भरतपुर । निवृत्त शिक्षक समाज चितवन क्षेत्र नं. ४ को आयोजनामा नारायणी उमावि शिवनगरमा मावि स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ ।
साक्षर र सभ्य चितवन हाम्रो गौरव भन्ने विषयमा आयोजित प्रतियोगितामा अरुणेदय उमाविका कुशुम मिश्र प्रथम, विश्वप्रकाश उमाविका छात्रा सजना कुँवर द्वितीय, हमालय दण्डपाणि न्यौपाने उमाविका छात्रा सचिना अधिकारी तुतीय र विश्वप्रका उमाविकै छात्र डोलसिंह थापाले सान्तवना स्थान हासिल गरेका थिए ।
निवृत्त शिक्षक समाजका क्षेत्रीय अध्यक्ष प्रेमराज लेखकको सभापतित्व एवम् समाजका केन्द्रीय सदस्य धुव्रराज अर्यालको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा केन्द्रीय सदस्य रमा घिमिरे र जिल्ला अध्यक्ष हरि आचार्यको विशेष्ट आतिथ्य रहेको थियो । वीरेन्द्रराज थापाको संयोजकत्वमा भएको कार्यक्रममा पद्य्मपाणि विरक्ति, शिवराज लामिछाने र धुव्रकिरण रेग्मीले निर्णायकको भूमिका निर्वाह गर्नुभएको थियो ।
Discussion about this post