ADVERTISEMENT
१७ फाल्गुन २०७७, सोमबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
  • Login
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
१७ फाल्गुन २०७७, सोमबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
No Result
View All Result

छतमा तरकारी फलाउनेलाई प्रोत्साहन

by चितवन पोष्ट
२०७१ जेष्ठ १४, बुधबार ०३:२३ गते
in समाचार, समाज
0
Chitwan Post
0
SHARES
Share on FacebookShare on Twitter

रामपुर । छतमा गमला राखेर गरिने खेती र करेसाबारीमा तरकारी उत्पादन गर्ने सोच भएकालाई प्रोत्साहन गर्ने योजना बनेको छ । यस्तालाई सहयोग गर्न यो वर्ष सरकारले एक रकोड रूपैयाँ छुट्याएको छ । यो बजेटबाट सहरका सय घरमा छतमा र गाउँमा सय ठाउँमा तरकारी बगैंचा बनाउने कार्यक्रम छ ।
संयुक्त राष्ट्र संघले घोषणा गरे अनुरूप सन् २०१४ लाई अन्तर्राष्ट्रिय पारिवारिक खेती वर्षका रुपमा मनाइ रहेको छ । नेपालमा सोही वर्ष मनाउन गठित राष्ट्रिय निर्देशक तथा कार्यान्वयन समितिको पहलमा सरकारले यस्तो योजना ल्याएको हो ।
समितिले सोमबार चितवन रामपुरमा गरेको कार्यक्रममा समितिका सचिव तथा नेपाल कृषि सहकारी केन्द्रीय संघका महाप्रबन्धक रूद्र भट्टराईले यो वर्षका लागि छतमा खेती गर्न काठमाडौंका सय घर छनौट भएको बताए । त्यस्तै सवै जिल्ला समेट्ने गरेर देश भरका सय गाउँमा पारिवारिक खेती बगैंचा स्थापना गर्ने उनले जानकारी दिए ।
कम्तीमा दुई घरलाई समेटेर एउटा पारिवारिक खेती बगैंचा बनाइन्छ । सहरमा गमला किन्न र खेती बगैंचामा पनि केही लगानी गर्ने योजना रहेको उनले जानकारी दिए । आफूले उपभोग गर्ने तरकारी कम्तीमा पनि आफँै उत्पादन गर्न सक्षम बनाउन यस्तो योजना अगाडि ल्याएको उनले बताए ।
‘खेतीका लागि हामी तालिम संकेत दिने छौं’ भट्टराईले भने । ग्रामीण जीवनलाई गुणस्तरीय बनाउने उद्देश्य पनि कार्यक्रमले लिएको उनले बताए । यसले खाद्य सुरक्षा पनि बढाउने उनको भनाइ छ । संयुक्त राष्ट्र संघले ६० वटा राष्ट्रको समन्वयमा यो कार्यक्रम मनाउन लागेको हो ।
नेपालले तरकारी भारतलगायतका देशहरुबाट आयात गर्नुपर्ने अवस्था छ । पारिवारिक खेतीले आयात गर्नुपर्ने अवस्थामा पनि सुधार हुने भट्टराईले जानकारी दिए । जमिन पर्याप्त भए पनि खेती नै गर्ने परिपाटी हट्दै गएकाले यस्तो विडम्बना आएको उनले बताए ।
‘परिवारलाई खेतीमा लगाउनु भनेको कृषिमा उनीहरुलाई डोहो¥याउनु हो । पारिवारिक खेतीबाटै भोलि व्यवसायिक खेतीमा पनि फड्को मार्ने सम्भावना रहन्छ’ भट्टराईले भने । युवालाई कृषिमा प्रोत्साहन गरेर रोजगारको अवसर बढाउन पनि पारिवारिक खेतीले भूमिका खेल्न सक्ने उनले बताए ।
युवा लक्षित कार्यक्रम सञ्चालन गर्ने, बारी हुनेले बारीमा नहुनेले घरको छतमा खेती गर्ने, जग्गा बाँझो राख्ने प्रवृत्ति हटाउने र सामुदायिक वन क्षेत्रमा समेत जडीबुटी खेती गर्ने योजना अगाडि सारेको भट्टराईले बताए । छतमा गमला, बोरा या पोलिथिनमा माटो भरेर खेती गर्ने परिपाटीलाई प्रचार प्रसारमा ल्याउने उनले बताए ।
सन् २०१४ पछि पनि अभियान नरोकिने उनको भनाइ छ । अभियान जारी रहने र आउँदो पाँच वर्षभित्र १० लाख परिवारलाई यो कार्यक्रममा समेट्ने लक्ष्य राखेको भट्टराईले जानकारी दिए । पारिवारिक खेतीमा संलग्न हुनेलाई कानुनी रुपले नै विशेष पहिचान दिने व्यवस्था पनि मिलाउने उनले बताए ।

