ADVERTISEMENT
१३ माघ २०७७, मंगलवार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
  • Login
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
१३ माघ २०७७, मंगलवार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
No Result
View All Result

रेशमखेती तर्फको आकर्षण

by चितवन पोष्ट
२०७१ जेष्ठ १५, बिहीबार ०१:२२ गते
in अर्थ, समाचार
0
Chitwan Post
0
SHARES
Share on FacebookShare on Twitter

भरतपुर । जिल्लामा रेशमखेती तर्फको आकर्षण फेरि बढ्न थालेको छ । खेती गर्ने तरिका परिवर्तन गरेर सरकारी तवरबाट अनुदान बढाएपछि यसतर्फ किसानको आकर्षण बढ्न थालेको हो ।
चितवन र मकवानपुर जिल्लालाई हेर्दै आएको किम्बु नर्सरी व्यवस्थापन केन्द्र भण्डाराका अनुसार २०५८÷०५९ सालसम्म दुई जिल्लामा १०० हेक्टरभन्दा बढी क्षेत्रमा किम्बुखेती गरिन्थ्यो ।
यसबाट त्यति राम्रो आम्दानी हुने नदेखेपछि क्रमशः यसतर्फको आकर्षण घट्दै जाँदा अघिल्लो आर्थिक वर्ष जम्मा ७० हेक्टरमा मात्र किम्बुखेती गरिएको केन्द्रका प्रमुख मेघनाथ तिमल्सिनाले बताउनुभयो ।
रेशमखेती गर्ने तरिका परिवर्तनसँगै गएको आर्थिक वर्षमा पाँच हेक्टर र यस वर्ष १० हेक्टर क्षेत्रफल थपिएको उहाँले बताउनुभयो । पहिले नेपाल सरकार र विभिन्न परियोजनाले अनुदान दिए पनि पछिल्लो समय अनुदान घट्नु, वैदेशिक रोजगारतर्फको आकर्षण बढ्नुलगायतका कारण किम्बुखेतीतर्फको आकर्षण घटेको केन्द्रको भनाइ छ ।
अघिल्लो वर्षदेखि अरु खेती नहुने बारी, खेतको आली, घाँस लगाएको बारीको डिल, माछापोखरीको डिल लगायतका खेर गएको ठाउँमा किम्बु लगाउन थालिएको, रेशमको कोयाको मूल्यमा वृद्धि भएको र सरकारी अनुदान बढेसँगै यस खेतीतर्फ आकर्षण बढेको कृषक बताउँछन् ।
रु २७५ प्रतिकिलोमा बिक्री हँुदै आएको कोयाको मूल्य रु ३७५ पुगेको छ भने सरकारले किम्बुका बिरुवामा आधा छुट र अन्य सामग्री निःशुल्क दिँदै आएको छ ।
चितवनको कल्याणपुर र अयोध्यापुरी एवम् मकवानपुरको सरीखेत, बुढीचौर र निबुवाटारमा रेशमखेती गरिँदै आएको छ । चितवनमा ७० जना र मकवानपुरमा ५० जना यो खेतीमा लागेका छन् । हाल वार्षिक रुपमा चितवनमा चार टन र मकवानपुमा तीन टन कोया उत्पादन हुँदै आएको केन्द्रले जनाएको छ ।
पछिल्लो समय रेशमखेतीलाई दूध र रेशम, माछा र रेशम लगायतका नाराबाट कृषकको आकर्षण बढाइँदै आइएको छ । रासस

Related Posts

महिलाहरुको आत्मनिर्भरताका लागि अचार उत्पादन

महिलाहरुको आत्मनिर्भरताका लागि अचार उत्पादन

Chitwan Post

निर्माण सामग्री व्यवसायीको साधारण सभा

Chitwan Post

कुखुरापालक किसानलाई तालिम

Discussion about this post

अन‌ि यो पनि

चितवन पोष्टकर्मी खनालसहित पाँच जनालाई पुरस्कृत गरिने
कला

चितवन पोष्टकर्मी खनालसहित पाँच जनालाई पुरस्कृत गरिने

चितवन । चलचित्र पत्रकार संघ चितवन शाखाले तीन जना पत्रकार तथा एक जना कलाकारलाई पुरस्कृत गर्ने भएको छ । शाखाको...

Read more
महिलाहरुको आत्मनिर्भरताका लागि अचार उत्पादन

महिलाहरुको आत्मनिर्भरताका लागि अचार उत्पादन

नेकपा फुट्दैमा लालपुर्जा वितरण रोकिँदैन : ज्ञवाली

नेकपा फुट्दैमा लालपुर्जा वितरण रोकिँदैन : ज्ञवाली

देशभरका ६२ अस्पतालमा कोरोनाविरुद्धको १२० खोप केन्द्र

देशभरका ६२ अस्पतालमा कोरोनाविरुद्धको १२० खोप केन्द्र

Chitwan Post

निर्माण सामग्री व्यवसायीको साधारण सभा

साइट नेभिगेशन

  • अन्तर्वार्ता
  • अर्थ
  • कला
  • खेलकुद
  • पाठक पत्र
  • प्रमुख समाचार
  • प्रविधि
  • राजनीति
  • वाग्मती
  • विचार
  • विश्व
  • शिक्षा
  • समाचार
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • स्वास्थ्य

सम्पर्क

चितवन पोष्ट प्रकाशन प्रा. लि.
भरतपुर-१०, विद्युतरोड, हाकिमचोक
फोन : ०५६-५९५६२१ , ०५६-५९५६२४

विज्ञापनको लागि सम्पर्कः
९८६४२८०३१३, ९८६४२८०३१४, ९८५५०५१०९२
इमेल : chitwanpost@gmail.com

शाखा कार्यालयहरु

सौराहाचोक,टाँडी, फोनः ९८५५०८०२९१ (होमनाथ सापकोटा)
पर्सा: ९८४५१६०२९५ (प्रमिला अर्याल)
चनौली : ९८६५००५५९७ (रामशरण गैरे)
कावासोतीः ९८४३४०२६४४ (विन्दु न्यौपाने)
धादिङबेसीः ०१०–५२०६६५
दमौलीः ०६५–५६०८३९
डुम्रेः ०६५–६९०८०६
त्रिशूलीः ०१०–५६०५४७,९८५१०१४३९१

  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

No Result
View All Result
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

Welcome Back!

Sign In with Facebook
OR

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In