रत्ननगर । इलाका प्रहरी कार्यालय रत्ननगरमा भर्खर आउनुभएका प्रहरी नायव उपरीक्षक टीकाबहादुर कार्कीलाई बुधबार स्वागत गरिएको छ ।
रत्ननगर उद्योग वाणिज्य संघ रत्ननगले बुधबार एक कार्यक्रमको आयोजना गरी सघंका अध्यक्ष ज्ञानबहादुर विसुराल लगायतका पदाधिकारी तथा कार्यसमिति सदस्यहरुले कार्कीलाई फूलमालाले स्वागत गरेका थिए ।
कार्यक्रममा प्रहरी नायव उपरीक्षक कार्कीले यस क्षेत्रमा शान्ति सुरक्षाको लागि आफू प्रतिबद्ध भएर लाग्ने प्रतिबद्धतासमेत व्यक्त गर्नुभएको थियो । कायक्रममा संघका पूर्व अध्यक्षहरु गोपाल कर्माचार्य, राजेन्द्रकुमार श्रेष्ठ, संघका वरिष्ठ उपाध्यक्ष अनिलकृष्ण श्रेष्ठ, वाणिज्य तर्फका राजाराम रेग्मी, उद्योग तर्फका विनोद पोखरेल, कोषाध्यक्ष भीमनारायण श्रेष्ठलगायतले कार्कीलाई स्वागत गर्दै सफल कार्यकालको लागि शुभकामना व्यक्त गर्नुभएको थियो ।
कार्यक्रमको संचालन उद्योग वाणिज्य संघका महासचिव देवेन्द्रकुमार श्रेष्ठले गर्नुभएको थियो ।
Discussion about this post