वि.संं. २०३० सालमा शुक्रनगर, चितवनमा जन्मिएका योगेश दवाडी हाल युपिभिसी झ्याल–ढोकाको व्यापारमा संलग्न छन् । दवाडीले केही वर्ष अघिसम्म काष्ठ फर्निचर व्यवसाय सञ्चालन गरेका थिए । काठ दुर्लभ हुन थालेपछि उनले त्यो पेशालाई छाडेर शिक्षण पेसामा संलग्न भई बोर्डिङ स्कुल पनि चलाए । शिक्षणबाट झ्याल–ढोकाको व्यापारमा सक्रिय भएका उनी समयको मागस“गै यस पेशालाई अ“गालेको बताउ“छन् । यस व्यवसायको माध्यमबाट समाजलाई अप्रत्यक्ष सेवा गरेको बताउ“दै भविष्यसम्म पनि झ्याल–ढोका व्यवसायलाई निरन्तरता दिने उनको विचार छ । पिभिसीका झ्याल–ढोका किफायती, रंगरोगन गर्न नपर्ने, टिकाउ र सुलभ मूल्यमा पाइने उनको भनाइ छ । विभिन्न संघसंस्थामा आवद्ध रही व्यापारमा सन्तुष्ट हुन नया“ सोच र विविधता आउनुपर्छ भन्ने विचार राख्ने दवाडीस“ग चितवन पोष्ट दैनिकले गरेको कुराकानी ः
१. तपाईंले झ्याल–ढोकाको व्यवसाय गर्नुभएको छ, यो पेशामा कसरी आकर्षित हुनुभयो ?
– पहिलेदेखि नै काठको व्यापार गरेको र काठ पाउन गाह्रो हुन थालेपछि काठको विकल्पको लागि अन्य तयारी झ्याल–ढोकातिर आकर्षण बढ्यो । त्यो मुख्यतः युपिभिसी आल्मुनियमतिर थियो ।
२. यो व्यवसाय कहिलेदेखि आरम्भ गर्नुभयो ? र, कति लगानीमा सुरु गर्नुभयो ?
– चितवनमा सबैभन्दा पहिले युपिभिसी आजभन्दा ४ वर्ष अगाडि मैले नै भित्र्याएको हु“ । लगानीको हकमा मैले डिलरशीप लिएर काम गरेकोले धेरै लगानी गर्नु परेन ।
३. काष्ठ फर्निचर गर्नुभएको थियो एक्कासी यसलाई किन छाड्नुभयो ?
– काष्ठ फर्निचरको काम हामीले लगभग २४ वर्ष अगाडिबाट गरेका थियौं । तर काठ मह“गो भएको र पाउन गाह्रो भएको अनि समयअनुसार काठका झ्याल–ढोका लगाउन मानिसहरुले छाडेको कारणले काठको काम बन्द गरेको हुँ ।
४. शिक्षण पेशामा पनि आवद्ध हुनुभएको रहेछ, त्यो पनि छाड्नुभयो ? शिक्षण पेशामा रहेको मान्छे अर्को पेशामा जाँदा समस्या परेन ?
– शिक्षण पेसामा भन्दा पनि बोर्डिङ स्कुल संचालकको रुपमा रहेको थिए“ । काम त राम्रो नै हो तर यो टिमवर्क हो । हाम्रो टिमले त्यो समयमा बोर्डिङ स्कुल नै बेच्ने निर्णय ग¥यो । यस कारणले छोड्नु परेको हो ।
५. झ्याल–ढोकाको भविष्य कस्तो छ ? कति जनालाई रोजगार दिनु भएको छ ?
– जबसम्म घर बन्छ, तबसम्म झ्याल–ढोकाको व्यापार चल्दछ । यसकारण यसको भविष्य उज्ज्वल छ । हाल ५ जनाले प्रत्यक्ष रोजगार
पाएका छन् ।
६. झ्याल–ढोकाको व्यापारमा कत्तिको जोखिम बहन गर्नुपर्छ ?
– झ्याल–ढोकाको व्यापार जोखिम त हुन्छ नै तर पनि त्यस्तो धेरै चाहिँ हु“दैन ।
७. एउटा व्यवसायी सफल हुन के चाहिन्छ जस्तो लाग्छ ?
– म व्यापारमा सफल भए कि भइन“, त्यो मैले भन्ने कुरो होइन । तेरो मेरो काममा म इमान्दारीपूर्वक, लगनशील भएर पूरा समय दिएर लागेको छु । मलाई लाग्छ, सफल हुनलाई इमान्दारिता, लगनशीलता र धैर्यता नै चाहिन्छ ।
८. समाजका लागि हित हुने काम केही गर्नु भएको छ कि ?
–मेरो हालको पेशा नै समाजका लागि छ । किनभने मैले वनजंगल जोगाउने काठको विकल्पका झ्याल–ढोकाको व्यापार गर्छु । यसबाहेक व्यक्तिगत रुपमा विभिन्न सामाजिक संघसंस्थाहरुस“ग जोडिएको छु ।
९. यो व्यवसायमा कसरी आकर्षित हुनु भयो ?
– मलाई यो व्यवसायमा लाग्न मेरो मामा सोमराज मरहठ्ठाले प्रेरित गर्नुभएको हो । उहा“ आपूmले पनि चितवनमा सबैभन्दा पहिले आल्मोनियम ल्याउनु भएको हो, हाल पनि ग्याल्भानाइज गरिएको फलामका झ्याल–ढोका बनाउने नेपालकै पहिलो कारखाना चलाई राख्नुभएको छ । उहा“झ्याल–ढोका विशेषज्ञ हुनुहुन्छ ।
१०. काठकोे झ्याल–ढोका र युपिभिसीमा के अन्तर छ ?
काठको झ्याल–ढोका धेरै अघिदेखि आएको हो । यो परम्परावादी हो भने युपिभिसी आधुनिक हो । काठको झ्याल–ढोका बाङ्गिने, पसाङ्गिने, रंगरोगन लगाउनु पर्ने, मह“गो, समयमा पाउन नसकिने हुन्छ भने युपिभिसी आल्मोनियम लगायत फाइवर स्टील आदिका झ्याल–ढोका यी समस्याबाट मुक्त छ । अर्को काठको झ्याल–ढोकाभन्दा अन्य झ्याल–ढोका वातायानुकुलित पनि छन् । जुन एसी प्रयोग गर्दा उर्जा कम
खपत हुन्छ ।
११. युभिपिसी काठको झ्याल–ढोकाभन्दा कतिको किफायती छ ?
– युपिभिसी मात्र होइन सबै झ्याल–ढोका ३० देखि ७५ प्रतिशतसम्म काठभन्दा सस्ता छन् ।
१२. यो व्यवसायबाट कतिको सन्तुष्टि मिलेको छ ? भविष्यमा यही व्यवसाय गर्नुहुन्छ ?
– मानिस कहिले पनि व्यापारबाट सन्तुष्ट हुनु हु“दैन, लागिरहनु पर्छ । सन्तुष्ट भएपछि व्यवसाय नै बन्द गरिदिए भयो । होइन भने नया“ सोच विविधता आउ“दैन ।
१३. व्यस्त समय दिनुभएकोमा धन्यवाद । पाठकवर्गलाई केही सुझाव छ कि ?
– त्यस्तो केही छैन तर समय अनुसारको घर बनाएपछि समय अनुसारको नै झ्याल–ढोका लगाउनु पर्छ, काठ त हाम्रा पूर्खाहरुले लगाए । हामी आल्मुनियम युपिभिसीको जमानामा छौं । यही लगाऔं भन्न चाहन्छु ।
Discussion about this post