खेमराज अधिकारी (माइलो)
पढ्नुको अर्थ बुझ्नु र जान्नु हो । जानेका कुरालाई जीवनोपयोगी बनाउनु हो । वर्तमानमा यसको अर्थ फरक लाग्न थालेको छ । सुगा रटाइ रट्ने र बढी अङ्क प्राप्त गर्नेलाई उत्तम पढाइ मान्ने गरिन्छ । बढी अङ्क ल्याउनु नराम्रो त होइन तर बुझ्दैनबुझी ल्याएको अङ्कको के महत्व ? अब्राह्म लिङ्कनले आफ्नो छोराले सित्तैमा पाएको पाँच रूपैयाँभन्दा आपैm कमाएको एक रूपैयाँको महत्व बुझोस् भनी प्रधानाध्यापकलाई पत्र पठाएको प्रसङ्बाट पनि स्कुल सञ्चालकहरूले केही सिक्नुपर्ने हो तर नाम र दामको पछि दौड्नाले यसको कुनै वास्ता गर्दैनन् ।
यतिमात्र कहाँ हो र ? यसैलाई ठूला अक्षरले विज्ञापन गरी कमाइ खाने भाँडो बनाएका पनि छन् कसैले । यसका सहयोगी सरकारी नीति र सामाजिक सोच पनि हो । अभिभावकले आफ्ना छोरा÷छोरीलाई राम्रा कुरा सिक्नुपर्छ भन्दा पनि परीक्षामा धेरै अङ्क ल्याउनुपर्छ भन्ने मानसिकता बोकाएका छन् । शिक्षकले पढाउँदा कसरी बढी बुझाउन सकिन्छ भन्दा पनि कसरी बढी अङ्क ल्याउने बनाएर हेडमास्टरको गाली कम खान सकिन्छ भन्ने उद्देश्य लिएर पढाएका विद्यार्थीले कसरी जीवनोपयोगी शिक्षा ग्रहण गर्न सक्छन् र ? विद्यार्थीलाई सुगामा रूपान्तरण गराउने अरू कोही होइनन् मात्र शिक्षक हुन् र यसका पृष्ठपोषण गर्ने विद्यालयहरू हुन्् ।
कुनै पनि कुरा आपैmमा नराम्रो कहिल्यै हुँदैन, त्यसलाई प्रयोग र उपयोग गर्ने तौरतरिकाले नराम्रो बनाउने हो । पाठ्यपुस्तक र मूल्याङ्कन गर्ने प्रणालीलाई दोषारोपण गरिएको पनि सुनिन्छ, वास्तवमा त्यो ठीक होइन । नेपाली कुकुरको बेलायती भुकाइ भनेजस्तो मात्र हो । शिक्षण विधिलाई दोष लगाउँदा धेरैले ताली पाएका दृष्टान्त र घटनाहरू हामीले नदेखेका र नसुनेका होइनौँ । फेरि साह्रै राम्रो शिक्षा नीति छ भन्न खोजिएको होइन । यसलाई समयानुकूल परिवर्तन गर्दै लैजानुपर्छ, तर यसको सही सदुपयोग कति शिक्षकले गरे त ? शिक्षक भएर दौडादौड गर्ने शिक्षकहरूले मन नदुखाउनुहोला वास्तवमै तपाईंहरूलाई मात्र थाहा छ कि शिक्षकले कति शैक्षिक सामग्रीको प्रयोग गरेका हुन्छन् र कति व्यावहारिक ज्ञान दिएका
छन् । तपाईंहरूले आप्mनै आँखाले देख्नु भएको छ । के यिनै कुराले गर्दा आजका बालबालिकाले जीवनोपयोगी शिक्षा नपाएका हुन त ?
