तेक्वान्दोको प्रशिक्षक तथा खेलाडीलाई सम्मान

अन‌ि यो पनि

रत्ननगर । चितवनका तेक्वान्दो प्रशिक्षक तथा खेलाडीहरुलाई बिहीबार सम्मान तथा पुरस्कृत गरिएको थियो । नेपाल तेक्वान्दो संघ जिल्ला कार्यसमिति चितवनले १३औँ दक्षिण एसियाली खेलकुद (साग) प्रतियोगितामा पदक विजेता खेलाडी, प्रशिक्षक तथा पत्रकारलाई सम्मान तथा पुरस्कृत गरेको हो ।
साफ गेममा पुम्सेतर्फ स्वर्णपदक विजेता पार्वती गुरुङ, सोही विधामा कास्य पदक विजेता शिशिर सिंखडा, जीतबहादुर बोट, फाइट विधामा स्वर्ण पदक विजेता संगीता बस्याल र जापानमा भएको तेक्वान्दो प्रतियोगितामा स्वर्णपदक विजेता अरुण अधिकारी र तेक्वान्दोका अन्तर्राष्ट्रि«य प्रशिक्षक रोशन खानलाई नगर पुरस्कारसहित सम्मान गरिएको हो ।
संघले पत्रकारिताको माध्यमबाट तेक्वान्दो खेलको विकासमा योगदान दिएका चितवनका पत्रकार होमनाथ सापकोटा र कान्तिपुर दैनिकका पत्रकार अनिल मल्ल ठकुरीलाई नगद पुरस्कारसहित सम्मान गरिएको थियो ।
कार्यक्रममा प्रदेश सभा सांसद् कृष्णप्रसाद खनाल, रत्ननगरका मेयर नारायण वन र संघका जिल्ला कार्यवाहक अध्यक्ष गोपाल श्रेष्ठले प्रशिक्षक, खेलाडी तथा पत्रकारहरुलाई नगर पुरस्कारसहित दोसल्ला, प्रमाणपत्रले सम्मान गरेका थिए ।
सोही कार्यक्रममा १८ जना खेलाडी सम्मिलित तेक्वान्दोको जिल्लास्तरीय टिम घोषणा गरिएको छ । जिल्लाभित्रका उत्कृष्ट खेलाडीको छनौट गरी टिम तयार गरिएको संघका अध्यक्ष श्रेष्ठले बताए ।
कार्यक्रममा नेकपाका नगर अध्यक्ष कुलप्रसाद लामिछाने, वडाध्यक्षहरु केशव आचार्य, रविन्द्र चौधरी, रत्ननगर उवासंघका अध्यक्ष राजाराम रेग्मीलगायतले मन्तव्य राखेका थिए । संघका कार्यबहाक अध्यक्ष श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष सुदीप रेग्मीले स्वागत मन्तव्य राखेका थिए ।

प्रतिकृया

मुख्य समाचार

पहिरोले पुरिएका डोजर चालकको शव सदरमुकाम ल्याइयो

धादिङ, ६ असार । धादिङको रुबिभ्याली गाउँपालिकाको तिप्लिङ स्थित अताखोलामा पहिरोले पुरिएर ज्यान गुमाएका  सिन्धुपाल्चोकका राजु पराजुलीको शव हेलिकप्टर...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया