म्यूजिक भिडियो सार्वजनिक

अन‌ि यो पनि

काठमाडौँ । हाँस्यव्यग्य कलाकार राजा राजेन्द्र पोखरेलको आवाजमा रहेको गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । टिकटकमा पछिल्लो समय निकै भाइरल भएकी जुम्ल्याहा दिदीबहिनी समारिका, स्मारिका ढकाल र जितु नेपालको अभिनय रहेको भिडियो सार्वजनिक भएको हो ।
समारिका र स्मारिकाले पहिलो पटक अभिनय गरेको गीतको भिडियोमा जितु नेपाल मुन्दे्रले जीवनमा पहिलो पटक अभिनय गरेका हुन् । आफूले अहिलेसम्म म्यूजिक भिडियोमा अभिनय नगरेको भए पनि पहिलो पटक नाँच्दा रमाइलो अनुभव भएको बताए ।
राजबाबु श्रेष्ठको शब्द तथा राजनराज सिवाकोटीको संगीत तथा राजन इशानको संगीत संयोजन रहेको गीतमा राजा राजेन्द्र पोखरेलको स्वर रहेको छ । माइकल चन्दको निर्देशनमा बनेको गीतको भिडियोलाई सम्पादन विकास दाहालले गरेका हुन् भने ज्ञानेन्द्र शर्माले खिचेका हुन् ।

प्रतिकृया

मुख्य समाचार

प्रतिनिधिसभा विघटनविरुद्धको रिटमाथि बहस पुनः सुरु

काठमाडौँ । सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनविरुद्ध शेरबहादुर देउवासहितका सांसदले दायर गरेको रिटमाथि पुनः आजदेखि बहस सुरु भएको छ । सर्वोच्च...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया