ADVERTISEMENT
१० माघ २०७७, शनिबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
  • Login
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
१० माघ २०७७, शनिबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
No Result
View All Result

निर्वाचन प्रचारप्रसार प्रभावकारी बनाउँदै एमाले

by चितवन पोष्ट
२०७१ जेष्ठ १५, बिहीबार ०१:२४ गते
in राजनीति, समाचार
0
Chitwan Post
0
SHARES
Share on FacebookShare on Twitter

भरतपुर । सविधानसभाको उपनिर्वाचनको प्रचारप्रसार तीव्र बनाउन नेकपा एमाले जिल्ला कमिटीले विभागका प्रमुख अरुण पीडित भण्डारीको संयोजकत्वमा ५०१ सदस्यीय उपनिर्वाचन प्रचारप्रसार समिति गठन गरेको छ ।
प्रचारप्रसारलाई प्रभावकारी रुपमा अगाडि बढाउन जिल्ला कमिटी सचिवालय सदस्य केशवप्रसाद रेग्मी, सदस्यहरु कृष्णराज न्यौपाने (लव्ली), राजु पौडेल, रामसिंह विक, माया लामिछाने, विजय विकसहित सल्लाहकारहरु कमलबहादुर मल्ल, कुलप्रसाद सापकोटा, धर्मराज प्रसाईसहितको २५ सदस्यीय सचिवालयसमेत गठन गरेको प्रचार विभागका प्रमुख अरुण पीडित भण्डारीले बताउनुभयो ।
विभागको बुधबार बसेको बैठकमा पार्टीका जिल्ला अध्यक्ष जगन्नाथ थपलिया, राष्ट्रिय प्रतिनिधि परिषद् सदस्य विजय सुवेदीलगायतले उपनिर्वाचनमा पार्टीको विजयको लागि प्रचारप्रसारको काम भव्य रुपमा अगाडि बढाउन शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।
बैठकले उपनिर्वाचनको गतिविधिलाई सभ्य र भव्य रुपमा प्रचारप्रसार गर्न गराउनका लागि न्युज डेस्कको स्थापना समेत गरेको छ ।
चितवनको क्षेत्र नं. ४ मा नेकपा एमालेको तर्फबाट उम्मेद्वार बन्की दिलकुमारी रावल (पार्वती) को विजयका लागि प्रचारप्रसार प्रभावकारी रुपमा अगाडि बढाउन १५ गते बिहीबार प्रचाराप्रसार समितिको बृहत् भेला समेत राखिएको प्रमुख भण्डारीले बताउनुभयो ।
यसैबीच भरतपुर नगरपालिका वडा नं. ८ मा रहेको वडास्तरीय निर्वाचन प्रचारप्रसारको कार्यालयमा प्रचारप्रसारको कार्ययोजना सहितका विषयमा छलफल कार्यक्रम सम्पन्न भएको छ । वडा कमिटीका अध्यक्ष नवराज खनालको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि प्रचार विभागका प्रमुख भण्डारी रहनुभएको थियो ।

Related Posts

सरकार असफल हुँदा व्यवस्थामै प्रश्न : देउवा

प्रदेश सरकारविरुद्धका प्रस्तावबारे छलफलमा जुट्यो कांग्रेस

Chitwan Post

राजपत्र इजलासमा पेश

व्यावसायिकता प्रहरीको पहिचान हो : मुख्यमन्त्री पौडेल

मुख्यमन्त्री पौडेलविरुद्धको अविश्वासको प्रस्ताव प्रदेशसभामा पेश

Discussion about this post

अन‌ि यो पनि

खैरहनी १३का वडा अध्यक्ष उप्रेतीको निधन
प्रमुख समाचार

खैरहनी १३का वडा अध्यक्ष उप्रेतीको निधन

खैरहनी माघ ९ गते । चितवनको खैरहनी नगरपालिका १३ का वडा अध्यक्ष बालकुमार उप्रेतीको शुक्रबार साँझ निधन भएको छ ।...

Read more
विद्यालयलाई युथ क्लबको सहयोग

६ महिनामा २१ प्रतिशत मात्र जिल्लाको विकास खर्च

साहूबाट चर्को व्याजदरमा ऋण लिने चलन हट्दै

गैँडाको आक्रमणबाट निधन भएका परिवारलाई राहत

कोरोना भाइरसबाट ३ करोड ७८ लाख संक्रमित, १० लाख ८२ हजार बढीको मृत्यु

नेपालमा थपिए ३०२ जना नयाँ संक्रमित

अपराध अनुसन्धान तथा नियन्त्रणको लागि घुम्ती प्रशिक्षण

अपराध अनुसन्धान तथा नियन्त्रणको लागि घुम्ती प्रशिक्षण

साइट नेभिगेशन

  • अन्तर्वार्ता
  • अर्थ
  • कला
  • खेलकुद
  • पाठक पत्र
  • प्रमुख समाचार
  • प्रविधि
  • राजनीति
  • वाग्मती
  • विचार
  • विश्व
  • शिक्षा
  • समाचार
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • स्वास्थ्य

सम्पर्क

चितवन पोष्ट प्रकाशन प्रा. लि.
भरतपुर-१०, विद्युतरोड, हाकिमचोक
फोन : ०५६-५९५६२१ , ०५६-५९५६२४

विज्ञापनको लागि सम्पर्कः
९८६४२८०३१३, ९८६४२८०३१४, ९८५५०५१०९२
इमेल : chitwanpost@gmail.com

शाखा कार्यालयहरु

सौराहाचोक,टाँडी, फोनः ९८५५०८०२९१ (होमनाथ सापकोटा)
पर्सा: ९८४५१६०२९५ (प्रमिला अर्याल)
चनौली : ९८६५००५५९७ (रामशरण गैरे)
कावासोतीः ९८४३४०२६४४ (विन्दु न्यौपाने)
धादिङबेसीः ०१०–५२०६६५
दमौलीः ०६५–५६०८३९
डुम्रेः ०६५–६९०८०६
त्रिशूलीः ०१०–५६०५४७,९८५१०१४३९१

  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

No Result
View All Result
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

Welcome Back!

Sign In with Facebook
OR

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In