अम्ब्रेला स्ट्रीटमा आन्तरिक पर्यटक बढ्दै

अन‌ि यो पनि

पटिहानी । कोरोना कहरका कारण चैत ११ मा लकडाउन भएसँगै बन्द रहेको चितवनको पटिहानी, घटगाईमा रहेको अम्ब्रेला स्ट्रीट खुलेसँगै पर्यटकहरुको चहलपहल पनि बढेको छ । कार्तिक १५ देखि पर्यटकका लागि खुलेको अम्ब्रेला स्ट्रीटमा सुरूवाती दिनभन्दा दसैँतिहारजस्ता प्रमुख पर्वहरुको बिदामा थुप्रै मानिसहरुको चहलपहल देखिएको हो ।

सञ्चालनको सुरूवाती दिनमा सुनसान देखिने अम्ब्रेला स्ट्रीटमा अहिले दिनकै तीन हजारभन्दा बढी पर्यटकहरु रमाउने गरेका छन् । सुरूवाती दिनमा संख्यात्मक हिसाबले कम भए पनि लकडाउनपछिको अवस्थामा चाडबाडसँगै आन्तरिक पर्यटकहरुको आगमन सन्तोषजनक देखिएको पटिहानी पर्यटन विकास समितिका अध्यक्ष शंकरराज थपलिया बताउँछन् ।

अम्ब्रेला स्ट्रीट घुमघाम गर्न पुगेका भरतपुर–२२, पटिहानी टाउनका ८५ वर्षीय विष्णुप्रसाद ढकालले अम्ब्रेला स्ट्रीटमा रङ्गीबिरङ्गी छाताले ढाकेको छाना र राप्तीकिनार पुगेपछि साँझपखको सुनौलो सूर्यास्त नियाल्न मन पर्ने हुँदा छोरोको साथमा आएको बताए । राप्तीकिनारको आडैमा रहेको चितवन निकुञ्जको जंगलमा चित्तल र गैँडासमेत चर्दै गरेको र चराहरु कावा खाँदै गरेको दृश्य राम्रो लाग्ने उनले बताए ।
घुमघाम गर्न पुगेका भरतपुर–१० का चन्द्रलाल जिम्वालले मानिसहरुको आकर्षण र चहलपहल बढे पनि कोरोना सङ्क्रमणको त्रास कायमै रहेकोले सतर्कता नअपनाइएको गुनासो गरेका थिए । कम्तीमा पनि गेटमा स्यानिटाइजर तथा ज्वरो नाप्ने व्यवस्था हुनुपर्ने र मास्क लगाउनुपर्नेमा उनको जोड थियो ।

सप्तरङ्गीसहितको छाताको आकारमा पानीको फोहोरा दिने ‘वाटर फाउन्टेन’ र नदीकिनारछेउमै ‘भ्यू प्वाइन्ट’ बनाइएको छ । जहाँबाट गैँडा, मृग, गोही, चरा नियाल्नुका साथै रात्रिकालीन फुड प्वाइन्टका रुपमा बनाइएको पूर्वाधार आकर्षक रहेको गैँडाकोटबाट अम्ब्रेला स्ट्रीट घुम्न आएकी देवी गौतम बताउँछिन् । ‘दिनभर घुमेर आएका पर्यटक यहाँ आएर रमाउनेछन्’, उनले भनिन् ।

भरतपुर–२२, पटिहानी घटगाईका बुद्धिराम महतोले भने, ‘पटिहानी थारु र बोटे समुदायको बसोवास भएको क्षेत्र हो ।’ राप्ती खोलामा तटबन्ध गरिएपछि बाढीको चपेटाबाट मुक्त बनेको पटिहानीमा २०६० सालदेखि नै पर्यटन गतिविधिले तीव्रता पाउन थालेको हुँदा चितवन राष्ट्रिय निकुञ्ज र राप्ती खोलाको किनारमा रहेको पटिहानी यतिबेला पर्यटक घुम्ने क्षेत्रका रुपमा चिनिन थालेको उनले बताए । अम्ब्रेला स्ट्रीट आकर्षक रहेको बताउँदै उनले थारु, बोटेहरुको कार्यक्रम देखाउन सके सांस्कृतिक र परम्परागत भेषभूषाले पर्यटकलाई लोभ्याउन सकिने बताए ।

यहाँबाट राप्ती नदीसँगै चितवन राष्ट्रिय निकुञ्जको मनोरम दृश्य हेर्न सकिन्छ । निकुञ्जबाट निस्केर पानी पिउन र आहाल बस्न आउने गैँडा अनि नदीबाट निस्केर किनारमा घाम ताप्दै गरेको गोहीले पर्यटकहरुलाई लोभ्याउने भरतपुर–२२ का वडाध्यक्ष विष्णुराज महतो बताउँछन् । ‘यहाँबाट सूर्यास्तको दृश्य अझै लोभलाग्दो देखिन्छ, अम्ब्रेला स्ट्रीट घुम्न आएकाहरु साँझसम्मै बसेर सूर्यास्तको रोमाञ्चक दृश्य हेर्न पर्खिरहेका हुन्छन्’, उनले भने ।

‘सरकारले घोषणा गरेको एक सय पर्यटकीय गन्तव्यमध्येको मह¤वपूर्ण गन्तव्यका रुपमा परिचित रहेको ठाउँमा स्थानीय संस्कृति पनि हेर्न मिल्ने र वाइल्ड लाइफ पर्यटनको पनि आभाष पाइन्छ’, उनले थपे, ‘अम्ब्रेला स्ट्रीट पटिहानी चिनाउने नयाँ गन्तव्यका रुपमा विकसित भैरहेको छ ।

प्रतिकृया

मुख्य समाचार

प्रतिनिधिसभा विघटनविरुद्धको रिटमाथि बहस पुनः सुरु

काठमाडौँ । सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनविरुद्ध शेरबहादुर देउवासहितका सांसदले दायर गरेको रिटमाथि पुनः आजदेखि बहस सुरु भएको छ । सर्वोच्च...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया