भरतपुर । हसना इँटा उद्योग छिर्केनी तनहुँमा लेबर काम गर्ने भुवन ढकाल नाम बताउने अन्दाजी वर्ष ४० को पुरुषको उपचारको क्रममा भरतपुर अस्पतालमा मृत्युभएको जिल्ला प्रहरी कार्यालय भरतपुरले जनाएको छ । तर मृतकको घर ठेगाना खुल्न नसकेको प्रहरीको भनाइ छ ।
यही जेठ १२ गते सोही इँटा भट्टामा अचानक बिरामी भई उपचारको लागि भरतपुर अस्पतालमा ल्याइएकोमा उपचारको क्रममा सोही दिन राति उनको मृत्यु भएको प्रहरीले जनाएको छ । ती पुरुषको शव भरतपुर अस्पतालको शवगृहमा राखिएको छ । प्रहरीको भनाइअनुसार सामान्य सोधपुछ गर्दा गीतानगर चोकबजार घर भएको भन्ने खुल्न आएको भए पनि निजको घर परिवार तथा आफन्तको खोजतलास गर्दा हालसम्म फेला पर्न नसकेकोले मृतकको वास्तविक ठेगाना पाउन नसकिएको प्रहरीले जनाएको छ ।
Discussion about this post