ADVERTISEMENT
५ माघ २०७७, सोमबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
  • Login
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
५ माघ २०७७, सोमबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
No Result
View All Result

सार्वजनिक स्थलमा कानुनविपरीत धूमपान बढ्दो

by चितवन पोष्ट
२०७१ जेष्ठ १७, शनिबार ०१:४९ गते
in समाचार
0
Chitwan Post
0
SHARES
Share on FacebookShare on Twitter

–बसन्त पराजुली
भरतपुर । चितवनकै एक प्रतिष्ठित रेष्टुरेन्टमा धूमपान निषेधित क्षेत्र लेखिएको छ । तर केही दिनअघि त्यही निषेधित क्षेत्रभित्र साँझको खानपिनसँगै एक भलाद्मीले चुरोट खाँदा पनि रेष्टुरेन्ट सञ्चालकले रोक्न सकेनन् । बरु उनकै सहयोगी कर्मचारीहरुले चुरोट खाएपछि धूलो फाल्ने ट्रे नै लगेर राखिदिए ।
नेपालको कानुनले सार्वजनिक स्थानमा धूमपान गर्न निषेध गरेको छ । त्यही सार्वजनिक स्थानमध्येमा होटल तथा रेष्टुरेन्टहरु पनि पर्छन् । तर पनि अहिले अधिकांश होटल तथा रेष्टुरेन्टमा खुलेयाम चुरोट खाँदै गर्दा पनि रोक्नेतर्फ कसैको ध्यान गएको पाइँदैन ।
धूमपान नियन्त्रण अभियानमा जुटेका एक अभियानकर्ता भन्छन्, ‘रेटुरेन्ट मात्रै हैन स्कुल, कार्यालय तथा सार्वजनिक सवारीसाधन समेत धूमपान निषेधित क्षेत्र हो । तर त्यसको कार्यान्वयन भएको पाइँदैन । जथाभावी चुरोट बिँडी र सुर्ती खाँदा पनि त्यो रोक्नेतर्फ कसैको पहल भएको छैन ।’
सार्वजनिक स्थानमा धूमपान गर्नेलाई कानुनले सय रुपैयाँसम्म जरिवाना गर्ने ब्यवस्था गरे पनि चुरोट खाएकै कारण कारबाहीमा पर्ने कोही
भेटिदैनन् । ‘कार्यालयमा कार्यालय प्रमुख, स्कुलमा प्रधानाध्यापक, सिनेमा हलमा सञ्चालक, सार्वजनिक सावरीसाधनमा चालक र होटल तथा रेष्टुरेन्टमा सञ्चालक व्यवस्थापक हुन् । यी क्षेत्रमा ती व्यवस्थापकले नै धूमपान गर्नबाट रोक्नुपर्छ’,धूमपानको अनुगमन गर्ने अख्तियारी पाएका सहायक प्रमुख जिल्ला अधिकारी शिवराम गेलाल भन्छन्, ‘यदि सार्वजनिक स्थानका व्यवस्थापकहरुले धूमपान गर्न रोकेनन् भने अब उनीहरुलाई नै कारबाहीको दायरामा लगिनु पर्छ ।’
सार्वजनिक स्थानमा धूमपान नरोकिनुमा फितलो कानुन र जरिवाना कम हुनु पनि प्रमुख कारण भएको यो क्षेत्रमा लागेकाहरुको अनुभव छ । नेपाल अर्बुद्ध रोग निवारण संस्था चितवनका अध्यक्ष दिनेशकुमार चुके जनचेतना जगाउन सके मात्रै पनि केही हदसम्म यसको नियन्त्रण गर्न सकिने बताउँछन् ।
‘पहिला सार्वजनिक ठाउँमा धूमपान गरेको पाइएमा कारबाही दरिलो बनाउनुपर्छ’, चुकेले थपे, ‘फितलो कानुनले यो नियन्त्रणमा समस्या परेको छ । स्पष्ट कानुनसँगै जनचेतना जगाउन सकिने हो भने चुरोट सुर्ती नियन्त्रण गर्न सकिन्छ ।’
चुरोट सुर्ती तथा खैनी जस्ता बस्तुहरुले मानिसको स्वास्थ्यमा प्रभाव पार्छ । क्यान्सर हुन सक्ने भएकाले यसले मानिसको ज्यान समेत लिन सक्छ । तर पनि यसको प्रयोग घटाउन सकिएको छैन । सुर्तीजन्य पदार्थको सेवनकर्ता घटाउनु नै यसबाट हुने क्षति न्यूनीकरण गराउने प्रमुख कार्यमा
पर्छ । यसका लागि सुर्तीजन्य पदार्थको करको दायरा बढाउन जरुरी छ ।

