ADVERTISEMENT
१९ फाल्गुन २०७७, बुधबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
  • Login
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
१९ फाल्गुन २०७७, बुधबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
No Result
View All Result

क्षेत्र नंं ४ मा निर्वाचनको प्रचारप्रसार तीव्र

by चितवन पोष्ट
२०७१ जेष्ठ १८, आईतवार ०३:४४ गते
in राजनीति, समाचार
0
Chitwan Post
0
SHARES
Share on FacebookShare on Twitter

भरतपुर । यही असार ८ गते चितवन क्षेत्र नं. ४ मा हुने संविधानसभाको उपनिर्वाचनको प्रचारप्रसार तीव्र पारिएको छ । जिल्लामा ११ वटा दल र एक स्वतन्त्रले मनोनयन दर्ता गरेको भएपनि नेपाली काँग्रेस र नेकपा एमालेले आ–आफ्ना प्रचारलाई तीव्र बनाएको पाइएको हो ।
निर्वाचन प्रचारका क्रममा शनिबार नेपाली काँग्रेसले फूलबारीको गणेश मन्दिरमा त्यस पार्टीका उम्मेद्वार रामकृष्ण घिमिरे र काँग्रेसका शुभेच्छुकबीच अन्तत्र्रिmया कार्यक्रमसम्पन्न भएको छ ।
अन्तत्र्रिmया कार्यक्रममा लोकतन्त्र र लोकतान्त्रिक संविधान निर्माणका लागि आमपेसाकर्मीहरु, लोकतन्त्रवादीहरु नेपाली काँग्रेसका उम्मेद्वारलाई विजयी बनाउन जिल्ला सभापति टेकप्रसाद गुरुङले आग्रह गर्नुभयो । कार्यक्रममा नेपाल शिक्षक संघका धु्रवराज पोख्रेललगायतले नेपाली काँग्रेसको पक्षमा जनमत तयार पार्न जोड दिनुभएको थियो  ।
कार्यक्रम प्रजान्त्रिक शिक्षक संघका समन्वय संयोजक विष्णु गौतमको अध्यक्षता सम्पन्न भएको थियो ।
त्यस्तै नेकपा एमालेले पनि निर्वाचन प्रचारप्रसारको काम तीव्र बनाएको छ । क्षेत्रका विभिन्न स्थानमा निर्वाचन प्रचार कार्यालयहरुको उद्घाटन, उम्मेदवार दिलकुमारी रावल ‘पार्वती’ सहित घरदैलो, भेला र भेटघाटलाई तीव्र पारिएको निर्वाचन परिचालन कमिटीका संयोजक जगन्नाथ थपलियाले जानकारी दिनुभयो ।
त्यस्तै वडा नंं ७ को विस्तारित बैठक शनिबारै बसेको छ । भेलाले धर्मराज प्रसाई संयोजक तथा सनत लामिछाने उपसंयोजक रहने गरी १५१ सदस्यीय प्रचारप्रसार समिति गठन गरेको छ । एमाले जिल्ला सदस्य भक्तिप्रसाद गौतमको प्रमुख आतिथ्यतामा भएको भेलाले आगामी सोमबारसम्म सबै टोल कमिटी गठन गरी निर्वाचन प्रचारको कामलाई व्यापक बनाउने निर्णय गरेको छ ।
यसैबीच, एमाले पटिहानी गाउँ कमिटीले निर्वाचन परिचालन कार्यालयको उद्घाटन गरेको छ । एमाले केन्द्रीय सदस्य देवी ज्ञवालीले कार्यालयको उद्घाटन गर्दैैै यसपटक जनताले पार्वती रावललाई जिताउने दावी गर्नुभयो । साना कम्युनिष्ट घटकहरुले समेत रावललाई सहयोग गर्नुपर्ने भन्र्दै ज्ञवालीले वामपन्थीको मतलाई विभाजित नबनाउन आग्रह गर्नुभयो ।
त्यस्तै निर्वाचन प्रचारप्रसार तथा संगठन परिचालनका लागि शनिबार भनपा १३ मा युवा भेला सम्पन्न भएको छ । जिल्ला सचिवालय सदस्य केशवप्रसाद रेग्मीको प्रमुख आतिथ्यमा भएको कार्यक्रम युवा संघ भनपा–१३ का अध्यक्ष विजेन श्रेष्ठको अध्यक्षतामा भएको थियो । सो भेलामा प्रमुख अतिथि रेग्मी, जिल्ला सदस्य पदमपाणी सुवेदी, प्रकाश ढुङ्गाना, दिलिप न्यौपानले प्रशिक्षण दिनुभएको थियो ।
यसैबीच, चित्रवन नगरपालिकाको गुञ्जनगरमा गाउँ कमिटीका अध्यक्ष गुञ्जमान विकको अध्यक्षतामा र शारदानगर गाउँ कमिटीका अध्यक्ष टीकाराम पण्डितको अध्यक्षतामा १५१ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन गरिएको एमाले प्रचार विभागका प्रमुख अरुण पीडित भण्डारीले जानकारी दिनुभयो ।

Related Posts

सरकार असफल हुँदा व्यवस्थामै प्रश्न : देउवा

आलमलाई छुटाउन प्रयासरत छुः सभापति देउवा

प्रधानमन्त्री पाए सरकारमा जान्छौं : देउवा

प्रधानमन्त्री पाए सरकारमा जान्छौं : देउवा

काँग्रेस प्रतिपक्षमै बस्नुपर्छ : वरिष्ठ नेता पौडेल

काँग्रेस प्रतिपक्षमै बस्नुपर्छ : वरिष्ठ नेता पौडेल

Discussion about this post

अन‌ि यो पनि

आन्तरिक पर्यटन प्रवर्द्धन गर्न चितवन मुक्तिनाथ मोटर र्‍याली गरिने
अर्थ

आन्तरिक पर्यटन प्रवर्द्धन गर्न चितवन मुक्तिनाथ मोटर र्‍याली गरिने

चितवन । चितवनबाट पहिलो पटक चितवन मुक्तिनाथ मोटर र्‍याली गरिने भएको छ । आन्तरिक पर्यटन प्रवर्द्धन, मोटर खेल विकास र...

Read more
सरकार असफल हुँदा व्यवस्थामै प्रश्न : देउवा

आलमलाई छुटाउन प्रयासरत छुः सभापति देउवा

प्रधानमन्त्री पाए सरकारमा जान्छौं : देउवा

प्रधानमन्त्री पाए सरकारमा जान्छौं : देउवा

काँग्रेस प्रतिपक्षमै बस्नुपर्छ : वरिष्ठ नेता पौडेल

काँग्रेस प्रतिपक्षमै बस्नुपर्छ : वरिष्ठ नेता पौडेल

म्यान्मारमा सेनाको गोली लागेर छ जनाको मृत्यु

म्यान्मारमा सेनाको गोली लागेर छ जनाको मृत्यु

साइट नेभिगेशन

  • अन्तर्वार्ता
  • अर्थ
  • कला
  • खेलकुद
  • पाठक पत्र
  • प्रदेश
  • प्रमुख समाचार
  • प्रविधि
  • राजनीति
  • वाग्मती
  • विचार
  • विश्व
  • शिक्षा
  • समाचार
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • स्वास्थ्य

सम्पर्क

चितवन पोष्ट प्रकाशन प्रा. लि.
भरतपुर-१०, विद्युतरोड, हाकिमचोक
फोन : ०५६-५९५६२१ , ०५६-५९५६२४

विज्ञापनको लागि सम्पर्कः
९८६४२८०३१३, ९८६४२८०३१४, ९८५५०५१०९२
इमेल : chitwanpost@gmail.com

शाखा कार्यालयहरु

सौराहाचोक,टाँडी, फोनः ९८५५०८०२९१ (होमनाथ सापकोटा)
पर्सा: ९८४५१६०२९५ (प्रमिला अर्याल)
चनौली : ९८६५००५५९७ (रामशरण गैरे)
कावासोतीः ९८४३४०२६४४ (विन्दु न्यौपाने)
धादिङबेसीः ०१०–५२०६६५
दमौलीः ०६५–५६०८३९
डुम्रेः ०६५–६९०८०६
त्रिशूलीः ०१०–५६०५४७,९८५१०१४३९१

  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

No Result
View All Result
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

Welcome Back!

Sign In with Facebook
OR

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In