आफ्नै निर्वाचन क्षेत्रमा पाण्डेविरुद्ध नाराबाजी

अन‌ि यो पनि

राप्ती । नेपाल कम्युनिस्ट पार्टी नेकपाका स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेविरुद्ध उनकै निर्वाचन क्षेत्रमा युवाहरुले नाराबाजी गरेका छन् ।

जिल्लामा भएका कार्यक्रममा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध भाषण गर्दै हिँडेको भन्दै नेता पाण्डेविरुद्ध पार्टीकै युवाहरुले नाराबाजी गरेका हुन् । नेकपा राप्ती नगर कमिटीले वीरेन्द्रनगरमा आयोजना गरेको बैठकलाई सम्बोधन गर्ने क्रममा पाण्डेले प्रधानमन्त्री ओली र मदन भण्डारी फाउण्डेसनविरुद्ध बोल्न सुरु गरेपछि ओली निकटका युवाहरुले होहल्ला र नाराबाजी गरेका थिए ।

पार्टीका स्थायी कमिटी सदस्य पाण्डेले गुटको राजनीति गरेको भन्दै युवा संघका केदार आचार्य र अनेरास्ववियुका सुरज थपलियालगायतका युवाहरुले नाराबाजी गरेका हुन् । युवाहरुले नाराबाजी गरेपछि नेता पाण्डेले बैंठकमा पूरा समय भाषण गर्न पाएनन् ।

प्रहरीले पाण्डेलाई सुरक्षा दिएर कार्यक्रम स्थलबाट बाहिर निकालेको थियो । हिजो रत्ननगर र खैरहनीमा भएको कार्यक्रममा पनि उनले प्रधानमन्त्रीको विरोध गरे आज वीरेन्द्रनगरमा भएको बैंठकमा पनि प्रधानमन्त्रीविरुद्ध बोल्न थालेपछि अवरोध गरिएको युवा नेता आचार्यले भने ।

उनले प्रधानमन्त्रीविरुद्ध बोल्दै हिँड्ने र गुटको राजनीति गरे पाण्डेलाई चितवनमा हुने कार्यक्रममा सहभागी हुन र बोल्न नदिने चेतावनीसमेत दिए । युवाहरुले नाराबाजी गरेको भिडियो सामाजिक सञ्चालनमा बाहिरिएको छ ।

प्रतिकृया

मुख्य समाचार

प्रकाशनको एक वर्षपछि सार्वजनिक भयो ‘अजिब मान्छे’

चितवन । गत वर्ष नै प्रकाशन भएको पुस्तक ‘अजिब मान्छे’ शनिबार सार्वजनिक गरिएको छ। लेखक सीताराम कोइरालाको पाँचौँ कृतिको...

प्रमुख समाचार

धेरै पढिएको

प्रतिकृया