ADVERTISEMENT
१३ फाल्गुन २०७७, बिहीबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
  • Login
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
१३ फाल्गुन २०७७, बिहीबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
No Result
View All Result

‘प्रहरी जनताबीचको सहकार्यबाट शान्ति सम्भव’

by चितवन पोष्ट
२०७१ जेष्ठ १५, बिहीबार ०१:२५ गते
in समाचार
0
Chitwan Post
0
SHARES
Share on FacebookShare on Twitter

रत्ननगर । प्रहरी र जनताबीचको सहकार्यवाट मात्र समाजमा शान्ति, सुरक्षा र अमनचयन कायम गर्न सम्भव रहेको समाजका अगुवा नागरिकहरुले बताएका छन् ।
इलाका प्रहरी कार्यालय रत्ननगरले बुधबार आयोजना गरेको सार्वजनिक सुनुवाइका अवसरमा उनीहरुले प्रहरीले गर्ने रहेक काममा जनतासँगको सहकार्यले मात्र सार्थकता पाउने बताएका छन् । काम गर्नेक्रममा प्रहरीले पनि विभेदकारी नीति अपनाउने गरेको भन्दै उनीहरुले नागरिकलाई सुरक्षा प्रदान गर्ने काममा प्रहरी चनाखो हुुन जरुरी रहेको बताएका थिए ।
जनता अराजक र प्रहरी निरङ्कुश बन्ने परिपाटी मौलाएको भन्दै अगुवाहरुले त्यसको अन्त्य नभएसम्म सुशासन स्थापित गर्न मुस्किल हुने धारण राखेका थिए ।
कार्यक्रममा उद्योग वाणिज्य संघ रत्ननगरका अध्यक्ष ज्ञानबहादुर विसुरालले नागरिकलाई सुरक्षाको प्रत्याभूति दिलाउने काममा प्रहरीसँग सहकार्य गरेर अगाडि बढ्न तयार रहेको बताउनुभयो । उहाँले बजार क्षेत्रमा ट्राफिक व्यवस्थापन मजबुत, सौराहाचोकमा प्रहरी बिट निर्माण र चितवनका जडान गरिएका सीसी क्यामराको प्रभावकारी रुपले प्रयोग गर्न आवश्यक रहेको बताउनुभयो ।
रत्ननगर नगरपालिकाका कार्यकारी अधिकृत सहदेवप्रसाद श्रेष्ठ प्रमुख अतिथि रहनुभएको सो कार्यक्रममा जिल्ला प्रशासन कार्यालयका बजार संरक्षण अधिकृत विष्णुभक्त पौडेल, नेपाल पत्रकार महासंघ चितवनका कोषाध्यक्ष होमनाथ सापकोटा, नागरिक सरोकार मञ्च रत्ननगरका निर्वतमान अध्यक्ष चन्द्रकान्त ओझालगायतले वोल्नुभएको थियो ।
कार्यक्रममा नेकपा एमालेका नगर अध्यक्ष प्रेमनाथ दुवाडी, नेपाली काँग्रेसका क्षेत्रीय अध्यक्ष कुमार कार्की, स्थानीय महेशप्रसाद रौनियारले प्रहरी जनताप्रति उत्तरदायी भएर काम गर्न नसकेको गुनासो गरेका थिए ।
समाजका अगुवाहरुको गुनासो र धारणा सुनिसकेपछि इलाका प्रहरी कार्यालयमका प्रमुख प्रहरी नायव उपरीक्ष(डिएसपी)टिका बहादुर कार्कीले समाजमा शान्ति सुरक्षा कायम गर्न नगरिकसँग सहकार्य गरेर सार्थक काम गरिने बताउनुभयो ।
सामुदायिक सेवा केन्द्र रत्ननगरका अध्यक्ष भूपेन्द्र अधिकारीको अध्यक्षतामा भएको सो कार्यक्रममा इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक केदार पन्तले कार्यक्रमको उद्देश्यका बारेमा प्रकाश पार्नुभएको थियो ।

Related Posts

दियालो बङ्गलालाई पर्यटकीय क्षेत्रका रुपमा विकास गरिने

दियालो बङ्गलालाई पर्यटकीय क्षेत्रका रुपमा विकास गरिने

प्रहरी दिवसमा धार्मिक स्थलहरुको सरसफाइ

अवैध सामग्री बरामद

आवश्यक सुरक्षा व्यवस्था मजबुद : प्रशासन

आवश्यक सुरक्षा व्यवस्था मजबुद : प्रशासन

Discussion about this post

अन‌ि यो पनि

तीन ठेकेदार कम्पनीले तिरे तीन करोड जरिवाना
प्रमुख समाचार

त्रिशूलीमा खसेको ट्याङ्करले तिर्‍यो २१ लाख

धादिङ । नक्कली दुर्घटना गराएर भ्रम फैलाउनुका साथै तेल नष्ट गरेको आरोपमा एक ट्याङकर धनीबाट नेपाल आयल निगमले २१ लाख...

Read more
Chitwan Post

कन्या गुरुकुलमलाई प्राइम बैंकको सहयोग

Chitwan Post

चितवनका चार सहकारी एकीकरण

छतबाट लडेर एक विद्यार्थीको मृत्यु

छतबाट लडेर एक विद्यार्थीको मृत्यु

अमेरिकी आपूर्ति व्यवस्था सुदृढ गर्न बाइडेनद्वारा कार्यकारी आदेशमा हस्ताक्षर

अमेरिकी आपूर्ति व्यवस्था सुदृढ गर्न बाइडेनद्वारा कार्यकारी आदेशमा हस्ताक्षर

साइट नेभिगेशन

  • अन्तर्वार्ता
  • अर्थ
  • कला
  • खेलकुद
  • पाठक पत्र
  • प्रदेश
  • प्रमुख समाचार
  • प्रविधि
  • राजनीति
  • वाग्मती
  • विचार
  • विश्व
  • शिक्षा
  • समाचार
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • स्वास्थ्य

सम्पर्क

चितवन पोष्ट प्रकाशन प्रा. लि.
भरतपुर-१०, विद्युतरोड, हाकिमचोक
फोन : ०५६-५९५६२१ , ०५६-५९५६२४

विज्ञापनको लागि सम्पर्कः
९८६४२८०३१३, ९८६४२८०३१४, ९८५५०५१०९२
इमेल : chitwanpost@gmail.com

शाखा कार्यालयहरु

सौराहाचोक,टाँडी, फोनः ९८५५०८०२९१ (होमनाथ सापकोटा)
पर्सा: ९८४५१६०२९५ (प्रमिला अर्याल)
चनौली : ९८६५००५५९७ (रामशरण गैरे)
कावासोतीः ९८४३४०२६४४ (विन्दु न्यौपाने)
धादिङबेसीः ०१०–५२०६६५
दमौलीः ०६५–५६०८३९
डुम्रेः ०६५–६९०८०६
त्रिशूलीः ०१०–५६०५४७,९८५१०१४३९१

  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

No Result
View All Result
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

Welcome Back!

Sign In with Facebook
OR

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In