ADVERTISEMENT
११ माघ २०७७, आईतवार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
  • Login
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
११ माघ २०७७, आईतवार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
No Result
View All Result

‘स्थानीय निकायको निर्वाचन प्रक्रिया सुरू’

by चितवन पोष्ट
२०७१ जेष्ठ १६, शुक्रबार ०१:२४ गते
in समाचार, समाज
0
Chitwan Post
0
SHARES
Share on FacebookShare on Twitter

रत्ननगर । उपप्रधान तथा स्थानीय विकासमन्त्री प्रकाशमान सिंहले स्थानीय निकायको निर्वाचन प्रक्रिया सुरू भइसकेको बताउनुभएको छ ।
तत्काल स्थानीय निकायको निर्वाचन गर्न कानुनी अड्चन रहेको भन्दै उहाँले त्यसलाई हल गर्न स्थानीय स्वायत शासन ऐन २०५१ मा उल्लेख केही दफा संशोधन गरी स्थानीय निकायको निर्वाचन गरिने बताउनुभयो । उहाँले एक हप्ताभित्र दफा संशोधन गरेर निर्वाचन गर्ने वातावरण तयार पार्ने बताउनुभयो ।
सातौं गणतन्त्र दिवसको अवसरमा नेपाली कांग्रेस क्षेत्रीय समितिले २०४२ सालको सत्याग्रहमा योगदान गरेकाहरुलाई सम्मान गर्न बिहीबार रत्ननगरमा आयोजना गरेको कार्यक्रममा उहाँले स्थानीय स्वायत शासन ऐन २०५५ मा उल्लेख दफा संशोधन गर्ने कामलाई स्थानीय निकायको निर्वाचनको प्रक्रिया सुरू भएको बुझ्न पनि सबैलाई आग्रह गर्नुभयो । दफा संशोधन गरेर वातावरण सहज हुँदा बित्तिकै स्थानीय निकायको निर्वाचनको मिति तोकिने उहाँले स्पष्ट पार्नुभयो । ‘दफा संशोधन गरेर निर्वाचनको मिति तोकिने छ’, उहाँले भन्नुभयो, ‘अब स्थानीय निकायको निर्वाचन गर्न प्रक्रिया सुरू भइसक्यो ।
उहाँले संघीयताको कार्यान्वयनको लागि पनि स्थानीय निकायको निर्वाचन आवश्यक रहेको बताउनुभयो । उपप्रधानमन्त्री सिंहले संविधान निर्माण र स्थानीय निकायको निर्वाचन सँगसँगै गरिने बताउनुभयो । संविधान जारी गरेर निर्वाचन गर्दा ४ वर्षसम्म निर्वाचन हुन नसक्ने भएकाले सरकारले संविधान निर्वाचन र निर्वाचन सँगसँगै गर्न तयारी गरेको बताउनुभयो ।
‘संविधान बनाएर निर्वाचन गर्दा नयाँ कानुनअनुसार निर्वाचन गर्नुपर्ने भएकाले ४ वर्षसम्म निर्वाचन हुन सक्दैन’, उपप्रधामन्त्री सिंहले भन्नुभयो, ‘संविधान निर्माणसँगै निर्वाचन पनि गर्नुपर्छ भनेर प्रक्रिया सुरू गरिएको हो ।’
उपप्रधानमन्त्री सिंहले अबको ८ महिनाभित्रमा संविधान जारी हुने बताउनुभयो । उहाँले २०७१ माघ ८ गते लिखित लोकतान्त्रिक संविधान जारी गर्ने गरी काम गरिरहेको बताउनुभयो । तोकिएकै समयमै संविधान जारी गर्ने काममा शंका नगर्न आग्रह गर्दै उहाँले समयमै संविधान जारी गरी प्रतिबद्धता पूरा गर्न सरकार सचेत रहेको बताउनुभयो ।
उहाँले संविधानसभा बाहिर रहेको नेकपा–माओवादी र केही मधेसवादी दलहरुलाई पनि संविधान निर्माणको हिस्सेदार बनाइने बताउनुभयो । ‘सबैको साझा संविधान ल्याउन जरूरी छ’, उहाँले भन्नुभयो, ‘त्यसो हुँदा बाहिर रहेका दलहरुलाई पनि संविधान निर्माणमा सहभागी गराइनेछ ।’
संघीयता, लोकतन्त्र, गणतन्त्र, समावेशीता, धर्मनिरपेक्षतालाई संस्थागत गर्न सरकार लागि परेको भन्दै उहाँले यी सबै विषयलाई सार्थक विन्दुमा पु¥याउन संविधान निर्माण गर्नुपर्ने बताउनुभयो । उपप्रधानमन्त्रीसिंहले संविधान निर्माणपछि शान्तिप्रक्रियाका बाँकी रहेका कामहरु गरी प्रतिबद्धता पूरा गरिने स्पष्ट पार्नुभयो ।
कार्यक्रममा २०४२ सालको सत्याग्रहमा योगदान गरेका नेपाली कांग्रेसका ७५ जना पुराना कार्यकर्ताहरुलाई सम्मान गरिएको थियो । नेपाली कांग्रेस क्षेत्र नं. २ का क्षेत्रीय सभापति कुमार कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा चितवन क्षेत्र नं. २ का सभासद् शेषनाथ अधिकारी, नेपाली कांग्रेस चितवनका सभापति टेकप्रसाद गुरूङ, रत्ननगर नगर सभापति रुपनराज घिमिरेलगायतले बोल्नुभएको थियो ।

