घरमा पर्यटकस“ग रमाएर कमाउनुको आनन्द छुट्टै छ’, मनबहादुरले भने । तर, लकडाउन र नथामिएको कोरोना कहरले धेरैको मनमा धुकचुक बढाएको छ । मनबहादुरलाई लाग्छ, आउ“दा दुई वर्षसम्म अवस्था पहिलाको झैँ हु“दै न कि !
‘म घरगाउ“मै केही गरौँ भन्छु । तर, लकडाउनले गर्दा गाह्रो बनायो । मजस्तै अरु साथीहरु आएर यही माडीमा पर्यटनबाट केही गरौँ भन्ने योजना बनाउ“दैछन् । तर, लकडाउनले सबैलाई तर्साएको छ । हाम्रो कानुनअनुसार चलेको संस्था हो । हाम्रो अप्ठ्यारो सरकारले हेर्नुपर्ला’, पाण्डव पुनमगरले भने । माडीमा पर्यटकीय गतिविधि बढे युवाहरु विदेश जान नपर्ने र वन्यजन्तु संरक्षणमा पनि मह¤वपूर्ण प्रभाव पर्ने उनले देखेका छन् ।
k6ramesh6@gmail.com
Discussion about this post