विष्णु खत्रीको ‘लाहुरेबाको आगनीमा’ सार्वजनिक

अन‌ि यो पनि

चितवन । नेपालीहरूको महान पर्व दसैँ सकियो। करिब एक महिनाको अन्तरमा हुने अर्को महान पर्व तिहार पनि नजिकिँदै छ। यो परिवेशमा कलाकारहरूले तिहारसम्बन्धी गीत बजारमा ल्याउन थालेका छन्। भदौ असोजदेखि नै दसैँ सम्बन्धी गीत ल्याएका कलाकारहरूले दसैँभन्दा अघि नै भिडियो छायांकन गरेर दसैँ सकिएलगत्तै तिहारसम्बन्धी देउसी गीत ‘लाहुरे बाको आगनीमा’ सार्वजनिक गरेका हुन्। करिब एक महिनाअघि मात्रै ‘रिनै रिनको’ बोलको दसैँ गीत ल्याएका बागलुङे गायक तथा सर्जक विष्णु खत्रीले शुक्रबार मात्रै देउसीभैली गीतको भिडियो सार्वजनिक गरेका छन्।

गतवर्ष नै अडियो सार्वजनिक भएको गीतको भिडियो यसवर्ष सार्वजनिक गरिएको हो। गायक खत्रीलाई आवाजमा टिका पुन र मुना थापामगरले साथ दिएका छन्। तिहारमा गरिने मनोरञ्जनको लागि मात्रै नभई समाजमा जनचेतना फैलाउने उद्देश्यले बनाएको गीतको शब्द विष्णु स्वयम् र कुशल भण्डारीले लेखेका हुन् भने विष्णुकै लय रहेको छ। गीतको भिडियोमा भने विष्णु खत्रीको साथमा निर्मल क्षेत्री, सम्झना खत्री, सगुना गत्रीलगायतका कलाकारहरूलाई देख्न सकिन्छ। निर्मल बुढाथोकीको परिकल्पनामा होम गुरूङले भिडियोमा निर्देशन गरेका छन् भने मरूभूमि नारायणले क्यामेरा चलाएका छन्।

प्रतिकृया

मुख्य समाचार

प्रतिनिधिसभा विघटनविरुद्धको रिटमाथि बहस पुनः सुरु

काठमाडौँ । सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनविरुद्ध शेरबहादुर देउवासहितका सांसदले दायर गरेको रिटमाथि पुनः आजदेखि बहस सुरु भएको छ । सर्वोच्च...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया