भरतपुर । नेपाल राष्ट्रिय शिक्षक सङ्गठनको अयोजनामा शनिबार भरतपुरमा स्थानीय एकाइ कमिटीका प्रतिनिधिहरुलाई प्रशिक्षण दिइएको छ ।
सङ्गठनका पूर्व महासचिव रमाकान्त सापकोटा प्रमुख अतिथि रहनुभएको सो कार्यक्रममा सङ्गठनका स्थानीय कमिटीहरु गाविस, नगरपालिका र क्षेत्रका अध्यक्ष तथा सचिवहरु गरी ८४ जनाको सहभागिता रहेको कोषाध्यक्ष पुष्पराज मरहठ्ठाले जानकारी दिनुभयो ।
कार्यक्रममा सङ्गठनका पूर्व महासचिव रमाकान्त सापकोटाले नेतृत्व र व्यक्तित्व र पूर्व केन्द्रीय सदस्य लक्ष्मीकान्त चालिसेले स्थानीय कमिटीका बैठक कार्यविधिका बारेमा सहजीकरण गर्नुभएको थियो ।
कार्यक्रम सङ्गठनका अध्यक्ष पू्र्णबहादुर पुरीको अध्यक्षतामा सम्पन्न भएको थियो ।
Discussion about this post