रत्ननगर । रत्ननगर–१० मंगलपुरमा रहेको गामवेसीको चेपाङ संरक्षण केन्द्रलाई बिहीबार खाद्यान्न र स्टेशनरी सहयोग भएको छ । काठमाडौंको बूढानिलकण्ठ स्कुलमा अध्ययनरत विद्यार्थीहरुले संरक्षण केन्द्रमा आश्रित बालबालिकाका लागि खाद्यान्न, स्टेशनरी, लत्ताकपडा र किताव सहयोग गरेका हुन् ।
विद्यार्थीहरु उमङ्गराज बस्नेत, क्रिष्टल पौडेल, विनयविक्रम ओली, अंकित शाह, जनार्दन सिलवाल, प्रवेश लामिछाने, योगेश पाण्डे र सुजन आचार्यले केन्द्रका अध्यक्ष केपिकिरण शर्मालाई सामग्री हस्तान्तरण गर्नुभएको थियो । केन्द्रमा ६५ जना चेपाङ बालबालिका आवासीय सुविधासहित अध्ययन गरिरहेका छन् ।
Discussion about this post