भरतपुर । ताप्लेजुङबाट सरुवा भइ चितवन आउनुभएका स्थानीय विकास अधिकारी भरत पाण्डेले मंगलबार चितवनका पत्रकारहरुसँग भेटघाट गर्नुभएकोे छ । जिल्लाको विकास गतिविधि र पत्रकारहरुको भूमिकामा छलफल केन्द्रित रहेको थियो ।
कार्यक्रममा स्थानीय विकास अधिकारी पाण्डेले आफू भरतपुरवासी भएकाले चितवनका विकासका लागि मापदण्डभित्र रहेर अधिकतम काम गर्ने बताउनुभयो । कार्यक्रममा पत्रकारहरुले संचारमाध्यम र पत्रकारहरुको विकासका लागि जिविसले आर्थिक सहयोग गर्नुपर्नेमा जोड दिएका थिए ।
आन्तरिक आय स्रोत बलियो भएमा विकासका कामहरु गर्न सहज हुने पाण्डेको भनाई छ ।
Discussion about this post