भरतपुर । चितवनको रत्ननगरमा जन्ती बोकेको ट्रयाक्टर शुक्रबार दिउँसो दुर्घटना हँुदा १० यात्रु घाइते भएका छन् ।
पश्चिम चितवनको पटिहानीबाट टाँडीतर्फ जाँदै गरेको ना४त ४७६ नम्बरको ट्रयाक्टर अनियन्त्रित भएर दुर्घटनामा परेको प्रहरीले जनाएको छ । घाइतेहरुकोे भरतपुर अस्पतालमा उपचार भइरहेको छ । रासस
Discussion about this post