ADVERTISEMENT
६ माघ २०७७, मंगलवार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
  • Login
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
६ माघ २०७७, मंगलवार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
No Result
View All Result

घरघरमा पुग्दै बागमती प्रदेश प्रहरी

–अमृत चिमरिया

by चितवन पोष्ट
२०७७ मंसिर ८, सोमबार ०८:३६ गते
in राजनीति, समाचार
0
घरघरमा पुग्दै बागमती प्रदेश प्रहरी
5
SHARES
Share on FacebookShare on Twitter

हेटौँडा । बागमती प्रदेश प्रहरी कार्यालयको प्रमुखमा प्रहरी नायब महानिरीक्षक वसन्त लामा आएदेखि प्रहरीमा देखिएको कमजोरी सुधार्न लागिपरेका छन् ।
केही समयअगाडि प्रहरीमा हुने भ्रष्टाचार रोक्न नक्कली सेवाग्राही बनेर घूस लिने प्रहरी समातेर चर्चामा आएका लामाले अहिले जनताको गुनासो संकलनमा ध्यान दिन थालेका छन् । नेपालमै पहिलोपटक बागमती प्रदेशका स्थानीय तहमा प्रहरी कर्मचारीका लागि गुनासो संकलन गर्न गुनासो पेटिका राखेका लामाले अब जनतासँग सीधै सम्पर्क गर्न फोन नम्बरसमेत दिएका छन् ।
३१ स्थानीय तहबाट प्रहरीलाई गुनासो
बागमती प्रदेशका ३१ वटा स्थानीय तहमा राखिएका गुनासो पेटीबाट गुनासो तथा सुझावहरु संकलन भएको छ । गएको कात्तिक महिनामा बागमती प्रदेश प्रहरी कार्यालयले प्रहरी कर्मचारीहरुसँग परेको सम्बन्धित गुनासो तथा सुझावहरु संकलन गरेको हो । प्रदेश प्रहरी कार्यालयले चितवनबाट २ वटा, मकवानपुर, दोलखा, सिन्धुलीबाट एक–एकवटा गरी ५ वटा गुनासो संकलन गरेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाका प्रहरी वरिष्ठ उपरीक्षक सुदीप गिरीले जानकारी दिएका हुन् ।
बागमती प्रदेश प्रहरी कर्यालयले आमनागरिकबाट प्राप्त सल्लाह, सुझाव तथा गुनासोलाई संकलन गरेर प्रदेश प्रहरी कार्यालयमा ल्याउने र त्यसको कार्यान्यवन गर्ने गरिएको छ । यसअघि असोज महिनामा प्रदेश प्रहरी कार्यालयले मकवानपुर र धादिङबाट ६ वटा गुनासो संकलन गरेर त्यसको कार्यान्वयनसमेत भएको प्रहरी वरिष्ठ उपरीक्षक गिरीले जानकारी गराए ।
प्रदेशका सबै वडामा गुनासो पेटिका
गिरीका अनुसारबागमती प्रदेश प्रहरी कार्यालयले प्रथम चरणमा असोज १ गतेदेखि प्रदेशको महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका र सदरमुकाम रहेको गाउँपालिकाका ३१ वटा स्थानीय तहमा गुनासो तथा सुझाव संकलन पेटिका राखेको थियो । यस्तै, दोस्रो चरणमा अब ६७ वटा गाउँपालिका र तेस्रो चरणमा बागमती प्रदेशका ८ सय ७४ वटै वडामा गुनासो तथा सुझाव पेटिका राखिने भएको छ । आमनागरिक तथा स्थानीय तहका नागरिकहरुले बागमती प्रदेशका कुनै पनि प्रहरीसँग गुनासो भएमा सुझाव पेटिका तथा सोझै प्रदेश प्रहरी प्रमुखसँग पनि सम्पर्क गर्न सकिने जनाइएको छ ।
डिआइजीसँग प्रत्यक्ष सम्पर्क
बागमती प्रदेश प्रहरी प्रमुख (डिआइजी)सँग प्रत्यक्ष टेलिफोन संवाद कार्यक्रम आइतबारबाट सुरू भएको छ । बागमती प्रदेशअन्तर्गत कार्यरत प्रहरी कर्मचारीलाई पेशागतरुपमा जिम्मेवार बनाउन तथा तोकिएको जिम्मेवारी उच्च मनोबलका साथ सम्पादन गर्ने वातावरण सृजना गर्ने उद्देश्यले प्रदेशअन्तर्गत कार्यरत प्रहरी कर्मचारीहरुको गुनासोलाई सम्बोधन गर्न र उचित सुझावहरुलाई कार्यान्वयनमा ल्याउन प्रदेश प्रहरी प्रमुखसँग प्रत्यक्ष टेलिफोन संवाद कार्यक्रमको सुरूवात गरिएको हो ।
कार्यक्षेत्रमा विभिन्न जिम्मेवारीमा खटिएका प्रहरी कर्मचारीहरुले आफूले भोगेका समस्या, चुनौती तथा पीरमर्का र गुनासोका साथै प्रहरी सेवालाई थप प्रभावकारी बनाउन रायसुझाव संकलन गरी उचित सम्बोधनका लागि प्रदेश प्रहरी प्रमुखसँग टेलिफोन संवाद कार्यक्रम सञ्चालन गर्न लागिएको प्रदेश प्रहरी कार्यालय हेटौँडाका प्रहरी वरिष्ठ उपरीक्षक सुदीप गिरीले बताए । प्रहरी कार्यालय सहयोगीदेखि उच्च तहका प्रहरी अधिकृतसम्मका प्रहरी कर्मचारीहरुलाई निश्चित समय र बार निर्धारण गरी टेलिफोन संवाद कार्यक्रम सञ्चालन गरिएको उनको भनाइ छ । कार्यक्षेत्रमा कार्यरत प्रहरी कर्मचारीको क्षमता प्रदर्शनमा मनोबल वा मनस्थितिको प्रमुख भूमिका रहने भएकोले प्रहरी कर्मचारीहरुको मनोबल वा मनस्थितिलाई सकारात्मक बनाउन उनीहरुमा रहेको समस्या वा गुनासोको उचित सम्बोधन हुनु जरूरी भएको उनले जानकारी दिए ।
कार्यक्रमले प्रहरी कर्मचारीहरुको गुनासो वा समस्याको मात्र सम्बोधन नगरी कार्यरत प्रहरी कर्मचारीहरुको कार्यसम्पादनको अवस्थामा सुधारका लागि अपेक्षित रायसुझावसमेत संकलन गर्ने लक्ष्य लिइएको छ । दर्जागतरुपमा निर्धारण गरिएको समय र बारअनुसार प्रहरी कर्मचारीहरुले आफूलाई प्रदान गरिएको समयमा प्रदेश प्रहरी प्रमुखको कार्यालयको नम्बर ९८५५०८४४४४ मा सम्पर्क गरी आफ्नो पीरमर्का, गुनासो तथा सल्लाह, सुझाव राख्न सक्ने प्रहरी वरिष्ठ उपरीक्षक गिरीले जानकारी दिए ।

 

Related Posts

प्रधानमन्त्रीलाई सहयोग गरेका अवस्थामा प्रतिनिधिसभा विघटन गर्न नपाइने जिकिर

प्रधानमन्त्रीलाई सहयोग गरेका अवस्थामा प्रतिनिधिसभा विघटन गर्न नपाइने जिकिर

पर्यटन क्षेत्रलाई चलायमान बनाउन सरकारले सहयोग गर्छ : अर्थमन्त्री पौडेल

पर्यटन क्षेत्रलाई चलायमान बनाउन सरकारले सहयोग गर्छ : अर्थमन्त्री पौडेल

कांग्रेसद्वारा सीमा विवाद सम्बन्धमा यथार्थ स्थिति सार्वजनिक गर्न माग

वडा स्तरमा हुने प्रदर्शनका लागि काँग्रेस चितवनले तोक्यो प्रतिनिधि

Discussion about this post

अन‌ि यो पनि

प्रधानमन्त्रीलाई सहयोग गरेका अवस्थामा प्रतिनिधिसभा विघटन गर्न नपाइने जिकिर
राजनीति

प्रधानमन्त्रीलाई सहयोग गरेका अवस्थामा प्रतिनिधिसभा विघटन गर्न नपाइने जिकिर

काठमाडौँ । प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिट निवेदन संवैधानिक इजलासमा भएको तेस्रो दिनको सुनुवाइ हेर्दाहेर्दै बुधबारका लागि तय भएको छ ।...

Read more
पर्यटन क्षेत्रलाई चलायमान बनाउन सरकारले सहयोग गर्छ : अर्थमन्त्री पौडेल

पर्यटन क्षेत्रलाई चलायमान बनाउन सरकारले सहयोग गर्छ : अर्थमन्त्री पौडेल

कांग्रेसद्वारा सीमा विवाद सम्बन्धमा यथार्थ स्थिति सार्वजनिक गर्न माग

वडा स्तरमा हुने प्रदर्शनका लागि काँग्रेस चितवनले तोक्यो प्रतिनिधि

मेघौलीमा कुमाल सङ्ग्रहालय निर्माण

भरतपुर अस्पतालमा आँखाको उपचार सेवा सुरु

राष्ट्रपति, प्रधानमन्त्री र सभामुखद्वारा अदालतमा लिखित जवाफ पेश

प्रतिनिधिसभा विघटन : पाँच वर्षको सट्टा तीन वर्षमै निर्वाचन गर्न नमिल्ने जिकिर

साइट नेभिगेशन

  • अन्तर्वार्ता
  • अर्थ
  • कला
  • खेलकुद
  • पाठक पत्र
  • प्रमुख समाचार
  • प्रविधि
  • राजनीति
  • वाग्मती
  • विचार
  • विश्व
  • शिक्षा
  • समाचार
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • स्वास्थ्य

सम्पर्क

चितवन पोष्ट प्रकाशन प्रा. लि.
भरतपुर-१०, विद्युतरोड, हाकिमचोक
फोन : ०५६-५९५६२१ , ०५६-५९५६२४

विज्ञापनको लागि सम्पर्कः
९८६४२८०३१३, ९८६४२८०३१४, ९८५५०५१०९२
इमेल : chitwanpost@gmail.com

शाखा कार्यालयहरु

सौराहाचोक,टाँडी, फोनः ९८५५०८०२९१ (होमनाथ सापकोटा)
पर्सा: ९८४५१६०२९५ (प्रमिला अर्याल)
चनौली : ९८६५००५५९७ (रामशरण गैरे)
कावासोतीः ९८४३४०२६४४ (विन्दु न्यौपाने)
धादिङबेसीः ०१०–५२०६६५
दमौलीः ०६५–५६०८३९
डुम्रेः ०६५–६९०८०६
त्रिशूलीः ०१०–५६०५४७,९८५१०१४३९१

  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

No Result
View All Result
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

Welcome Back!

Sign In with Facebook
OR

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In