हेटौँडा । जिल्ला प्रहरी कार्यालय मकवानपुरले बसमा यात्रा गरिरहेका एक जनालाई नौ किलो ४०० ग्राम लागूऔषध चरेससहित पक्राउ गरेको छ ।
प्रहरीका अनुसार बुधबार बिहान ८ बजे हेटौँडाबाट पथलैयातर्फ जाँदै गरेको ना४ख ५९०० नम्बरको यात्रुबाहक बसबाट चरेससहित भारतको सीतामडीका योगेन्द्र महतोलाई पक्राउ गरिएको हो ।
मकवानपुरका प्रहरी नायब उपरीक्षक दीपक थापाले लागूऔषध बेचबिखन तथा ओसारपोसार नियन्त्रण गर्ने विशेष अभियानअन्तर्गत सवारीसाधन चेकजाँच गर्ने क्रममा लागूऔषधसहित महतोलाई पक्राउ गरेको जानकारी दिनुभयो ।
महतोलाई प्रहरी नियन्त्रणमा राखी आवश्यक अनुसन्धान भइरहेको उहाँले बताउनुभयो । रासस
Discussion about this post