आज विश्व धुमपानरहित दिवस विविध जनचेतनामूलक कार्यक्रम गरी नेपालमा पनि मनाइँदैछ । हरेक वर्È मे ३१ मा विश्वभर यो दिवस मनाउने गरिन्छ । विश्व स्वास्थ्य संगठनको तथ्याङ्कअनुसार विश्वमा प्रतिवर्È धूमपान तथा सुर्तीजन्य पदार्थ सेवनबाट झण्डै ५४ लाख मानिसको मृत्यु हुने गरेको छ । प्रत्येक ६ सेकेन्डमा एक जनाको मृत्यु हुने गरेको छ भने १० जना वयस्कमा एक जनाको मृत्यु सुर्तीजन्य पदार्थकै कारण मृत्यु हुने गरेको विश्व स्वास्थ्य संगठनको प्रतिवेदनमा उल्लेख गरिएको छ । नेपालमा धूमपान तथा सुर्तीजन्य पदार्थ सेवनबाट वर्Èमा १६ हजार मानिसले ज्यान गुमाउने गरेका छन् । विश्व स्वास्थ्य संगठनले धूमपान नियन्त्रण गर्न सन् २००३ मा सुर्तीजन्य पदार्थ नियन्त्रणसम्बन्धी अन्तर्राष्ट्रिय महासन्धि पारित गरेको थियो । सो महासन्धिलाई नेपालले सन् २००६ मै अनुमोदन गरिसकेको छ भने विश्वभरका १ सय ७२ वटा देशले अनुमोदन गरी कार्यान्वयनमा ल्याएका छन् ।
विश्वमा सुर्तीजन्य पदार्थको प्रयोगबाट हरेक वर्ष ६० लाख मानिसको मृत्यु हुने गरेको तथ्याङ्क छ । जसमध्ये ६ लाख अरुले सेवन गरेको कारण भइरहेको छ । अबको १५ वर्षभित्र अरुले गरेको धूमपानका कारणबाट ८० लाख मानिसको मृत्यु हुने भविष्यवाणी गरिएको छ । मृत्युहरुमध्ये धेरैजसो नेपालजस्तै विकासशील देशका रहनेछन् । सुर्तीजन्य पदार्थ धरै रोगहरुको कारक मानिएको छ । यसको सेवनबाट क्यान्सरलगायत थुप्रै प्राणघातक रोग लाग्नमा ठूलो भूमिका खेलेको हुन्छ । सुर्तीजन्य पदार्थको सेवनकर्तामध्ये आधा मानिसको मृत्यु यसकै कारणले हुने विश्व स्वास्थ्य संगठनले निष्कर्ष निकालेको छ । आठवटा मृत्युका कारणमध्ये पनि ६ वटा कारक सुर्तीजन्य पदार्थलाई नै लिइएको छ । बिसौं शताव्दीमा १० करोड मानिसको सुर्तीजन्य रोगका कारण भएको छ । सुर्तीजन्य पदार्थ सेवन यही अनुपातमा बढिरहे अबको एक दशकमा दसौं गुणा बढी मानिसको ज्यान जाने देखिएको छ ।
सुर्तीजन्य पदार्थको नियन्त्रणका विश्वस्तरबाट धेरै कामहरु भइरहेका छन् । विश्व स्वास्थ्य संगठनले सुर्तीजन्य पदार्थविरुद्ध जनचेतनामूलक विभिन्न कार्यक्रमहरु गर्दै आएको छ । यसको नियन्त्रणका लागि कर बढाउने नीति नेपालमा पनि लागू भएको छ । दश प्रतिशत कर बढाउँदा आठ प्रतिशत प्रयोगकर्ता घट्ने विभिन्न अनुसन्धानले देखाएको छ । नेपालमा सुर्ती, चुरोट, खैनी र सुर्तीजन्य अन्य उत्पादन गर्दा बट्टामा ७५ प्रतिशत भाग ओगट्ने गरी यस्तो सेवन गर्दा क्यान्सर लागेको रंगीन तस्बिर छाप्नुपर्ने प्रावधान लागू भएकोे छ । सुर्तीजन्य पदार्थ नियन्त्रण र नियमन ऐन, २०६८ का प्रावधानहरु विस्तारै कार्यान्वयन हुन थालेका छन् । यसपटक ‘सुर्तीजन्य पदार्थमा कर बढाऔँ ः रोग तथा मृत्यु घटाऔँ’ भन्ने नाराका साथ यसपटक विश्व धूमपानरहित दिवस मनाइँदैछ । नेपालमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र विभिन्न सरकारी संघसंस्थाहरुले सुर्तीजन्य पदार्थको प्रयोगविरुद्ध विभिन्न जनचेतनामूलक कार्यक्रमहरुको आयोजना गरी यो दिवस मनाइरहेका छन् ।
Discussion about this post