भरतपुर । नेविसंघ चितवनले विगत केहि समय अघिदेखि चितवन जिल्लामा अपरिचितले नेविसंघ चितवनको नेतृत्व स्वयम् घोषणा गर्दै हिँडेको सुनिन आएकोमा ध्यानाकर्षण भएको जनाएको छ ।
नेविसंघका अध्यक्ष अरुणेश्वर खनालले निकालेको विज्ञप्तिमा आफूखुसी नेविसंघ नेतृत्वको रुपमा परिचित नगर्नु र नगराउन चेतावनी दिइएको छ । नेपाली कांग्रेसको क्षेत्र नं.४ को उपचिर्वाचनमा उम्मेद्वार रामकृष्ण घिमिरेलाई विजयी गराउन आग्रह गर्दै जिल्लाका सम्पूर्ण विद्यार्थीलाई क्षेत्र ४ मा केन्द्रित हुन आह्वान गरिएको छ ।
Discussion about this post