वास्तवमा यो गम्भीर सवाल खडा भएको छ । प्रतिस्पर्धाको जवाना छ, अरूभन्दा फरक नदेखाइ कसैले पत्याउँदैनन् । शिक्षण कार्यमा प्रयुक्त विज्ञान र प्रविधिका स्रोतसामग्रीमा लगभग समानता छ । भौतिक उपभोग्य साधनमा केही थपघट भए पनि खासै फरक पर्दैन । फरक पर्छ त केवल नतिजाको प्रतिशतले ।
सायद यही भएर होला आजका शिक्षकहरूले सरकारको मूल्याङ्कन प्रणाली (परीक्षा) को ढुकढुकी छामिसकेका छन् र विद्यार्थीलाई शिक्षा होइन, घोकाइ दिन्छन् । शिक्षकका आप्mनै समस्या छन् । भनेजस्तो तलब छैन, काम गर्ने वातावरण छैन । अप्mठ्यारो परिस्थिति छ, अभिभावकका पनि समस्या होलान् तर विद्यार्थीका बारेमा एकछिन् गहिरिएर सोचौँ त, उनीहरुको भविष्य कस्तो होला ?
आपैmले जानेर केही गर्दैन शिक्षकले जे भन्यो त्यसैमा विश्वस्त छ । शिक्षकको आँखा अगाडि अनुशासित छ किनभने शिक्षकले बारम्बार केही गरिस् भने खबरदार गरेको देखेको छ र भोगेको छ । के हामीले खोजेको इमानदारिता क्षणिक हो र ? के हामीले खोजेको शिक्षा प्रतिशतमा मापनका लागि मात्र हो ? जीवन र जगतका बारेमा उसले केही बुभ्mनु पर्दैन ? आदर र सत्कारका बारेमा केही सिक्नु पर्दैन ? नीति र नैतिकताका बारेमा केही जान्नु
पर्दैन ? यस्ता कुरा विद्यार्थीलाई सिक्ने वातावरण दिनु पर्दैन ? यो कार्य सम्पन्न गर्ने जिम्मेवारी कसको त ? अभिभावकले सकेजति पैसा थोपरेकै छन् । विहानदेखि बेलुकीसम्म स्कुल पठाएकै छन् । आवश्यक सामग्री उपलब्ध गराएकै छन् । शिक्षकले सिफारिस गरेका गाइड, गेसपेपर, अभ्यास पुस्तिका प्रत्येक वर्ष फेरि–फेरि किनिदिएकै छन् । अब अरू के गर्नु पर्यो र ? बेलुका हत्तुहैरान भएर घर पुगेपछि खाना पनि नखाइ लम्पसार पर्छन् बिचारा ! विद्यार्थीहरु । फुर्सदमा आमाबुबाले केही सोधिहाले भने दसै कक्षा पढेको विद्यार्थीको उत्तर हुन्छ हाँस्यास्पद । के यही हो गुणस्तरीय शिक्षा ? गुणस्तरको मापन गर्ने कुरा के व्यवहारिक होइन र ? मौलिक अभिव्यक्तिले उसको क्षमताको पहिचान हुँदैन र ? त्यसकारण अङ्क र प्रतिशतमा मात्र ध्यान नदिइयोस् भन्ने आग्रहमात्र हो ।
संस्थागत विद्यालयहरूले नेपालको शैक्षिक उन्नयनमा पु¥याएको योगदान वास्तवमै प्रशंसा गर्न योग्य छ । सरकारले ती संस्थागत विद्यालयले पु¥याएको योगदानको कदर गर्नैपर्ने हो तर सरकारले उनीहरूमाथि नै सम्मानको साटो अन्याय गरेको छ । त्यतिमात्र होइन, विद्यार्थीमाथि झन ठूलो अन्याय गरेको छ र । किन र कसरी भन्नुहोला ? संस्थागत भनाउँदा बोडिङ्ग स्कुलहरूमा अध्ययन गरेका विद्यार्थीहरूले कुनै विश्वविद्यालयमा गएर छात्रवृत्तिका लागि परीक्षा दिन पाउँदैनन् । सामुदायिक विद्यालयका विद्यार्थीले कोटा पुगेन भनेमात्र उनीहरूले मौका पाउँछन् । यो अन्याय भएन त ? देशमा गणतन्त्र संस्थागत हुने क्रममा छ । तर समानताको कुरा, अधिकारका कुरा एकादेशको कथाजस्तै भएको छ । हरेक वर्ग र तप्काका मानिसले अधिकारबाट बञ्चित हुनुपरेको छ । के नेपाली जनताले यसकै लागि रगत र प्राणको बलिदान गरेका हुन् त ?
संसारका कतिपय देशहरूमा पठनपाठन, शिक्षण विधि, विषय वस्तु, अनेकांै कुराहरूमा आमूल परिवर्तन आइसकेका छन् तर हामी ऋषिकुलको पुरानो शैलीलाई अवलम्बन गरी हिँडेका छौं । वास्तविकता नहेरी स्वैरकाल्पनिक कुरा गरेरमात्र हुँदैन, कम्तीमा हामीले दिने ज्ञान, सीपको सुरूवात हामीबाटै होस् भन्ने आग्रह हो । विद्यार्थीलाई मीठो बोली, राम्रो व्यवहार, स्पष्ट धारणा राख्ने कुरा त हामी सहजै सिकाउन सक्छौं नि । त्यतिमात्र होइन, आपूmले जानेका र बुझेका कुरालाई बुझाउन सक्छौं तर भइदियो के भने शिक्षक कोठामा पढाउनको साटो तह लगाउन गइदिन्छ लौरो बोकेर । लौरोको डरले विद्यार्थी चुप त लाग्छ तर उसले मैले हल्ला गर्नुहुँदैन भन्ने कुराचाहिँ सिक्दैन ।
पढ्नुपर्छ भन्ने कुराचाहिँ सिक्छ तर बुझ्नु र जान्नुपर्छ भन्ने कुरा सिक्दैन । घर–परिवार, विद्यालय, समाज, सामाजिक अवस्था, ज्ञान र विज्ञानका कुरा त सर्वप्रथम विद्यार्थीले आपूm वरपरको वातावरणबाट नै सिक्नुपर्ने हो र शिक्षकले सिकाउनुपर्ने हो तर त्यस्तो हँुदैन । जी फर जिराफबाट सिकाइ सुरू हुन्छ । तपाईं आपैm बिचार गर्नुहोस् त के यो पद्दति सही हो ? त्यो शिशुले न त जिराफ बिपनामा देखेको छ न त सपनामा नै । त्यसकारण विद्यार्थीलाई के कुरा कसरी सिकाउने भन्ने शिक्षकको हातमा हुन्छ । पढाउने कुन कुरा कसरी पढाउने र के कस्तो ज्ञान दिने भन्ने कुरा आजका शिक्षकका लागि चुनौतीका कुरा हुन् । यदि पैसामुखी नभइ वास्तविक ज्ञान दिने हो भने अङ्कलाई होइन, व्यावहारलाई जोड दिऊँ जसले गर्दा उनीहरूमा सही निर्णय गर्ने क्षमताको विकास होस् । अकाल मृत्युका घटना सहनु नपरोस् भन्ने मात्र हो ।
गुणस्तरीय शिक्षाका नाममा सुगा रटाइ गर्ने परिपाटीको अन्त्य गरी सीपमूलक गुणस्तरीय शिक्षाका लागि संस्थागत विद्यालयहरूले पहलकदमी कार्य गर्न सकेमा देशले खोजेजस्तो दक्ष जनशक्ति प्राप्त गर्नसक्छ । बिनाशीपको पढाइ “कच्चा बैद्यको मात्रा यमपुरीको यात्रा” भन्दा भिन्न कीमार्थ होइन । “खाए खा नखाए घिच” को घन्टी बजाउँदैमा र फोस्रो नाराको धङ्धङी रहँदासम्म समूल परिवर्तन खोज्नु पक्कै पनि स्यालको सिङ्ग खोज्नुसरह मात्र हो ।
Discussion about this post