Related Posts

निलगाईको आक्रमणबाट एक जनाको मृत्यु

निलगाईको आक्रमणबाट एक जनाको मृत्यु

Chitwan Post

डोजरले फालेको माटाले पुरेर मृत्यु

सामाजिक क्षेत्रमा लामिछानेको लगाव : विपन्नको शिक्षादेखि उपचारसम्म सहयोग

सामाजिक क्षेत्रमा लामिछानेको लगाव : विपन्नको शिक्षादेखि उपचारसम्म सहयोग

Discussion about this post

अन‌ि यो पनि

फेसबुक कम्प्युटर सप्लायर्सद्वारा पर्सामा शाखा विस्तार
अर्थ

फेसबुक कम्प्युटर सप्लायर्सद्वारा पर्सामा शाखा विस्तार

खैरहनी । चितवनको नारायणगढबाट सेवा प्रदान गर्दै आइरहेको फेसबुक कम्प्युटर सप्लायर्सले जिल्लाको पर्सामा शाखा विस्तार गरेको छ । दोस्रो शाखाको...

Read more
निलगाईको आक्रमणबाट एक जनाको मृत्यु

निलगाईको आक्रमणबाट एक जनाको मृत्यु

Chitwan Post

डोजरले फालेको माटाले पुरेर मृत्यु

सामाजिक क्षेत्रमा लामिछानेको लगाव : विपन्नको शिक्षादेखि उपचारसम्म सहयोग

सामाजिक क्षेत्रमा लामिछानेको लगाव : विपन्नको शिक्षादेखि उपचारसम्म सहयोग

आहार र बासस्थान अभावले गैँडा भारत जाने जोखिम

निकुञ्जका गैँडा बासस्थान खोज्दै पश्चिमतर्फ

साइट नेभिगेशन

  • अन्तर्वार्ता
  • अर्थ
  • कला
  • खेलकुद
  • पाठक पत्र
  • प्रदेश
  • प्रमुख समाचार
  • प्रविधि
  • राजनीति
  • वाग्मती
  • विचार
  • विश्व
  • शिक्षा
  • समाचार
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • स्वास्थ्य

सम्पर्क

चितवन पोष्ट प्रकाशन प्रा. लि.
भरतपुर-१०, विद्युतरोड, हाकिमचोक
फोन : ०५६-५९५६२१ , ०५६-५९५६२४

विज्ञापनको लागि सम्पर्कः
९८६४२८०३१३, ९८६४२८०३१४, ९८५५०५१०९२
इमेल : chitwanpost@gmail.com

शाखा कार्यालयहरु

सौराहाचोक,टाँडी, फोनः ९८५५०८०२९१ (होमनाथ सापकोटा)
पर्सा: ९८४५१६०२९५ (प्रमिला अर्याल)
चनौली : ९८६५००५५९७ (रामशरण गैरे)
कावासोतीः ९८४३४०२६४४ (विन्दु न्यौपाने)
धादिङबेसीः ०१०–५२०६६५
दमौलीः ०६५–५६०८३९
डुम्रेः ०६५–६९०८०६
त्रिशूलीः ०१०–५६०५४७,९८५१०१४३९१

  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

No Result
View All Result
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

Welcome Back!

Sign In with Facebook
OR

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In