रहिनन् पूर्वजनसरकारका अर्थमन्त्रीकी धर्मपत्नी रक्तकाली

अन‌ि यो पनि

चितवन । तत्कालीन पश्चिम ३ नम्बर तनहुँका २००८ सालमा बनेको जनसरकारका अर्थमन्त्री अधिवक्ता रामचन्द्र उपाध्याय वाग्लेकी धर्मपत्नी रक्तकाली वाग्लेको निधन भएको छ । डिमेन्सिया रोगले केही वर्षदेखि बिरामी उनको यही मंसिर ५ गते आफ्नै निवास काठमाडौँमा निधन भएको हो ।

उनका श्रीमान् पूर्वजनसरकारका अर्थमन्त्री वाग्लेको भने २०४६ सालमा नै निधन भएको थियो । नेपाल बार एसोसिएसन चितवनको पहिलो अध्यक्ष अधिवक्ता वाग्ले २०१७ सालदेखि चितवनमा बस्दैआएका थिए । मालपोत कार्यालय तनहुँमा सुब्बा तहमा जागिरे उनी राजनीतिमा लागैकै कारण जागिरसमेत गुमेको थियो । उनलाई सबैले जनसरकारको मन्त्री हुनुपूर्व सुब्बा उपाध्याय भनेर चिन्दथे ।

अधिवक्ता वाग्लेका दुई श्रीमतीमध्ये रक्तकाली कान्छी श्रीमती थिइन् । उनीहरुका आठ छोराबुहारीमध्ये हाल छ छोराबुहारी रहेका छन् । उनीहरुकी साहिँली बुहारी गीता वाग्ले पूर्वसांसद तथा हाल बागमती प्रदेश सभा सदस्यसमेत रहेकी छन् । उनी नेपाली काग्रेसको समानुपातिक पूर्वसांसद तथा प्रदेशसभा सदस्य हुन् ।

उनी राजनीतिका साथसाथै विभिन्न धार्मिक तथा सामाजिक संस्थाहरुमा आवद्ध छिन् । उनको दिवंगत जेठा छोरा अधिवक्ता जीवन वाग्ले तत्कालीन भरतपुर नगरपालिका वडा ४ अध्यक्षसमेत थिए । उनको ५ वर्षअघि निधन भइसकेको छ । उनका साइला छोरा श्रीभक्त अच्युत वाग्ले साहित्यका साथै अन्य विभिन्न क्षेत्रमा अग्रसर छन् ।

अन्य छोराहरु पनि विभिन्न सामाजिक तथा धार्मिक क्षेत्रमा क्रियाशील छन् । उनको ५ गते नै काठमाडौँको आर्यघाटमा वैदिक विधिअनुसार अन्तेष्टि गरिएको छ । उनी कान्छा छोरा अनन्त वाग्लेसँग केही वर्षदेखि काठमाडौँमा बस्दै आएकी थिइन् ।

प्रदेशसभा सदस्य परिवारका अन्य सदस्यसहित भरतपुर ४ लक्ष्मीपुर गीतामार्गमा रहेको निवासमा नै काजक्रियामा बसेका छन् ।

 

प्रतिकृया

मुख्य समाचार

प्रकाशनको एक वर्षपछि सार्वजनिक भयो ‘अजिब मान्छे’

चितवन । गत वर्ष नै प्रकाशन भएको पुस्तक ‘अजिब मान्छे’ शनिबार सार्वजनिक गरिएको छ। लेखक सीताराम कोइरालाको पाँचौँ कृतिको...

प्रमुख समाचार

धेरै पढिएको

प्रतिकृया