दसैँमा पनि रोकिएन क्रिकेट रङ्गशाला निर्माण

अन‌ि यो पनि

रामपुर । कोरोना महामारीपछि देशव्यापी लकडाउनका बाबजुद क्रिकेट रङ्गशालाको निर्माण कार्य जारी राखेको धुर्मुस–सुन्तली फाउन्डेसनले दसैँमा पनि रङ्गशालाको निर्माण कार्य निरन्तररुपमा सञ्चालन गरेको छ । अहिलेको परिस्थिति र निर्माणकार्यको अवस्थालाई मध्यनजर राख्दै रङ्गशाला उभ्याएरमात्रै घर जाने रङ्गशालामा काम गर्ने सबै मजदुर तथा कर्मचारीहरुको चाहनाअनुसार दसैँ बिदाको समयमा पनि एक सय ५० जना कामदारहरुले रङ्गशाला निर्माणको कामलाई निरन्तरता दिएका थिए ।
रङ्गशालामा काम गर्ने सबै मजदुर तथा कर्मचारीहरुले आफूहरुका लागि यही नै चाडपर्व भएको र रङ्गशाला उभ्याएरमात्रै घर जाने बताएपछि काम सञ्चालन निरन्तररुपमा गरिएको फाउन्डेसनका अध्यक्ष तथा कलाकार सीताराम कट्टेलले जानकारी दिए।रङ्गशालामा काम गर्ने सबै मजदुर तथा कर्मचारीहरुलाई टीका लगाएर यहीँ दसैँ मनाइएको उनले बताए ।
‘रङ्गशालाको ३ सय ६० वटा पिलरमध्ये २ सयवटा पिलर ठड्याइसकिएको छ। साधारण प्यारापिटका रुपमा मैदानको पश्चिम (स्ट्यान्ड ए) र पूर्व (स्ट्यान्ड बी) को पिलर निर्माण लगभग सकिएको छ । स्ट्यान्ड ए मा सबै पिलर (१ सय ३५ वटा) राखिसकिएको छ। यहाँ ढुङ्गाको पर्खालको काम सुरू भएको छ। स्ट्यान्ड बी मा ६५ वटा पिलर उठाइएको छ र बाँकीको काम अन्तिम चरणमा पुगेको छ।एक लाइनमा पाँचवटा पिलर रहनेछन्’, फाउन्डेसनका अध्यक्ष कट्टेलले बताए ।
प्यारापिटको पहिलो स्टेप डिपिसी लेभलबाट १ मिटर २० सेन्टिमिटरको उचाइसम्म रहने र पाँचौँ पिल्लर २१ मिटर उचाइको हुने उनले बताए ।उनका अनुसार रङ्गशालाको दुई स्ट्यान्डको जगको ढलानमा ६० प्रतिशत काम सम्पन्न भएको छ । त्यस्तै, टाइबिमको काम १३ प्रतिशत सकिएको छ । मैदानको काम यसअघि नै ८५ प्रतिशत सम्पन्न भइसकेको उनले बताए ।
३ अर्ब अनुमानित लागतको मह¤वाकांक्षी परियोजना जनस्तरबाट अभियान सञ्चालन गरी २०७५ साल माघ १६ गते राष्ट्रिय सभागृहमा बृहत् घोषणासभा आयोजना गरी निर्माण गर्ने लक्ष्यमा अघि बढेको धुर्मुस–सुन्तली फाउन्डेसनले गत वर्षको मंसिर १देखि मुख्य रङ्गशाला निर्माणको काम सुरू गरेको हो ।
सुरूआतमा २२ लाख लिटरको ड्रेन निर्माण र ३० हजार दर्शक क्षमताको प्यारापिटको पिलरको फाउन्डेसन तयार गर्न फागुनसम्मको समय लाग्यो। चैत महिना लकडाउनका कारण काम सञ्चालन हुन नसके पनि वैशाखयता रङ्गशालाको पूर्व (स्ट्यान्ड बी) र पश्चिम (स्ट्यान्ड ए) मोहोडामा रहने प्यारापिटको काम सुरू गरिएको हो। ‘वैशाख २० गतेदेखि ३० जना कामदारबाट निर्माणको काम पुनः सुरू गरेका हौँ। साउनदेखि करिब २ सय जना र अहिले २ सय ३३ जना मजदुर कार्यरत छन्’, अध्यक्ष धुर्मुसले भने ।
रङ्गशाला निर्माणमा असोज मसान्तसम्म २४ करोड १४ लाख ६० हजार रूपैयाँको आर्थिक स्रोत जुटेको छ। निर्माणमा असोज मसान्तसम्म ३० करोड ५५ लाख १२ हजार रूपैयाँ खर्च भएको फाउन्डेसनका आर्थिक प्रशासन प्रमुख मुक्ति तिमल्सिनाले जानकारी दिए। उनका अनुसार फाउन्डेसन अझै ६ करोड ४० लाख ५२ हजार रूपैयाँ ऋणमा छ ।
सरकारी तवरबाट रङ्गशालालाई बागमती प्रदेश सरकारबाट तीन करोड, भरतपुर महानगरपालिकाले आव २०७७ र ७८ मा छुट्टयाइएको विनियोजित रकम रू. ४ करोडमध्येबाट २ करोड, हेटौँडा उपमहानगरपालिकाबाट ३० लाख रकम सहयोग भएको छ। अन्य केही स्थानीय तहले बालुवा, ढुङ्गा र गिट्टी सहयोग गरेका छन् ।
रङ्गशाला निर्माणमा खर्च भएको ठूलो हिस्सा जनस्तरबाट प्राप्त सहयोग नै रहेको फाउन्डेसनले जनाएको छ। रङ्गशालाका लागि गएको माघमा लगाइएको बृहत् धनधान्याचल महोत्सवबाट ८ करोड ४६ लाख ३० हजार नगद संकलन भएर काम अघि बढेको थियो ।

 

 

 

प्रतिकृया

मुख्य समाचार

प्रतिनिधिसभा विघटनविरुद्धको रिटमाथि बहस पुनः सुरु

काठमाडौँ । सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनविरुद्ध शेरबहादुर देउवासहितका सांसदले दायर गरेको रिटमाथि पुनः आजदेखि बहस सुरु भएको छ । सर्वोच्च...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया