ADVERTISEMENT
४ माघ २०७७, आईतवार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
  • Login
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
४ माघ २०७७, आईतवार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
No Result
View All Result

चुरोटले लिन्छ बर्सेनि ६० लाखको ज्यान

by चितवन पोष्ट
२०७१ जेष्ठ १७, शनिबार ०१:५१ गते
in समाचार
0
Chitwan Post
0
SHARES
Share on FacebookShare on Twitter

नारायणगढ । चुरोट खानेलाई थाहा नहोला यसको असर कतिसम्म हुन्छ भन्ने ? विश्व स्वास्थ्य संगठन
(डब्लूएचओ)ले सार्वजनिक गरेको तथ्याङ्कअनुसार धूमपानका कारण विश्वमा बर्सेनि छ मिलियन अर्थात् ६० लाख मान्छे मर्ने गरेको उल्लेख छ ।
अत्यन्तै पीडादायी रोग क्यान्सरको मुख्य कारण पनि धूमपान अर्थात् चुरोट बिँडी खाने बानीले नै हुने गर्छ । जनस्वास्थ्यमा यस्तो गम्भीर असर पार्ने चुरोट खाने प्रवृत्ति रोक्न डब्लूएचओले आज मई ३१ लाई विश्वभर धूमपानरहित दिवसको रुपमा मनाउँदै छ । सन् २०१२ मा भरतपुरको बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा क्यान्सर लागेका चार हजार ९४ जना बिरामी आए । देशका लगभग आधा बिरामीको उपचार यसै अस्पतालमा हुने गरेको छ ।
नेपालमा फोक्सोको क्यान्सर सबैभन्दा धेरैलाई हुने गरेको छ । सन् २०१२ मा भरतपुरको बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा मात्रै फोक्सोका क्यान्सर भएका बिरामी ५६६ जना आएका थिए ।
‘फोक्सोको क्यान्सर हुने ९० प्रतिशत कारण चुरोट खानु हो । चुरोट नखाए फोक्सोको क्यान्सर हुने सम्भावना धेरै कम भएर जान्छ’, अस्पतालमा रहेको क्यान्सर अनुसन्धान, रोकथाम तथा नियन्त्रण इकाइका प्रमुख किशोरकुमार प्रधानाङ्गले भन्नुभयो ।
सुर्तीमा क्यान्सर गराउन सक्ने ६० भन्दा धेरै रासायनिक त¤वहरु हुने चिकित्सकहरु बताउँछन् । तर नेपालमा चुरोट खाने चलन रोकिन भन्दा बढेर गएको छ । स्कुल क्याम्पस पढ्ने किशोर किशोरीसमेत यसको कुलतमा फस्ने गरेका छन् ।
डब्लूएचओका अनुसार लगातार २० वर्ष धूमपान गरेकाहरु चुरोट बिँडी नखाने भन्दा २० वर्ष चाडै मर्ने गर्छन् । गर्भवती र सुत्केरीसमेत धूमपानको लतमा परेका छन् । जसले गर्दा शिशुलाई पनि हानी हुने गरेको छ । त्यसैले सरकारले धूमपान नियन्त्रणका कार्यक्रम ल्याउन प्रमुख प्रधानाङ्गले अनुरोध गर्नुभयो ।
चुरोट खानाले फोक्सोको मात्रै होइन, अन्य क्यान्सरका साथै मुटुको रोग पनि हुने गर्छ । मोतिया विन्दु हुने, छाला चाँडो चाउरिने, टाउको मुडुलो हुने र प्रजनन् स्वास्थ्यमा ह्रास हुने जस्ता विकासहरु पनि चुरोट खाने कारणले हुने चिकित्सकहरु बताउँछन् ।
चुरोट खाने र खानेको नजिकै बस्नेसमेत पीडित हुने गर्छन् । चुरोट खानेका नजिकमा बस्ने छ लाख मान्छेहरु विश्वमा बर्सेनि मर्ने गरेको विश्व स्वास्थ्य संगठनको तथ्याङ्क रहेको छ । त्यसैले चुरोट खाने मान्छेले आडमा बस्नेलाई पनि मृत्युको मुखमा लैजाने गरेको छ ।
डब्लूएचओले यो वर्षको विश्व धूमपानरहित दिवसको नारा ‘सुर्तीमा कर बढाऔं, रोग र मृत्यु घटाऔं’ भन्ने तय गरेको छ । नेपालमा चुरोट र सुर्तीमा बर्सेनि कर बढेको छ । त्यस्तै चुरोटको बट्टा बाहिर खतरानाक असर झल्काउने चित्र पनि राखिन थालिएको छ । त्यस्तै सार्वजनिक स्थलमा सुर्ती र चुरोट खान बन्देज लगाइएको कानुन निर्माण भए पनि कार्यान्वयन फितलो छ । नेपालमा नियन्त्रणका लागि कागजी कामहरु भएका छन् तर धूमपानको चलन घट्नुको साटो बढ्न थालेको चिकित्सकहरु बताउँछन् ।
यसैबीच कविलास स्वास्थ्य चौकीमा शुक्रबार धूमपान र यसले पार्ने असरका बारेमा अन्तत्र्रिmया भएको
छ । सो कार्यक्रममा धूमपानबाट हुने हानीका बारेमा जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख केहरसिंह गोदार, ईश्वरी पोखरेल तथा स्वास्थ्य शिक्षा तथा सूचना केन्द्रका व्यक्तिहरुले बोल्नुभएको थियो ।
सोही कार्यक्रममा कविलासका अगुवाहरुले धूमपान सचेतनासम्बन्धी सूचना बोर्ड राख्ने, पसल तथा होटल व्यवसायीसँग छलफल गर्ने र घरपरिवारमा यसको हानीबारे चेतना फैलाउने सामूहिक प्रतिबद्धतासमेत व्यक्त गरेका थिए । कार्यक्रममा स्थानीय शिक्षक, स्वास्थ्यकर्मी, राजनीतिककर्मी, महिलाहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा गाविस सचिव प्रद्युम्न खड्काले मन्तव्य राख्नुभएको थियो ।

Related Posts

आमाको किरिया बसिन् महिला अधिकारकर्मी भुजेल

आमाको किरिया बसिन् महिला अधिकारकर्मी भुजेल

होटल अनुगमन : सातमध्ये तीन होटल परेनन् स्तरीकरणमा

होटल अनुगमन : सातमध्ये तीन होटल परेनन् स्तरीकरणमा

बेवारिसे अवस्थामा गैँडाको खाग फेला

बेवारिसे अवस्थामा गैँडाको खाग फेला

Discussion about this post

अन‌ि यो पनि

राष्ट्रपति, प्रधानमन्त्री र सभामुखद्वारा अदालतमा लिखित जवाफ पेश
प्रमुख समाचार

संसद् विघटन अधिकार वर्तमान प्रधानमन्त्रीलाई नभएको जिकिर

काठमाडौँ । प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिट निवेदनबमोजिम आइतबार संवैधानिक इजलासमा भएको सुनुवाइमा रिट निवेदकका तर्फबाट अधिवक्ता सन्तोष भण्डारीले प्रतिनिधिसभाको कार्यकाल...

Read more
चीनले बनायो पाँच दिनमा १५ सय आइसोलेसन सेन्टर

चीनले बनायो पाँच दिनमा १५ सय आइसोलेसन सेन्टर

अफगानिस्तानमा गोली हानी दुई महिला न्यायाधीशको हत्या

अफगानिस्तानमा गोली हानी दुई महिला न्यायाधीशको हत्या

भारतमा एक करोड पाँच लाख ५७ हजार बढी संक्रमित

भारतमा एक करोड पाँच लाख ५७ हजार बढी संक्रमित

महिला हिंसा अन्त्य गरौँ

महिला हिंसाका अधिकांश उजुरी मिलापत्रमै सीमित

साइट नेभिगेशन

  • अन्तर्वार्ता
  • अर्थ
  • कला
  • खेलकुद
  • पाठक पत्र
  • प्रमुख समाचार
  • प्रविधि
  • राजनीति
  • वाग्मती
  • विचार
  • विश्व
  • शिक्षा
  • समाचार
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • स्वास्थ्य

सम्पर्क

चितवन पोष्ट प्रकाशन प्रा. लि.
भरतपुर-१०, विद्युतरोड, हाकिमचोक
फोन : ०५६-५९५६२१ , ०५६-५९५६२४

विज्ञापनको लागि सम्पर्कः
९८६४२८०३१३, ९८६४२८०३१४, ९८५५०५१०९२
इमेल : chitwanpost@gmail.com

शाखा कार्यालयहरु

सौराहाचोक,टाँडी, फोनः ९८५५०८०२९१ (होमनाथ सापकोटा)
पर्सा: ९८४५१६०२९५ (प्रमिला अर्याल)
चनौली : ९८६५००५५९७ (रामशरण गैरे)
कावासोतीः ९८४३४०२६४४ (विन्दु न्यौपाने)
धादिङबेसीः ०१०–५२०६६५
दमौलीः ०६५–५६०८३९
डुम्रेः ०६५–६९०८०६
त्रिशूलीः ०१०–५६०५४७,९८५१०१४३९१

  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

No Result
View All Result
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

Welcome Back!

Sign In with Facebook
OR

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In