Related Posts

आमाको किरिया बसिन् महिला अधिकारकर्मी भुजेल

आमाको किरिया बसिन् महिला अधिकारकर्मी भुजेल

होटल अनुगमन : सातमध्ये तीन होटल परेनन् स्तरीकरणमा

होटल अनुगमन : सातमध्ये तीन होटल परेनन् स्तरीकरणमा

बेवारिसे अवस्थामा गैँडाको खाग फेला

बेवारिसे अवस्थामा गैँडाको खाग फेला

Discussion about this post

अन‌ि यो पनि

जर्मनीको एक संस्थाले प्राविधिक शिक्षालयलाई सहयोग
समाज

जर्मनीको एक संस्थाले प्राविधिक शिक्षालयलाई सहयोग

धादिङ । धादिङको धुनिबेँसीमा स्थापना गरिएको जर्मन प्राविधिक शिक्षालयलाई जर्मनीको एक संस्थाले ५० लाख मूल्य बराबरको विभिन्न उपकरणहरु प्रदान गरेको...

Read more
राष्ट्रपति, प्रधानमन्त्री र सभामुखद्वारा अदालतमा लिखित जवाफ पेश

संसद् विघटन मुद्दाको अर्को सुनुवाइ सोमबार हुने

आगोले नै निभायो आगो

आगोले नै निभायो आगो

राष्ट्रपति, प्रधानमन्त्री र सभामुखद्वारा अदालतमा लिखित जवाफ पेश

संसद् विघटन अधिकार वर्तमान प्रधानमन्त्रीलाई नभएको जिकिर

चीनले बनायो पाँच दिनमा १५ सय आइसोलेसन सेन्टर

चीनले बनायो पाँच दिनमा १५ सय आइसोलेसन सेन्टर

साइट नेभिगेशन

  • अन्तर्वार्ता
  • अर्थ
  • कला
  • खेलकुद
  • पाठक पत्र
  • प्रमुख समाचार
  • प्रविधि
  • राजनीति
  • वाग्मती
  • विचार
  • विश्व
  • शिक्षा
  • समाचार
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • स्वास्थ्य

सम्पर्क

चितवन पोष्ट प्रकाशन प्रा. लि.
भरतपुर-१०, विद्युतरोड, हाकिमचोक
फोन : ०५६-५९५६२१ , ०५६-५९५६२४

विज्ञापनको लागि सम्पर्कः
९८६४२८०३१३, ९८६४२८०३१४, ९८५५०५१०९२
इमेल : chitwanpost@gmail.com

शाखा कार्यालयहरु

सौराहाचोक,टाँडी, फोनः ९८५५०८०२९१ (होमनाथ सापकोटा)
पर्सा: ९८४५१६०२९५ (प्रमिला अर्याल)
चनौली : ९८६५००५५९७ (रामशरण गैरे)
कावासोतीः ९८४३४०२६४४ (विन्दु न्यौपाने)
धादिङबेसीः ०१०–५२०६६५
दमौलीः ०६५–५६०८३९
डुम्रेः ०६५–६९०८०६
त्रिशूलीः ०१०–५६०५४७,९८५१०१४३९१

  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

No Result
View All Result
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

Welcome Back!

Sign In with Facebook
OR

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In