सम्पादकज्यू नमस्कार !
मुसा बिरालोको लुकामारीजस्तो चलिरहने नारायणगढ बजारको सहिदचोकका फुटपाथ र नगर प्रहरीबीचको यो रोमान्चकारी खेलजस्तो लाग्ने कहिलेसम्म चल्ने हो थाहा छैन । आखिर किन अटेर गर्ने व्यवसायी र प्रहरीबीच यो लुकामारी । नगर प्रहरीहरु, आखिर गल्ती नै गरेका हुन् भने गल्लीभित्र छिरेका व्यवसायीलाई समातेर कारबाही गर, होइन भने गरिब मजदूरलाई गरिखाने यउटा थलोको व्यवस्था गरिदेऊ ।
आखिर तिनीहरु पनि काम गरेर खान त पाउनु प¥यो, यस्तो महँगो जमानामा यउटा कोठा भाडा तिरेर बाल बच्चा पढाउन जागिर गरेर खान पुग्ने अवस्था छैन । यसरी भरतपुर महानगरपालिकाले यस विषयमा गम्भीरतापूर्वक लिएर गरिखाने वर्ग पनि नमर्ने र फुटपाथमा पनि सजिलै हिँडडुल गर्न मिल्ने सफा सुन्दर पेटी बनाउन मैले सुझाव दिन्छु र कामना गर्दछु, यदि साँच्चिकै कडा रुपमा महानगरपालिका जाने हो भने सादा पोशाकमा नगर प्रहरी पठाऊ र समातेर कारबाही गर ।
नगरप्रहरीको गाडी देखेपछि व्यवसायी भाग्नुपर्ने र फेरि गाडी गएपछि व्यवसायी यथास्थानमा आउने यो त एउटा रमिता कहिलेसम्म ?
Discussion about this post