कोल्हवीमा प्रथम मेयर क्रिकेट कप सुरू

अन‌ि यो पनि

बारा । बारा जिल्लाको कोल्हवी नगरपालिकामा प्रथम मेयर क्रिकेट कपको उद्घाटन गरिएको छ । आयोजक संस्थाका अध्यक्ष ज्ञानेन्द्र चौधरीको सभापतित्वमा नगरप्रमुख भरतबहादुर भण्डारीबाट उक्त कार्यक्रम उद्घाटन भएको हो ।
परिवर्तनको लागि युवा समाज (पलास)को मुख्य आयोजनामा सुरू गरिएको सो खेलमा बारा उद्योग वाणिज्य संघ शाखा कार्यालय कोल्हवी, जनशक्ति क्लब कोल्हवी, शिवशक्ति क्लब बभनी, अन्नपूर्ण कृषि सहकारी संस्था लिमिटेड, नवयुग कृषि सहकारी संस्था लिमिटेड, नवयुग कृषि सहकारी संस्था लिमिटेड, ग्लोबल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड, शिवम् ट्रेडर्स सहयोगी संस्थाहरु रहेका छन् भने कोल्हवी नगरपालिकाको विशेष सहयोग रहेको छ ।
आयोजक संस्थाका पूर्वअध्यक्ष तथा संस्थाका संस्थापक अध्यक्ष अधिवक्ता गणेश धिमालले स्वागत मन्तव्य मन्तव्य व्यक्त गरेको कार्यक्रममा आठवटा सहभागी टिममध्ये कचोर्वा र हेटौँडाको टिमले खेल प्रदर्शन गरेको थियो भने आइतबारको खेल सपही र कोल्हवी टिमबीच हुनेछ ।

प्रतिकृया

मुख्य समाचार

प्रतिनिधिसभा विघटनविरुद्धको रिटमाथि बहस पुनः सुरु

काठमाडौँ । सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनविरुद्ध शेरबहादुर देउवासहितका सांसदले दायर गरेको रिटमाथि पुनः आजदेखि बहस सुरु भएको छ । सर्वोच्च...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया