नेपालकै लामो भ¥याङमा छायाङ्कन गरिएको गीत सार्वजनिक

अन‌ि यो पनि

हेटौँडा । मकवानपुरको उत्तरी क्षेत्रमा रहेको नेपालकै लामो मानिने फलामे भ¥याङमा छायाङ्कन भएको ‘गाजलु आँखैले’ बोलको गीत सार्वजनिक भएको छ । हेटौँडाका गायक आशिष अस्लामी मगरको स्वरमा रहेको गीत थाहानगर निवासी विवेक पाख्रिनले रचना गरेका हुन् ।
पर्यटकीय नगरीको सुन्दर दृश्यसहित सोल्टासोल्टिनीको प्रेम दर्शाइएको उक्त गीतमा कलाकारहरु भूपेन्द्र राना र सुजू मगर मुख्य भूमिकामा रहेका छन् । स्थानीय लोकसंस्कृतिको झल्को दिने शैलीमा युवायुवतीको प्रेम गीतमा देखिन्छ । गायक मगरको ‘क्या राम्री’ बोलको गीतको श्रृङ्खला दुईको रुपमा आएको‘गाजालु आँखैले’को निर्देशन थाहा कला केन्द्रका अध्यक्ष सानुबाबु मोक्तानले गरेका हुन् ।
म्युजिक भिडियो एजे टिम हेटौँडाले खिचेको हो भने संगीत संयोजनअमृत ल्वागुनले गरेका हुन् । गीतमा सञ्चारकर्मी अमृत चिमरिया, कृपा गोपाली, सुब्बु रिजाल र सानुबाबु मोक्तानको अभिनय रहेको छ ।

 

प्रतिकृया

मुख्य समाचार

प्रतिनिधिसभा विघटनविरुद्धको रिटमाथि बहस पुनः सुरु

काठमाडौँ । सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनविरुद्ध शेरबहादुर देउवासहितका सांसदले दायर गरेको रिटमाथि पुनः आजदेखि बहस सुरु भएको छ । सर्वोच्च...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया