दिव्यनगर । लैंङ्गिकतामा आधारित हिंसामुक्त गाविस निर्माण सम्बन्धी एक दिने पूर्व तयारी बैठक शुक्रबार दिव्यनगर गाविसमा सम्पन्न भएको छ । दिव्यनगर गाविसका सचिव, राजनीतिक दल, राजनीतिक दल महिला सञ्जाल, पारालिगल कमिटी, मध्यवर्ती उपभोक्ता समिति एवम् गाविसका वुद्धिजीवी, समाजसेवीहरुको सहभागितामा हिंसामुक्त गाविस बनाउने सम्बन्धमा सम्भावनाबारे छलफल गरिएको हो ।
संस्थाको कार्यक्षेत्र भित्रका १० गाविस अन्तर्गत यस गाविसले हिंसामुक्त गाविस निर्माण गर्न तत्परता र उत्सुकता देखाएकोले नमुनाका रुपमा दिव्यनगर गाविसलाई छनौटमा पारिएको हो । कार्यक्रममा हिंसामुक्त गाविस निर्माणका लागि गाविस सचिव गोपिचन्द्र दवाडीको संयोजकत्वमा २१ सदस्यीय मूल समन्वय समितिसमेत गठन गरियो ।
Discussion about this post