Related Posts

मलेशियाबाट १८ नेपालीको शव ल्याइयो

मलेशियाबाट १८ नेपालीको शव ल्याइयो

रामनगरको शंकास्पद बस्तु ‘इट्टा’

रामनगरको शंकास्पद बस्तु ‘इट्टा’

कर्मचारीको राजीनामा र अवकाशपत्रको स्वीकृत स्थानीय तहबाटै

कर्मचारीको राजीनामा र अवकाशपत्रको स्वीकृत स्थानीय तहबाटै

Discussion about this post

अन‌ि यो पनि

मलेशियाबाट १८ नेपालीको शव ल्याइयो
समाज

मलेशियाबाट १८ नेपालीको शव ल्याइयो

काठमाडौँ, १० माघ । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को वाइड बडी ए३३० जहाजले मलेशियाबाट १८ वटा नेपाली...

Read more
रामनगरको शंकास्पद बस्तु ‘इट्टा’

दुई ठाउँमा राखिएको शंकास्पद बस्तु इँटा र सिसाको बोतल

नेकपा चितवन (ओली समूह)को सम्पर्क कार्यालय स्थापना

नेकपा चितवन (ओली समूह)को सम्पर्क कार्यालय स्थापना

रामनगरको शंकास्पद बस्तु ‘इट्टा’

रामनगरको शंकास्पद बस्तु ‘इट्टा’

रेलमार्गमा टिकटक बनाउँदा एक पाकिस्तानी युवाको मृत्यु

रेलमार्गमा टिकटक बनाउँदा एक पाकिस्तानी युवाको मृत्यु

साइट नेभिगेशन

  • अन्तर्वार्ता
  • अर्थ
  • कला
  • खेलकुद
  • पाठक पत्र
  • प्रमुख समाचार
  • प्रविधि
  • राजनीति
  • वाग्मती
  • विचार
  • विश्व
  • शिक्षा
  • समाचार
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • स्वास्थ्य

सम्पर्क

चितवन पोष्ट प्रकाशन प्रा. लि.
भरतपुर-१०, विद्युतरोड, हाकिमचोक
फोन : ०५६-५९५६२१ , ०५६-५९५६२४

विज्ञापनको लागि सम्पर्कः
९८६४२८०३१३, ९८६४२८०३१४, ९८५५०५१०९२
इमेल : chitwanpost@gmail.com

शाखा कार्यालयहरु

सौराहाचोक,टाँडी, फोनः ९८५५०८०२९१ (होमनाथ सापकोटा)
पर्सा: ९८४५१६०२९५ (प्रमिला अर्याल)
चनौली : ९८६५००५५९७ (रामशरण गैरे)
कावासोतीः ९८४३४०२६४४ (विन्दु न्यौपाने)
धादिङबेसीः ०१०–५२०६६५
दमौलीः ०६५–५६०८३९
डुम्रेः ०६५–६९०८०६
त्रिशूलीः ०१०–५६०५४७,९८५१०१४३९१

  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

No Result
View All Result
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

Welcome Back!

Sign In with Facebook
OR

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In