रत्ननगर । पूर्वी चितवनको रत्ननगरमा शनिबार क्षेत्रस्तरीय अन्तरमावि वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । निवृत्त शिक्षक समाज चितवनले ‘साक्षर र सभ्य चितवन, हाम्रो गौरव’ भन्ने विषयमा विद्यार्थीहरुबीच वक्तृत्वकला प्रतियोगिता गरेको हो ।
प्रतियोगितामा पञ्चकन्या उच्च माविका प्रदीप पौडेल प्रथम, जनजागृति उच्च माविका अविशेष न्यौपाने द्वितीय, नेपाल उच्च माविका सुस्मिता परियार तृतीय र कंकाली माविका सुनिता गान्धारीले सान्त्वना स्थान हासिल गरेका छन् ।
निवृत्त शिक्षक समाजका क्षेत्रीय अध्यक्ष मोहनप्रसाद भट्टराईको अध्यक्षतामा भएको सो कार्यक्रममा जिल्ला अध्यक्ष हरिप्रसाद आचार्य, केन्द्रीय सदस्य धु्रवराज अर्याल, जिल्ला सचिव कमलीकान्त घिमिरेलगायतले बोल्नुभएको थियो ।
Discussion about this post