सुनसान मौलाकालिका मन्दिरमा कलाकारको एक रात

अन‌ि यो पनि

गैँडाकोट । सामान्य अवस्थामा दैनिक हजारौँ भक्तजनको घुइँचो लाग्ने गैँडाकोटको मौलाकालिका मन्दिर यतिबेला सुनसान छ । सरकारले धार्मिकस्थल प्रवेशमा रोक लगाएपछि मौलाकालिका मन्दिरले पनि भक्तजनको बाटो हेरिरहेको छ । अहिले मूल पूजारीले हरेक दिन गर्ने पूजाबाहेक बाहिरी भक्तजनलाई प्रवेश निषेध भएकोले मन्दिर चकमन्न बनेको छ ।
करिब ८ महिनायता सुनसान भएको मन्दिरमा मंगलबार साँझ र बुधबार बिहान भने केही चहलपहल देखियो । इन्टरनेसनल वाटर कलर सोसाइटी (आइडब्लुएस) नेपालले पानी रङमा चित्र कोर्ने सिर्जनशील कार्यशालामा सहभागी कलाकार, पत्रकार र केही कलाप्रेमीहरुको उपस्थितिले मन्दिर परिसरमा सामान्य चहलपहल देखिएको हो ।
आइडब्लुएस नेपालको एक सय घन्टा पानी रङमा चित्र कोर्ने कार्यशालाको तेस्रो रातका लागि चितवन र नवलपुरका १० जना कलाकारहरु क्यानभास र कुचीसहित मौलाकालिका मन्दिर पुगेका हुन् । पहिलो दिन काठमाडौँबाट सुरू भएको कार्यशालाको तेस्रो रातको जिम्मा यहाँका कलाकारले पाएका थिए । दुईवटै जिल्लाका नयाँ तथा पुराना कलाकारहरुले आफूलाई मन लागेको चित्र कोरेका थिए । मंगलबार साँझ ६ बजेदेखि चलेको कार्यक्रममा एक÷एक जना कलाकारले आआफ्नो पालोमा पाएको डेढ घन्टा पानी रङ दलेको कुचीलाई क्यानभासमा दौडाए । कोरोना भाइरस सङ्क्रमणको जोखिम पनि कम हुने र ऐतिहासिक तथा धार्मिकस्थल भएकोले मौलाकालिका मन्दिरमा कार्यक्रम आयोजना गरिएको आइडब्लुएस नेपाल बागमती प्रदेश संयोजक प्रकाश थापाले बताए ।
एक सय घन्टासम्म निरन्तर चित्र कोर्ने र आइडब्लुएस नेपालको फेसबुक पेजबाट प्रत्यक्ष प्रसारण गरेर विश्व रेकर्ड कायम गराउने लक्ष्यसहित कोरोना भाइरस सङ्क्रमणले बनाएको फुर्सदलाई सिर्जनशीलतामा प्रयोग गरिएको उनको भनाइ छ । नेपाललाई चित्रकलामार्फत विश्वसामु परिचित गराउनका लागि पनि यो कार्यक्रमले मह¤वपूर्ण भूमिका खेल्ने कलावती आर्ट काउन्सिलका अध्यक्ष एवम् कलाकार भीमप्रसाद शर्मा सुवेदी बताउँछन् । कलाकारहरुका लागि आफ्नो कला र क्षमता देखाउने ठाउँ नपाइरहेको समयमा यस्ता कार्यक्रम आयोजना हुनु सकारात्मक पक्ष भएको उनको भनाइ छ । चित्र कार्यशाला हेर्न पुगेका वरिष्ठ साहित्यकार गोविन्दराज विनोदीले यो फरक खालको कार्यक्रम भएकोले यसले एउटा उदाहरण पेश गरेको बताए ।
केही दिनअघि काठमाडौँबाट सुरू भएको यो कार्यशाला बुटवलमा पुगेर समापन हुनेछ । यसअघि भारतले निरन्तर ७२ घन्टा कार्यशाला गरेर विश्व रेकर्ड कायम गरेको थियो । आइडब्लुएसको कार्यक्रमलाई भने कलावती आर्ट काउन्सिल, धार्मिक सेवा समिति मौलाकालिका मन्दिर, हामी कलाकार र नेपाल ललितकला प्रज्ञाप्रतिष्ठानले सहयोग र सहकार्य गरेको थियो । कार्यशालामा पुराना कलाकार भीमप्रसाद शर्मादेखि लालकाजी लामा, प्रकाश थापा, दामोदर बराल, बरूणबाबु घिमिरे, राजेश बराल, दिनेश्वर महतो, योगेश खनाल हुँदै नयाँ पुस्ताका सुशील गुरूङ र मिलन गुरूङसम्मका कलाकारहरुले चित्र बनाएका थिए ।

 

प्रतिकृया

मुख्य समाचार

प्रतिनिधिसभा विघटनविरुद्धको रिटमाथि बहस पुनः सुरु

काठमाडौँ । सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनविरुद्ध शेरबहादुर देउवासहितका सांसदले दायर गरेको रिटमाथि पुनः आजदेखि बहस सुरु भएको छ । सर्वोच्च...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया