कमला पन्त
समयको परिवर्तनसँगै विश्व जगतका हरेक क्षेत्रमा परिवर्तनको लहर चलिरहेको छ । परिवर्तनको लहरसँगै शब्द–शब्द र वाक्यहरुमा पनि परिवर्तन नभएको होइन । शब्दमा मात्र हेर्ने हो भने परापूर्व कालदेखि चल्दै आएको शब्द वृद्धवृद्धाले पनि अवसर गुमाएको देखिँदैन । मौका छोपेर त्यस शब्दले पनि जेष्ठ नागरिक भनी सम्मान पाएको छ र सभा सम्मेलन र गोष्ठीमा ।
सन्तानका लागि भनेर भोक खपेर, पेट मिचेर, गास खिचेर उनीहरुको शिक्षा, दीक्षा, स्वास्थ्य र भलाइका लागि आफूलाई समर्पण गर्नसमेत पछि नपर्ने ती आमा आज ढंग नभएकी व्याङ्ग्रीको संज्ञा पाएर आफ्नो आत्माबाट वर्षिका पीडाका भावनालाई आँसुबाट व्यक्त गर्ने क्रम दिनानुदिन बढ्दै गएको देखिन्छ । छोराछोरीकै लागि सम्पूर्ण जीवन, देश, विदेश, जागिर, खेतीकिसानमा बिताएका बाबुको हालत पनि निकै दयनीय अवस्थामा पुगेको छ ।
बाबुआमाको माया, ममता, वात्सल्यता र स्नेहमा आफू कसरी हुर्कें, बढें र पढें भन्ने भावना आउन सकेको छैन । छोराछोरी छन् पढे लेखेका तर कुनै पनि घरमा परिवर्तनीय समयको परिवर्तनशीलताको कारण हो वा माया, ममता नभएर हो आज हरेक घरमा वृद्धवृद्धाको स्थान गिर्दो क्रममा रहेको छ । ती स्नेही आमाबाबुका हातले छुँदामात्र र कतै टाढाबाट नजिक आएको थाहा पाउँदामात्र पनि रोएका सन्तान फकिन्छन् भने भोकाएकाहरु पनि एकछिन भोकलाई नै बिर्सन गएका हुन्छन् तर ती वृद्धवृद्धा समयको परिवर्तन र उमेरको डाँडो कटाइको क्रममा उनीहरु पीडा र दर्दनीयताकासाथ कति वृद्धाश्रम पु¥याइएका छन् भने कति तीर्थस्थल लगिएका छन् ।
यदि घरमा राखिएका वृद्धावृद्धा पनि सुविधा सम्पन्नताबाट गलहत्याइ एक कोठामा सुत्ने, बस्ने, पकाउने सम्पूर्ण एकै ठाउँमा भगरी बस्न बाध्य परेका छन् । न त उनको कोठामा रेफ्रिजेरेटर देखिन्छ न त त्यो कोठामा टेलिभिजन नै देखिन्छ । न त त्यो कोठामा बक्स पलङ देखिन्छ न त त्यो कोठामा समान राख्ने कुनै ¥याक देखिन्छ । न त त्यो कोठामा बस्नको लागि कुर्चीहरुकै जरुरी देखिन्छ । छोरा बुहारीबाट एकपटक प्रयोग भएका थोत्रा सामानहरु मात्र यदाकदा छरिन्छन् । विचरा सक्दासम्म यो पनि छोरालाई, यो पनि छोरालाई मेरो छोरो यस्तो मन पराउँछ । मेरो छोरालाई अरुको भन्दा राम्रो बनाउनुछ भन्दै भौंतारिनुको अर्थ स्पष्ट पार्दछ यस्ता व्यवहारले ।
अहो, कस्तो समयको प्रवेश हुन थाल्यो । आफूले जन्माएका सन्तान विस्तारै ठूला हुँदै गए । घरमा सन्तानको बाहुल्यता बढ्दै गयो । छोराको पनि स्थायी जागिर भयो । छोरीको कन्यादान भयो । घरमा बुहारीको आगमन भयो । तब ती बाबुआमाप्रतिको माया, ममता र स्नेहले स्थानान्तरण हुने दिन नजिकिँदै आयो । ती बाबुआमासँग बोल्दा मिठासको भावना कम हुँदै गयो । आनन्दसँग घरमा सम्पूर्ण सुविधा प्रयोग गरेर देखेर बस्ने बेलामा झैझगडाले मौका छोप्दै गयो । अशान्तिले घेर्दै आयो । विचरा बुढेसकालका साहरा भनी आशक्त भएका बाबुआमा आज घरमा अटाएको अवस्था छैन ।
उनीहरुलाई घरमा छोराले मन नपराएपछि बुहारी त अर्काकी छोरी ल्याएर आएकी उनलाई त झन् दोष थुपार्ने कुरै भएन । नाती, नातिनाको मुख देख्न पाए हुन्थ्यो भनी बुहारी रजस्वला हुँदासमेत पश्चाताप गर्ने ती वृद्धवृद्धा हजुरबुबा हजुरआमा ड्याडी मामुको व्यवहारबाट अग्रीम शिक्षा पाएका कारण यता बेलाउँदा उता दौडिन्छन् । छिः फोहोरी बूढा, फोहोरी बूढी, ढंग नभएकी भनी तिरस्कारको भोगी बन्न गइरहेका छन् । घरको त कुरा नगरौँ यतिभन्दा अझ भाडामा बसेका छन् भने तिनीहरुसमेत वृद्धवृद्धा पक्षमा रहेको अवस्था छैन ।
राष्ट्रपति, प्रधानमन्त्री, सांसद, सभासद, मन्त्री वर्गहरु शिक्षाविद् दार्शनिक, वैज्ञानिक, प्राविधिक, शिक्षक, लेखक, साहित्यकार, समाजसेवी महानुभावहरु समयले चुनौती थप्दै गएको छ । सबैले सोच्ने समय आएको छ । यदि ती बाबुआमाले पछि के होला के पाल्ला र भन्ने भावना पहिल्यै सोचेर बच्चा नै नजन्माएका भए वा जन्माएका बच्चा बच्चीलाई स्याहार सुसार नै नगरी छोडिदिएको भए आज के हुन्थ्यो होला ? सायद यो देख्दा र सुन्दा हजुर हामी कसैका आँखा पनि अछुतो रहन नसक्ला तर पनि त्यो क्रम तीब्र रुपमा पढ्दो छ । हामी सबै बुढाबुढी भइन्छ यदि यही गतिमा माया ममता र स्नेह मानवबाट भाग्ने हो र समाज यस्ता सोचका विरुवाहरु उम्रन दिने हो भने सायद हजुर हामी वृद्धवृद्धा हुँदासम्म आफन्त, माया र ममता भन्ने शब्द शब्दकोशमा मात्र सिमित नरहला भन्न सकिँदैन । छोरो ठूलो पदमा जागिरे छ । पजेरोमा हिँड्छ । समाजसेवी बन्छ, दान पनि गरेको छ । समाजका हरेक कार्यक्रममा सहभागी हुन्छ । दोसल्ला पहिरिएको छ तर उसलाई थाहा हुन सकेन बाबुआमाको अवस्था वृद्धाश्रममा नाजुक छ भनेर ।
कति प्रधानमन्त्री भए कति मन्त्री तर एउटामात्र अर्थमन्त्री भरतमोहन अधिकारीले वृद्धवृद्धाको लागि २०५२ सालमा रु. १५० मासिक भत्ता तोेकेका थिए । त्यही १५० आज ५०० भई उनीहरुको सहारा बनेको छ । कतिले त्यसैबाट केही गुजारा गरेका छन् भने कतिले त्यसैको माध्यमबाट सन्तानको माया पाएका छन् । कति सन्तानले त वृद्धभत्ता लिनको लागि बाबुआमालाई रिक्सामा राखेर गाविस वा वडा कार्यालयसम्म लाने र वृद्धभत्ता लिइसकेपछि ती आमाबाबुलाई अलपत्र छोडेर भत्तामात्र गोजीमा राख्ने गरेको सुनिने गरेको छ । यही २०७१ सालको मातातीर्थ औँसीका दिन एक युवकले देवघाट बेनी जाने क्रममा ढुंगामा बाबुलाई राखेर नारायणी नदीको बीचमा पुगिसकेपछि बाबुलाई नदीमा फालेर भागेको घटनाले वृद्धवृद्धाको नियति प्रष्ट हुन्छ । यस्ता घटनाहरु बढ्दो क्रममा छन् ।
बच्चा जन्मँन्दा सानो र पछि ठूलो हुन्छ । ठूलो भएर बुढो हुन्छ । यो प्राकृतिक नियमलाई कसैले पनि उल्लंघन गर्न सकिँदैन भन्ने कुरालाई सबैले आत्मसात गर्दै सबैल्ल एकापसमा आत्मीयता बढाउँदै जानुपर्ने समय आएको छ । मानव जीवनमा गर्भावस्थादेखि गणना गर्दै जाँदा वृद्धावस्था दसौँ स्थानमा पर्न जान्छ । त्यो अवस्था नाजुक र पट्यारलाग्दो हुन्छ ।
देशको अर्थतन्त्रमा निकै भ्रष्टाचार भएको छ । देशमा खर्च गरिने रकममध्ये वृद्धवृद्धाको लागि अहिलेको महंगीको वृद्धिमा ५०० रुपैयाँले के पुग्छ र त्यस रकममा मासिक खर्च गुजारा हुने गरी वृद्धाको अनसनले तोकको रु.५००० सम्म पु¥याइयोस् र निश्काशन भएको रकम प्रत्येक वृद्धवृद्धाको हातमा परोस् । वृद्धवृद्धामा पनि पहिचान हुन अति आवश्यक ठानिएको छ । कुनै पनि पेसाबाट निवृत्तिभरण पाएका वृद्धवृद्धाको लागि दोहोरो भत्ता वितरण नगरी सम्पूर्ण पेसाविहीन वृद्धवृद्धाको लागि एक अवसर मिलोस् ।
सरकारी स्तरबाट नै पाठ्यपुस्तकको माध्यमबाट पनि वृद्धवृद्धालाई माया ममता स्नेह, सद्भाव र सम्मान गर्ने पाठ्यवस्तु चयन गरी विद्यालय तहदेखि विश्वविद्यालय तहसम्म पु¥याउन जरुरी देखिन्छ । मन भएकाहरु माया दिन लागौँ भने धन भएकाहरु आफ्नो हात यस्ता असहायको सेवा गर्नतर्फ फिजाएर जागौँ र उनीहरुलाई पश्चाताप र पीडाबाट मुक्त गरी बाँच्ने आधार दिलाऔँ ।
Discussion about this post