खैरहनी । पूर्वी चितवनका मगर समुदायले बुधबार नामरुङ्गे आँैशी मनाएका छन् । मगर समुदायहरु कंकाली पिकनिक स्थलमा जम्मा भएर हरेक वर्ष पर्वको रुपमा मनाउने नामरुङ्गे औँशी एकआपसमा शुभकामना आदानप्रदान तथा सामूहिक रुपमा विभिन्न परिकारहरु खाएर मनाएका हुन् ।
नामरुङ्गे औँशी मगर समुदायका एउटा पर्व हो । सोनिलाफा मगर समूहले आयोजना गरेको सो कार्यक्रममा मगर संस्कृति झल्कने भेषभूषामा सजिएर परम्परागत नाच प्रस्तुत गरेका थिए ।
कार्यक्रममका प्रमुख अतिथि सोनिलाफा मगर समूहका संस्थापक अध्यक्ष शेरबहादुर थापामगरले संस्कृति संरक्षणको लागि मगर समुदायले यस्ता कार्यक्रमलाई निरन्तरता दिन आवश्यक रहेको बताउनुभयो ।
सोनिलाफा मगर समूहका अध्यक्ष जगतबहादुर रानामगरको अध्यक्षतामा भएको सो कार्यक्रममा नेपाल पत्रकार महासंघ चितवनका कोषाध्यक्ष होमनाथ सापकोटा, मगर समुदायका पुरोहित वीरबहादुर सिंजाली, कंकाली सामुदायिक वनका उपाध्यक्ष लोकबहादुर आलेमगर लगायतले बोल्नुभएको थियो ।
Discussion about this post