‘चिलगाडी’ मा संगीतकार कालीप्रसाद बास्कोटा अनुबन्धित

अन‌ि यो पनि

काठमाडौँ । सेलिब्रेटी नेपालको ब्यानरमा सञ्चारकर्मी रघुनाथ सापकोटाले निर्माण गर्ने चलचित्र ‘चिलगाडी’ मा संगीतकार काली प्रसाद बास्कोटा अनुबन्ध भएका छन् । पारी त्यो डाँडामा, निरा जहिले रिसाउने, साली मन पर्यो जस्ता चर्चित गीतका संगीतकार बास्कोटाबीच ‘चिलगाडी’को लागि निर्माता र निर्देशकसहित बसेर सम्झौता भएको छ । कालीप्रसाद बास्कोटाले मेहनत गरेर उत्कृस्ट गीत बनाउने निर्माण टिमले विश्वास लिएको छ । उनका पहिलेका गीत संगीत जस्तै ‘चिलगाडी’को गीतले पनि दर्शक श्रोताको माया पाउने आशा निर्माण टिमको रहेको छ ।
चलचित्रमा मुख्य अभिनेतामा नाजिर हुसेन अनुबन्ध भइसकेका छन् । नाजिरको अपोजिट नायिकाको लागि रोल सुहाउने अभिनेत्रीको खोजि कार्य भई रहेको निर्माण टिमले जानकारी गराएको छ ।
सामाजिक विषयवस्तुमा आधारित भएर निर्माण हुने ‘चिलगाडी’ ले युवा पुस्ताको प्रतिनिधित्व गर्दै विशेष सन्देशसमेत बोक्ने छ । चलचित्रले नेपाली समाजको कहालीलाग्दो यथार्थलाई प्रस्तुत गर्नेछ । चलचित्रको पटकथा तथा संवाद यम थापाले लेखेका हुन् । चलचित्र निर्देशक समाजका महासचिवसमेत रहेका निर्देशक जनकदीप पराजुलीले चलचित्रको निर्देशन गर्नेछन् । सागर प्रधानले छायांकन गर्ने चलचित्रको अन्य कलाकार तथा प्राविधिकहरु फाइनल हुन बाँकी रहेको छ । फागुनमा फ्लोरमा जाने तयारीमा रहेको चलचित्र २०७८ सालको दसैँमा प्रदर्शन गर्ने लक्ष्य राखिएको छ ।

प्रतिकृया

मुख्य समाचार

प्रतिनिधिसभा विघटनविरुद्धको रिटमाथि बहस पुनः सुरु

काठमाडौँ । सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनविरुद्ध शेरबहादुर देउवासहितका सांसदले दायर गरेको रिटमाथि पुनः आजदेखि बहस सुरु भएको छ । सर्वोच्च...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया